STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ३१, शुक्रबार

    श्रेष्ठलाई ‘शक्ति पुरस्कार’, चालिसेलाई ‘स्मृति युवा सम्मान’

    कवि तीर्थ श्रेष्ठलाई यस वर्षको ‘शक्ति पुरस्कार’ प्रदान गरिने भएको छ । रण स्मृति पुरस्कार संस्था बागलुङले श्रेष्ठलाई पुरस्कृत गर्न लागेको हो । रु आठ हजार राशिको सो पुरस्कार आउँदो भदौ ६ गते प्रदान गरिने संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । कवि श्रेष्ठ सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्वसदस्य–सचिवसमेत हुनुहुन्छ । विसं २०१६ सालमा जन्मनुभएका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरु...

  • २०७६ श्रावण ३१, शुक्रबार

    मकै खेतीमा कृषकको संलग्नता बढ्दो

    बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए । हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिनुभयो । तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक...

  • २०७६ श्रावण ३१, शुक्रबार

    तीन दिनसम्म भारी वर्षाको सम्भावना

       मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका...

  • २०७६ श्रावण ३१, शुक्रबार

    नगरपालिकाद्वारा अस्पताल व्यवस्थापन समिति खारेज

    दातृ निकाय र व्यक्तिव्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन गरी वर्षौंदेखि अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि...

  • २०७६ श्रावण ३१, शुक्रबार

    पुनःनिर्माणमा प्रवलीकरणको नतिजा शून्य

    ओखलढुङ्गामा प्रवलीकरणको नतिजा शून्य देखिएको छ । पुनःनिर्माण प्राधिकरणले मर्मत गरेर बस्न मिल्ने संरचनालाई आंशिक क्षतिको सूचीमा राखेर प्रवलीकरण गर्ने नीति लिएको भए पनि ओखलढुङ्गामा कसैले प्रवलीकरणमा चासो देखाएका छैनन् । जिल्लामा भूकम्पबाट जीर्ण भएका हजारौँ घर, भवन र अन्य संरचना छन् । तर कुनै पनि संरचना बलियो बनाइएको छैन । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन...

  • २०७६ श्रावण ३१, शुक्रबार

    मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र

    नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् । मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको व्यापारिक सटरहरु भत्काइएकाले...

  • २०७६ श्रावण ३१, शुक्रबार

    प्रधानमन्त्रीको स्वास्थ्य सामान्य ः भेटघाट र बैठक शुरु

    प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय हुनुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालयका बैठकमा सहभागी हुनुहुन्छ । गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओली...

  • २०७६ श्रावण ३१, शुक्रबार

    होमस्टे गएका पाहुनालाई उपहार

    बर्दियाको डल्ला गाउँको होमस्टे घरबास मा बसेर फर्कने पाहुनाको हात खाली हुँदैन । होमस्टेमा बसेवापत होमस्टे सञ्चालकले पाहुनाको सम्मानस्वरुप मायाको चिनोको रुपमा हस्तकला विभिन्न सामान प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको सामान चरा, ढकिया दिएर बिदाइ गर्ने गरिन्छ । होमस्टेमा बस्न आउने पर्यटकले कुस, कपडा, बेतबाँस र बाँसबाट बनाइएका मुडा, स्टुल, टोकरीलगायतका हस्तकलाका...

  • २०७६ श्रावण ३१, शुक्रबार

    पेट्रोल पम्पमा शिलबन्दी

    पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर पेट्रोलपम्प लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले...

  • २०७६ श्रावण ३१, शुक्रबार

    कार्ययोजना र क्षमताका आधारमा उपकुलपति नियुक्त गर्न सुझाव

    विद्याललयहरुको उपकुलपति चयन स्पष्ट कार्ययोजना, प्राज्ञिक क्षमता र पारदर्शिताका आधारमा हुनुपर्ने सुझाव दिइएको छ । ‘विश्वविद्यालयको राजनीतिक भागवण्डा कहिलेसम्म रु’ विषयमा शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा राजनीतिकर्मी, शिक्षाविद् र विद्यार्थीले विश्वविद्यालयहरुमा राजनीतिक दलीय हस्तक्षेप अन्त्य गर्न आग्रह गरेका हुन् । पूर्वशिक्षामन्त्री एवं नेकपाका नेता डा गङ्गालाल तुलाधरले...

  • २०७६ श्रावण ३१, शुक्रबार

    टुँडिखेल र सैनिक मञ्च चिटिक्क बनाइने

    काठमाडाँैको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चीकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक...

  • २०७६ श्रावण ३१, शुक्रबार

    नेकपा केन्द्रीय विभागको प्रमुख तोकिए

    नेपाल कम्युनिष्ट पार्टी नेकपा ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको हो । बैठकले चर्चामा रहेको स्कूल विभागका प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बैठकले विदेश विभाग...

Pages