STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक ४, सोमबार

    एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

    नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६÷७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या...

  • २०७६ कार्तिक ४, सोमबार

    ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने

    आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ । लामो समय फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएपछि काठमाडौँ महानगरपालिकाले केही समयका लागि फोहर राखे पनि यसअघिजस्तो लामो समय फोहर नराख्ने जनाएको छ । कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहर जम्मा गरेर नराख्न र सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । विगतका समयमा...

  • २०७६ कार्तिक ४, सोमबार

    दोविल्ला क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

    पोखरा महानगरपालिका–२१ स्थित दोविल्लालाई धार्मिकस्थलको रुपमा विकास गरिने भएको छ । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थापन तथा संरक्षण गर्दै हरित उद्यानका रुपमा समेत विकास गर्ने लक्ष्यका साथ यहाँको ८० रोपनी जमीनमा तीन वर्षयता विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोप्दै आएको छ । समितिका अध्यक्ष भरत रायमाझीका अनुसार हालसम्म ६०० भन्दा बढी फलफूलसहितका बिरुवा रोपिसकिएको छ ।...

  • २०७६ कार्तिक ३, आइतबार

    पश्चिमी वायुको प्रभावले मौसममा बदली

    पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले...

  • २०७६ कार्तिक ३, आइतबार

    युएनएफपीए कार्यकारी निर्देशक नेपाल भ्रमणमा

    संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष युएनएफपीए का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुग्नुभएको छ । सन् २०१७ मा युएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको हो । उहाँका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो...

  • २०७६ कार्तिक ३, आइतबार

    धरहरा पुनःनिर्माणले गति लिन सकेन

    विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको गति हेर्दा अबको पाँच वर्षमा समेत पूर्णत पाउने स्थिति नदेखिएको सरोकारवालालाहरूले बताएका छन्...

  • २०७६ कार्तिक ३, आइतबार

    भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ...

  • २०७६ कार्तिक ३, आइतबार

    किजा पूजाका लागि बिदा दिन प्रम सकारात्मक

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका किजा पूजाका लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाउनुभएको छ । पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आज प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो ।...

  • २०७६ कार्तिक ३, आइतबार

    राष्ट्रपति भण्डारी जापान प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्नुभयो । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन...

  • २०७६ कार्तिक ३, आइतबार

    ‘वार्षिक ३५ लाख पर्यटक भित्र्याउने रणनीति बन्दैछ’

    सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रवद्र्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी...

  • २०७६ कार्तिक ३, आइतबार

    नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

    सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो । सीमा...

  • २०७६ कार्तिक ३, आइतबार

    दस अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति

    गैरआवासीय नेपाली सङ्घ एनआरएनए ले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ । एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो । एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यले उक्त सहयोग रकम दिने घोषणा गरेका र निश्चित...

Pages