राष्ट्रिय
-
२०७६ मङ्सिर ८, आइतबार
दण्डहीनता अन्त्य गर्न पत्रकारको माग
दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौँडामा पत्रकारले आज प्रभातफेरी तथा कोणसभा गरेका छन् । ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्ध दिवस’का अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ ले आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि हुने आक्रमण, हत्या एवं प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी दण्डहीनता अन्त्य गर्नुपर्ने माग गरिएको थियो । पत्रकार महासङ्घ प्रदेश ३ तथा जिल्ला शाखाका पदाधिकारी एवं...
-
२०७६ मङ्सिर ८, आइतबार
पशुपतिमा लाखबत्ती बाल्दै किड क्विनका प्रतियोगीहरु
नेप्लिज फेसन होमले आयोजना गर्दै आएको ‘किड क्विन नेपाल’ १७ अौं संस्करणका प्रतियोगीहरुले शनिवार काठमाडौंको पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन् । सोही प्रतियोगिताका २२ जना बालिका तथा किशोरी प्रतिस्पर्धिहरुले प्रशिक्षणको एउटा अंगको रुपमा उक्त विशेष पूजाआजासहित लाखबत्ती बालेका हुन् । ७ वर्षदेखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुको व्यक्तित्व विकासको साथै प्रतिभा...
-
२०७६ मङ्सिर ८, आइतबार
‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पोखरामा ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरामा क्रियाशील ३० जना पत्रकारको सहभागिता रहेको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारिता संवेदनशील पेशा भएकाले तथ्यमा...
-
२०७६ मङ्सिर ८, आइतबार
बिना अनुमति भीर माहुरीको मह काढ्न नपाइने
केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही...
-
२०७६ मङ्सिर ८, आइतबार
औषधि व्यवसायी सङ्घको अध्यक्षमा जोशी
औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन हुनुभएको छ । सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । त्यस्तै उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन हुनुभएको सङ्घले जनाएको छ । सदस्यमा खेमराज भट्ट,...
-
२०७६ मङ्सिर ८, आइतबार
सरकारको निर्देशन समयमै पालना गर्न आग्रह
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्धारित १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको...
-
२०७६ मङ्सिर ८, आइतबार
‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास
दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गर्नुभएको हो । प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा जल तथा...
-
२०७६ मङ्सिर ८, आइतबार
उपनिर्वाचन २०७६ ः सुरक्षा व्यवस्था चुस्त
आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उपनिर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प पनि राखिने भएको छ...
-
२०७६ मङ्सिर ८, आइतबार
अध्यक्ष तिमिल्सिनाद्वारा क्याम्पस उद्घाटन
दक्षिण पर्वतको विहादी गाउँपालिका–४ वहाकीमा सञ्चालित वहाकी बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माण भएको छ । झण्डै रु डेढ करोडको लागतमा निर्माण भएको आठकोठे भवनको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बताउनुभयो । उहाँले देशलाई आर्थिकरूपमा सवल बनाउन तीनै तहका सरकार...
-
२०७६ मङ्सिर ८, आइतबार
कानून पढेर न्यायका पक्षमा लाग्दै मुक्त कम्लहरी
कुनै समय घोराही बजारको एक घरमा भाडा माझ्ने काम गर्ने पूर्वकम्लहरी विष्णु चौधरीलाई शिक्षा सङ्कायमा स्नाकोत्तर गरेर मात्रै चित्त बुझेन । चौधरीले हाल कानून विषयमा स्नातक अध्ययन गरिरहनुभएको छ । लमही नगरपालिका सतवरिया निवासी चौधरीका दिदीबहिनी पनि अरूकै घरमा भाडा माझ्ने र गोठालो जाने काम गर्थे । “पढाइ दिन्छु भनेर साहुले घरको काम गराउन लगे तर काम मात्रै लगाएँ”, उहाँले भन्नुभयो, “मेरो पढाइ छुटिसकेको थियो...
-
२०७६ मङ्सिर ६, शुक्रबार
भूपू सैनिकहरुको नवीकरण र रुजु कार्य शुरु
बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपूसैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प यस वर्ष १ वर्षको अन्तरालमा बिहीबारदेखि शुरु भएको हो । यसअघिका क्याम्पमा भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर यस पटक भने आफू ज्यूँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको...
-
२०७६ मङ्सिर ६, शुक्रबार
सरसफाइ अभियानले प्रदेशकै नयाँ पहिचान दिएको छ ः मन्त्री लम्साल
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी प्रदेशकै नयाँ पहिचान दिएकोे बताउनुभएको छ । भम्रण वर्ष २०२० को अवसरमा तनहुँको ब्यास नगरपालिकाद्वारा आयोजित बृहत् राजमार्ग सरसफाइ अभियानको आज दमौलीमा उद्घाटन गर्दै उहाँले सरसफाइले सभ्य नागरिकको पहिचान दिने हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । मन्त्री लम्सालले भन्नुभयो, “आन्तरिक एवं बाह्य पर्यटक...


