राष्ट्रिय
-
२०७६ कार्तिक ३, आइतबार
साह अध्यक्षमा चयन
नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ । चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव हुनुहुन्छ । त्यस्तै उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह र शिवकुमार साह चयन हुनुभएको छ । सङ्घका निर्वाचन...
-
२०७६ कार्तिक ३, आइतबार
मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने
इटालियन निर्माण कम्पनी सिएमसिले काम सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने भएको छ । राष्ट्रिय गौरबको योजनामा पर्ने सो आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोसँग सम्झौता भएर उक्त कम्पनीको कार्यक्षेत्रमा गएसँगै कामले गति लिने देखिएको हो । सो आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी पाँच...
-
२०७६ कार्तिक ३, आइतबार
सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम
म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ । प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने तथ्य भने हालै मात्र पत्ता लागेको हो । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन र स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्न जिसीको पहलमा गरिएको...
-
२०७६ कार्तिक ३, आइतबार
कालीगण्डकी डाइभर्सन रोक्न ‘कालीगण्डकी महोत्सव’
कालीगण्डकी नदीको अस्तित्व बचाउन र डाइभर्सन हुनबाट रोक्न कालीगण्डकी महोत्सव आयोजना गरिएको छ । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको विरोध गर्दै दबाबस्वरुप महोत्सव आयोजना गर्न लागिएको हो । पाल्पाको रम्भा गाउँपालिकाकाको आयोजनामा नदीको महत्व बचाउन र डाइभर्सन हुनबाट जोगाउन आउँदो कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन बृहत् कालीगण्डकी महोत्सव गरिने भएको छ । कालीगण्डकी संरक्षण गर्ने,...
-
२०७६ कार्तिक ३, आइतबार
पत्रकारिता पुरस्कारको घोषणा
दलित अधिकारकर्मी डा विष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गर्नुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा शनिबार आयोजित गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का दलित समुदायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा डा परियारले रु २० हजार राशिको पुरस्कार घोषणा गर्नुभएको हो । सो अवसरमा डा परियारले आफू अमेरिकामा रहे पनि नेपालको दलित आन्दोलन र दलित...
-
२०७६ कार्तिक ३, आइतबार
सङ्कटमा सिंजा बहुमुखी क्याम्पस
सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन । क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन् । स्नातक तहको व्यवस्थापन तथा शिक्षा सङ्काय सञ्चालनमा ल्याएको क्याम्पसमा एकातिर...
-
२०७६ कार्तिक ३, आइतबार
अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री सहभागी हुँदै
प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम राष्ट्रहरुका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख...
-
२०७६ कार्तिक ३, आइतबार
राष्ट्रपति भण्डारीको म्यान्मा राजकीय भ्रमण सम्पन्न
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ । उहाँ गत असोज २९ गते यहाँ आइपुग्नुभएको हो । उहाँले आजदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि...
-
२०७६ कार्तिक ३, आइतबार
पश्चिमी वायुको प्रभावले मौसममा बदली
पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले...
-
२०७६ कार्तिक ३, आइतबार
युएनएफपीए कार्यकारी निर्देशक नेपाल भ्रमणमा
संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष युएनएफपीए का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुग्नुभएको छ । सन् २०१७ मा युएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको हो । उहाँका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो...
-
२०७६ कार्तिक ३, आइतबार
धरहरा पुनःनिर्माणले गति लिन सकेन
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको गति हेर्दा अबको पाँच वर्षमा समेत पूर्णत पाउने स्थिति नदेखिएको सरोकारवालालाहरूले बताएका छन्...
-
२०७६ कार्तिक ३, आइतबार
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ...


