राष्ट्रिय
-
२०७६ कार्तिक ६, बुधबार
साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् । केही वर्ष अघिसम्म न्यून विदेशी पर्यटकमात्रै भ्रमणमा आउने यस पदमार्गमा...
-
२०७६ कार्तिक ६, बुधबार
न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो । प्रधानमन्त्री ओलीले आफू नेपाल संवत्को ¥याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि...
-
२०७६ कार्तिक ६, बुधबार
मेलमिलापकर्तालाई तालीम
वालिङ नगरपालिकाले ८४ जना मेलमिलापकर्तालाई आधारभूत सामुदायिक मेलमिलाप तालीम दिएको छ । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, अष्ट्रेलियन सहयोग र एशिया फाउण्डेशनको आर्थिक सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तालीम दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “नागरिकले न्याय र मानवताको अनुभूति प्राप्त गर्न सक्ने गरी...
-
२०७६ कार्तिक ६, बुधबार
राजविराजको शहीद द्वार निर्माण अलपत्र
रुपनी–राजविराज सडकखण्डअन्र्तगत पर्ने राजविराज नगरपालिका–९ मलेठमा निर्माण भइरहेको शहीद द्वार निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र अस्थामा छ । गत असार मसान्तमै सम्पन्न गनुपर्ने योजनाअनुसार निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा शहीद द्वार निर्माण कार्य अलपत्र अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । राजविराज नगरपालिकाबाट कूल रु ८१ लाखको...
-
२०७६ कार्तिक ६, बुधबार
तेस्रो किस्ता लिने क्रममा वृद्धि
विसं २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ५३४ जनाले अहिलेसम्म सम्झौता गर्न आएका छैनन् । यसैबीच जिल्ला पुनःनिर्माण...
-
२०७६ कार्तिक ६, बुधबार
एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान
बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ जारी गरेको सूचनामा ती तहका...
-
२०७६ कार्तिक ६, बुधबार
सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही
नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ...
-
२०७६ कार्तिक ६, बुधबार
आर्जनबाट आत्मनिर्भर बन्दै महिला
महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको छ । पछिल्ला एक वर्षदेखि बर्दिवास नगरक्षेत्रमा सिटीसफारी ब्याट्रीबाट चल्ने हलुका सवारीसाधन चलाउन थालेयता थैलीमा आफ्नै कमाइ राख्न थालेपछि कुनै समान लिनपर्दा घताने आफैँ लिन सक्ने हुनुभएको हो । पछिल्लो आफ्नो जिन्दगीप्रति घताने दङ्ग देखिनुहुन्छ । “के फरक छ र रु मान्छे म...
-
२०७६ कार्तिक ६, बुधबार
काठमाडाँै र ललितपुरमा रगतको अभाव
काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । कुन...
-
२०७६ कार्तिक ६, बुधबार
आयोडिन नुन प्रयोगमा वृद्धि
सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो । सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर नजिकैबाट नुन पाएका हुन् । जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको...
-
२०७६ कार्तिक ६, बुधबार
प्रदेश नं ५ दूध र मासुमा आत्मनिर्भर बन्दै
प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने लक्ष्य लिइएको छ । हावापानी अनुकुलन पशु विकास, गुणस्तरीय दूध र मासु उत्पादन, मूल्य...
-
२०७६ कार्तिक ६, बुधबार
स्वास्थ्यचौकी निर्माणका लागि जग्गा प्रदान
मनकारी दुई दाजुभाइले आफ्नो गाउँमा स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् । चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत रुपाकोट निवासी हाल युकेमा कार्यरत दाजुभाइ द्वय तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि रु सात लाख मूल्य बरावरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । गाउँपालिकाअन्तर्गत रुपाकोटमा स्वास्थ्यचौकी भवन निर्माणका लागि...


