STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ३१, शुक्रबार

    धर्म प्रचार गर्न खोज्ने पक्राउ

    धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

  • २०७६ श्रावण ३१, शुक्रबार

    भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

    कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम पदमुक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक...

  • २०७६ श्रावण ३१, शुक्रबार

    शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा चयन

    शेर्पा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा सोनाम ग्लाल्जेन शेर्पा चयन हुनुभएको छ । सङ्घको आज भएको प्रथम अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा (संगम), उपाध्यक्ष ङावाङ ङिमा शेर्पा, महासचिव आङ पेम्बा शेर्पा, सचिव ओङ्दा शेर्पा, कोषाध्यक्षमा मिङ्मा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । सदस्यहरुमा दाबकुटी शेर्पा, पासाङ...

  • २०७६ श्रावण ३१, शुक्रबार

    अनुदानको रकम नपाएको भन्दै उजुरी

    कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् । गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम हालसम्म वितरण नगरेपछि छानबिनको माग राख्दै उनीहरुले...

  • २०७६ श्रावण ३०, बिहिबार

    वरिष्ठ साहित्यकार दीक्षितको निधनःप्रधानमन्त्री मर्माहत

    प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । आज बिहान निधन...

  • २०७६ श्रावण ३०, बिहिबार

    मिथिलाञ्चलमा रक्षाबन्धन

    ए रक्षा बन्धन सबसे बडा तौहार है बनबालो राखी बेहनाका इसमे प्यार है।।। अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ । रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व...

  • २०७६ श्रावण ३०, बिहिबार

    रसुवा प्रहरीलाई चीनद्वारा सहयोग सामग्री

    रसुवा प्रहरीलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार सहयोग सामग्री प्रदान गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलमेट क्याप, टर्च, दूरबीन, नाइटभिजन क्यामरा, सिल्ड ढाला लगायतका विविध सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । प्राप्त सामग्रीले विपद् व्यवस्थापनका साथै सुरक्षा प्रदान कार्यमा समेत उपयोगी हुने सुरक्षाकर्मीले बताएका छन् । सीमा क्षेत्रमा कार्यरत...

  • २०७६ श्रावण ३०, बिहिबार

    बेसहाराको सहारा ‘मेरी आमा’

    अभिभावक गुमाएका अनाथ, असहाय, बेसहारा बालबालिकाका लागि ‘मेरी आमा’ नामक संस्था सहारा भएको छ । कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा सञ्चालन भएको उक्त मेरी आमा अनाथाश्रममा आमाबुबा गुमाएका सडक बालबालिका, होटलमा श्रम गरिरहेका बालबालिकालगायत कसैको सहाराको पर्खाइमा रहेका बालबालिकाको सहारा २६ वर्षीया दिव्या चौधरी ‘प्रयासी’ प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले अनाथ, असहाय बालबालिकाका लागि सहारा दिने...

  • २०७६ श्रावण ३०, बिहिबार

    बैतडीमा सात हजार नयाँ मतदाता, अद्यावधिक कार्य सम्पन्न

    आउँदो मङ्सिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती शिविरमार्फत सङ्कलन गरिएको मतदाता नामावली सङ्कलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो । बैतडीमा यही साउन १६ गतेसम्म एक लाख ४३ हजार २४३ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिनुभयो । विसं २०७४ भदौ ४...

  • २०७६ श्रावण ३०, बिहिबार

    पठन संस्कृतिको विकास गर्न घुम्ती पुस्तकालय सञ्चालन

    ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले पठन संस्कृतिको विकासका लागि वडास्तरीय घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा १२ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा ज्ञानोदयले पठन संस्कृतिको विकास र निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताउनुभयो । उहाँका अनुसार,...

  • २०७६ श्रावण ३०, बिहिबार

    जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिदै

    श्रावण शुक्ल पूर्णिमा जनै पूर्णिमाका अवसरमा आज पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । आजको दिन नयाँ जनै लगाउनका लागि तागाधारीले बिहानै उठी स्नान गरी गुरु पुरोहितद्वारा वैदिक मन्त्रोच्चारण...

  • २०७६ श्रावण ३०, बिहिबार

    पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड

    बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर बस्ने ठाउँ छैन । बढेर...

Pages