राष्ट्रिय
-
२०७६ कार्तिक ४, सोमबार
सताक्षीधाममा धार्मिक महोत्सवको तयारी
महाभारतकालीन इतिहाससँग जोडिएको झापाको धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा १०८ कुण्डको कोटीहोम एवं महोत्सव हुने भएको छ । यही कात्तिक २७ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने सताक्षीधाम धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोमको लागि आइतबार झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा सङ्घसंस्थाहरूसँग छलफल गरिएको छ । महोत्सवलाई सफल पार्नका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा मूल आयोजक...
-
२०७६ कार्तिक ४, सोमबार
जनता आवास कार्यक्रममा ३६१ आवास निर्माण
जनता आवास कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र उदयपुर गरी ३६१ आवासको निर्माणकार्य सम्पन्न भएको छ । कार्यक्रम लागू हुने स्थानमा विगतदेखि स्थायीरूपमा बसोबास गरेका राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत भएका दलित, विपन्न मुसलमान, लोपोन्मुख र अति सीमान्तकृत जाति वा समुदायका विपन्न वर्ग लक्षित गरी ल्याएको यो कार्यक्रमबाट लाभग्राहीमा खुशी छाएको छ । जनता आवास कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका आवासमा...
-
२०७६ कार्तिक ४, सोमबार
अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दै सूचना जारी गरे पनि अटेर गरेकाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण हटाइएको नगरपालिकाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि २५ मिटर...
-
२०७६ कार्तिक ४, सोमबार
राष्ट्रपतिको जापान भ्रमण ः नेपालको आर्थिक विकासमा केन्द्रित
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दैै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा सहभागी...
-
२०७६ कार्तिक ४, सोमबार
प्रधानमन्त्री ओली उपमहासचिव कनेम शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपमहासचिव डा कनेम राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०का कार्यकारी निर्देशकसमेत हुनुहुन्छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा कनेमले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा कनेम नेपालको दुईदिने औपचारिक...
-
२०७६ कार्तिक ४, सोमबार
गोकर्ण उद्यान शिलान्यास
काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा गोकर्ण उद्यान निर्माण गर्न थालेको छ । ऐतिहासिक, धार्मिक, पौराणिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णको यज्ञडोल जगडोल सामुदायिक वनमा रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको सो उद्यान शिलान्यास गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरको गौरवको आयोजनाका रुपमा यसलाई अघि बढाइने जानकारी दिनुभयो । नेपाल सरकारले...
-
२०७६ कार्तिक ४, सोमबार
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन थप सहयोग गर्छौं ः कार्यकारी निर्देशक कनेम
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएका कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र सङ्घका उपमहासचिव डा नतालिया कनेमले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, परिवार योजना तथा महिला सशक्तीकरणका क्षेत्रमा नेपालले गरेका कामको उच्च सराहना गर्नुभएको छ । उहाँले भन्नुभयो, “ती क्षेत्रमा नेपालले अवलम्बन गरेका नीति र लगानीले धेरै राम्रा रहेका छन् । यसले नेपाली महिला र किशोरीको जीवनस्तरमा आमूल सुधार...
-
२०७६ कार्तिक ४, सोमबार
बाख्रा पाल्ने किसानलाई अनुदान
चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो । पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । “किसानलाई कुन विधिबाट अनुदान दिने...
-
२०७६ कार्तिक ४, सोमबार
राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका...
-
२०७६ कार्तिक ४, सोमबार
कोरला नाकामा सुरक्षा बन्दोबस्तको तयारी
समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आंशिक रुपमा हिमालबाट घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको स्तम्भ ठडिएको छ । नेपाल–चीन सिमानामा पर्ने कोरला नाकाको यो स्तम्भ नै नेपालतर्फको एक मात्रै देखिने चिनारी हो । स्तम्भको अगाडि धमाधम चिनियाँ पक्षले पूर्वाधार बनाइरहेको छ । द्विपक्षीय सम्झौताअनुसार ‘कोरला नाका’मा चिनियाँ पक्षले भन्सार लगायतको प्रयोजनका लागि विशाल भवन निर्माण गरिसकेको छ...
-
२०७६ कार्तिक ४, सोमबार
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँछ ः नेता रावल
नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका–६ स्थित आफ्नो निवासमा आइतबार आयोजना गरेको दशैँ–तिहार तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै नेता रावलले सबै जातजातिले एकताबद्ध भएर लागेमा देश विकासले गति लिने...
-
२०७६ कार्तिक ४, सोमबार
एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु
चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावलले उद्घाटन गर्नुभयो । कात्तिक ६ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित...


