STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २८, मंगलबार

    पाल्पामा चार उद्यमी सम्मानित

    कृषि र पशुपालनका क्षेत्रमा उल्लेखनीय योग्दान गरेका पाल्पाका चार युवा सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–५ का पुजन कार्की, तानसेन–८ का दुर्गाबहादुर खाँण, तानसेन–९ का विष्णुप्रसाद भण्डारी, तानसेन–१२ का रुकवीर रेश्मी रहनुभएको छ । तानसेन युवा परिषद्ले २०औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उत्कृष्ट चार उद्यमीलाई सम्मानित गरेको हो । सम्मानित हुनुहुने उद्यमीलाई...

  • २०७६ श्रावण २८, मंगलबार

    जन नृत्यगुरु हरिकृष्ण दर्शनधारीको सातौं स्मृति सभाहुने

    जन नृत्यगुरु हरिकृष्ण दर्शनधारीको सातौं वार्षिक स्मृतिदिवस इन्द्रेणी सांस्कृतिक समाजइसास कीर्तिपुरको आयोजनामाविभिन्न सांस्कृतिककार्यक्रम गरी मनाइने भएको छ । आउँदो श्रावण ३२ गते शनिबार दिनको ३ बजे १ वडा बाघभैरवको प्रज्ञा दबुलीमा सो कार्यक्रमहुने जानकारी इसास कीर्तिपुरका संगीतकर्मि गुज्ये मालाकाले दिनुभयो । इन्द्रेणी साँझनाम राखीगरिने सो सांस्कृतिककार्यक्रमको क्रममा नेपाल संगीततथा नाट्य प्रज्ञा...

  • २०७६ श्रावण २८, मंगलबार

    अग्गमहापण्डित सासनधजधम्माचरिय भिक्षु ज्ञानपूर्णिक महास्थविर सम्मान

    अग्गमहापण्डित सासनधजधम्माचरिय भिक्षु ज्ञानपूर्णिक महास्थविर धम्ममुदितअभिनन्दन समारोह शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्नभयो । विभिन्न संघ संस्था र अखिल नेपालभिक्षु महासंघ सहित १२१ वटा संघ संस्थाको तर्फबाट संयुक्त रुपमा सम्मानप्रदानगरिएको सो कार्यक्रमअखिल नेपालभिक्षु महासंघया अध्यक्षभिक्षु मैत्रीमहास्थविरको सभापतित्वमाभएको थियो ।

  • २०७६ श्रावण २८, मंगलबार

    कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

    जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको...

  • २०७६ श्रावण २८, मंगलबार

    स्वयंसेवकका लागि स्काउट परिचालन

    पवित्र तीर्थ गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई सहयोग पु¥याउन सोमबारदेखि रसुवाका स्काउट परिचालन भएका छन् । नेपाल स्काउट रसुवाका जिल्ला आयुक्त श्याम पुडासैनीका अनुसार स्वयंसेवकको रूपमा खटिएका स्काउट टोलीले यही साउन ३० गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान गर्दा लाग्ने यात्रुको भीड व्यवस्थापनमा सहयोगको विशेष भूमिका निर्वाह गर्नेछन् । ‘‘बिरामी परेकालाई उद्वारमा मद्दत, यात्रुका हराएका सामान खोजी...

  • २०७६ श्रावण २८, मंगलबार

    इतिहासविद् तथा अनुसन्धाता दासको निधन

    इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उहाँका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आउनुभएका दास विगत केही वर्षदेखि मुटु तथा...

  • २०७६ श्रावण २८, मंगलबार

    नेपालभाषा एकेडेमीको साधारण सभाबाट नयाँ पार्षद थपिए

    नेपालभाषाको वाङमय क्षेत्रमा स्थापित एक प्राज्ञिक संगठन नेपालभाषा एकेडेमीको १८ औं साधारण सभा आज मंगलबार कीर्तिपुरको स्थित न्यामासिमा पाँच रुख अवस्थित सभा भवनमा सम्पन्न भएको छ । उक्त एकेडेमीका संरक्षक वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद सत्यमोहन जोशी प्रमुख अतिथीका रुपमा रहेको सो साधारण सभा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरन्जन नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो । सो साधारण सभा मा उक्त...

  • २०७६ श्रावण २८, मंगलबार

    विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले ट्होटेंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना...

  • २०७६ श्रावण २८, मंगलबार

    ‘सतीदेवीको शव बोक्दै’ कुमाले

    एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्नुहुन्छ । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई मूर्तीकरण गर्नुभयो र...

  • २०७६ श्रावण २८, मंगलबार

    आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्स देखिएपछि घरपालुवा चौपायालाई भ्याक्सिन

    कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ । सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको...

  • २०७६ श्रावण २८, मंगलबार

    टोलटोलमा रञ्जना लिपि प्रशिक्षण

    लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वद्र्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण भइरहेको छ । रञ्जना लिपिलाई जनमानसमा पु¥याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको हो । समूहका संयोजक एवं लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार लोपोन्मुख रञ्जना लिपिलाई...

  • २०७६ श्रावण २८, मंगलबार

    लक्जेम्बर्गद्वारा लामिछानेलाई उच्च सम्मान

    दुई दशकभन्दा बढी समयदेखि लक्जेम्बर्ग–नेपाल सम्बन्ध सुदृढीकरणमा योगदान गरेवापत नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई लक्जेम्वर्ग सरकारले उच्च विभूषणसहित सम्मान गरेको छ । नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका लामिछानेलाई सोमबार राति राजधानीमा आयोजित विशेष समारोहमा ‘द अर्डर अफ वक क्राउन अफ द ग्र्याण्ड डुचे अफ लक्जेम्बर्ग’ बाट सम्मान गरिएको हो । नेपालका लागि...

Pages