राष्ट्रिय
-
२०७६ कार्तिक ६, बुधबार
राजविराजको शहीद द्वार निर्माण अलपत्र
रुपनी–राजविराज सडकखण्डअन्र्तगत पर्ने राजविराज नगरपालिका–९ मलेठमा निर्माण भइरहेको शहीद द्वार निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र अस्थामा छ । गत असार मसान्तमै सम्पन्न गनुपर्ने योजनाअनुसार निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा शहीद द्वार निर्माण कार्य अलपत्र अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । राजविराज नगरपालिकाबाट कूल रु ८१ लाखको...
-
२०७६ कार्तिक ६, बुधबार
तेस्रो किस्ता लिने क्रममा वृद्धि
विसं २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ५३४ जनाले अहिलेसम्म सम्झौता गर्न आएका छैनन् । यसैबीच जिल्ला पुनःनिर्माण...
-
२०७६ कार्तिक ६, बुधबार
एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान
बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ जारी गरेको सूचनामा ती तहका...
-
२०७६ कार्तिक ६, बुधबार
सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही
नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ...
-
२०७६ कार्तिक ५, मंगलबार
माटोको भाडा बनाउन भ्याइनभ्याई
तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने...
-
२०७६ कार्तिक ५, मंगलबार
राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई दिइएको निम्तो स्वीकार
जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान उहाँहरु बस्नुभएको होटेलमा भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उहाँहरुको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी...
-
२०७६ कार्तिक ५, मंगलबार
नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही
राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै...
-
२०७६ कार्तिक ५, मंगलबार
फुटपाथ व्यवस्थित गरिने
हेटौँडा उपमहानगरपालिकाले तिहार तथा छठ पर्वका लागि बजार क्षेत्रमा लाग्ने फुटपाथ बजारलाई व्यवस्थित गर्ने भएको छ । फुटपाथ व्यवस्थित गर्न उपमहानगरले पाँच स्थानमा मात्रै फुटपाथ पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ । मुख्य बजार क्षेत्रमा बजार लाग्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको सम्भावना बढ्ने भएपछि यस्तो निर्णय गर्नुपरेको नगरपालिका कार्यालयले जनाएको छ । तिहार तथा छठपर्वमा व्यस्त सडकछेउमा...
-
२०७६ कार्तिक ५, मंगलबार
कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र
वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित...
-
२०७६ कार्तिक ४, सोमबार
फलामेसाँघुमा पन्ध्र श्ययाको अस्पताल बन्ने
रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ श्ययाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो । “गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ गाउँकार्यपालिकाको...
-
२०७६ कार्तिक ४, सोमबार
क्रसर–खानीको न्यूनतम मापदण्ड तोक्न सिफारिश
जिल्लामा वर्षौँदेखि अवैधानिक मापदण्ड विपरीत रुपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा वर्षौँदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश गरेको हो । साथै,...
-
२०७६ कार्तिक ४, सोमबार
तेइस वर्षपछि खानेपानी आयोजना सम्पन्न
दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो । खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो । पछिल्लो समयमा...


