STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १, आइतबार

    मिर्गौला बिक्री गर्ने रुद्राक्ष खेतीतर्फ

    पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोप्नुभयो । अहिले उहाँको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ । घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गौला बिक्री गर्नुभएकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गर्नुुभएको हो । उहाँ भन्नुहुन्छ, “जीवनमै एकपटक ठूलो गल्ती गरियो...

  • २०७६ भाद्र १, आइतबार

    नेपाल हिन्दी प्रतिष्ठानको नयाँ कार्यसमिति

    नेपाल हिन्दी प्रतिष्ठानको आज यहाँ सम्पन्न सातौ साधारणसभाले राजेश्वर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा डा आशा सिन्हा, महासचिवमा रामस्वार्थ ठाकुर गान्धी, सचिवमा चन्द्रशेखरराज चमन र कोषाध्यक्षमा श्रीचन साह चयन हुनुभएको छ । त्यस्तै सदस्यमा रामहृदय प्रसाद, अवध किशोर, मनोजकुमार प्रमेश, प्रकाशचन्द्र साह, नगेन्द्रप्रसाद चौधरी र सरोजकुमार यादव हुनुहुन्छ ।

  • २०७६ भाद्र १, आइतबार

    अनुसन्धान ब्यूरोको टोली चितवनमा

    पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान...

  • २०७६ भाद्र १, आइतबार

    ‘नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै’

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा जारी भएको नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै गएको बताउनुभएको छ । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आज आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक गोष्ठीमा उहाँले नागरिकले अनाहकमा दुःख नपाऊन्, निर्दोष नफसून् र पीडक कानूनको दायरामा आऊन् भन्ने अभिप्रायका साथ...

  • २०७६ श्रावण ३२, शनिबार

    बौद्ध पर्व मतयाःको साँस्कृतिक महत्व

    विमला शाक्य ललितपुरमा मनाइने विभिन्न जात्रा पर्वमध्ये मतयाः दीपयात्रा बौद्धहरुले मान्ने एक महत्वपूर्ण जात्रा हो । मतयाः लाई न्येकू जात्रा, श्रृंगभेरी जात्रा आदि विभिन्न नामले संज्ञा दिएतापनि यो पर्व मुख्यतया ललितपुरमा मनाईने बौद्ध पर्व हो जुन हरेक वर्ष भाद्र कृृष्ण दुतियाको दिन सम्पन्न हुन्छ । यस पर्वलाई ललितपुरका विभिन्न १० वटा टोलले संचालन गर्दै आएका छन् । सौगल, नकबहिल, मंगलबजार, चक्रबहिल,...

  • २०७६ श्रावण ३२, शनिबार

    बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

    बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि।स। २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग १ उनको निधन गाइजात्राको एकदिन पछि भएको छ । २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’...

  • २०७६ श्रावण ३२, शनिबार

    सबैको साझा बन्दै नेवार समुदायको रोपाइँजात्रा

    अटिनअटी मान्छेको भीड । गुञ्जिरहेको थियो असारे गीत र ढोल÷झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकार । हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा तानिएको थियो कार्यक्रमस्थलमा । एकै किसिमको पहिरन (हाकुपाटसी)मा सजिएका कलाकारको नृत्यले दर्शकका लागि झनै रौनकता थपिएको थियो । बीचबीचमा लाखे तथा...

  • २०७६ श्रावण ३१, शुक्रबार

    अनुदानको रकम नपाएको भन्दै उजुरी

    कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् । गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम हालसम्म वितरण नगरेपछि छानबिनको माग राख्दै उनीहरुले...

  • २०७६ श्रावण ३१, शुक्रबार

    शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा चयन

    शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्लाल्जेन शेर्पा चयन हुनुभएको छ । सङ्घको आज भएको प्रथम अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा (संगम), उपाध्यक्ष ङावाङ ङिमा शेर्पा, महासचिव आङ पेम्बा शेर्पा, सचिव ओङ्दा शेर्पा, कोषाध्यक्षमा मिङ्मा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । सदस्यहरुमा दाबकुटी शेर्पा, पासाङ...

  • २०७६ श्रावण ३१, शुक्रबार

    गोहीको उद्धार

    कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ । पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन् । पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरी चौकी सत्तीका इञ्चार्ज दौलत पुजारा, प्रहरी हवल्दार रामचरण चौधरी, डल्फिन संरक्षण समितिका अध्यक्ष भोजराज...

  • २०७६ श्रावण ३१, शुक्रबार

    श्रेष्ठलाई ‘शक्ति पुरस्कार’, चालिसेलाई ‘स्मृति युवा सम्मान’

    कवि तीर्थ श्रेष्ठलाई यस वर्षको ‘शक्ति पुरस्कार’ प्रदान गरिने भएको छ । रण स्मृति पुरस्कार संस्था बागलुङले श्रेष्ठलाई पुरस्कृत गर्न लागेको हो । रु आठ हजार राशिको सो पुरस्कार आउँदो भदौ ६ गते प्रदान गरिने संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । कवि श्रेष्ठ सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्वसदस्य–सचिवसमेत हुनुहुन्छ । विसं २०१६ सालमा जन्मनुभएका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरु...

  • २०७६ श्रावण ३१, शुक्रबार

    मकै खेतीमा कृषकको संलग्नता बढ्दो

    बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए । हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिनुभयो । तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक...

Pages