STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ३०, बिहिबार

    टेलिभिजन पत्रकार लामिछानेसहित तीन जना पक्राउ

    प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन...

  • २०७६ श्रावण ३०, बिहिबार

    प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील,...

  • २०७६ श्रावण ३०, बिहिबार

    गुँपुन्ही पर्व मनाउँदै नेवार समुदाय

    देशभरि छरिएर रहेका नेवार समुदायले गुँलाथ्व पूर्णिमा (गुँपुन्ही) का अवसरमा घरघरमा हर्षोल्लासका साथ विशेष प्रकारको रोटी तथा क्वाटी खाँदै गुँपुन्ही पर्व मनाएका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, पाल्पालगायत देशका विभिन्न भागमा तथा विश्वका विभिन्न मुलुकमा रहेका नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज बिहान सबेरै घरमा स्नान गरी शुद्ध पारी छुचुँ मरी (एक प्रकारको विशेष रोटी) तथा क्वाटी तयार पारी...

  • २०७६ श्रावण २९, बुधबार

    श्रमदानबाट काठेपुल निर्माण

    यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् । तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार जनसङ्ख्याको आवतजावत गर्नका लागि तत्काल काठेपुल निर्माण गरिएको लाम्रागाउँ...

  • २०७६ श्रावण २९, बुधबार

    जनैपूर्णिमामा तीन स्थानीय तहमा बिदा

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र बाह्रबिसे नगरपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ तथा नगरपालिकाले सूचना निकालेर बिहीबार रक्षाबन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै जनैपूर्णिमाका अवसरमा पाँचपोखरी थाङ्पालमा रहेका ऐतिहासिक तीर्थस्थल पाँचपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको...

  • २०७६ श्रावण २९, बुधबार

    वायोमेट्रिक प्रणालीबाट सुविधा

    यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली ९टोकन सिष्टम० सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ । सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टाँै तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो । सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कामु प्रमुख...

  • २०७६ श्रावण २९, बुधबार

    सगरमाथा आरोहीको मृत्यु जामले होइन छानबिन समिति

    सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन पर्वतारोहण सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको मृत्यु भएको निष्कर्ष निकालिएको छ । पर्यटनमन्त्री...

  • २०७६ श्रावण २९, बुधबार

    पुलमा क्षति पुग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्ँिकदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल एक...

  • २०७६ श्रावण २९, बुधबार

    वैज्ञानिक कुँवरलाई भौतिकशास्त्रमा सफलता

    भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कँुवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही मापन गर्न सकिने सुव्रत समीकरण पहिल्याएका हुन् ।...

  • २०७६ श्रावण २९, बुधबार

    सेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल

    वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए, न त आवश्यक भौतिक संरचना । नाममात्रको अस्पतालका कारण सामान्य प्रकृतिका बिरामीलाई समेत नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा सिफारिश गर्नुपर्ने बाध्यता थियो । मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले भौतिक पूर्वाधारको...

  • २०७६ श्रावण २९, बुधबार

    नेत्रज्योति सङ्घमा आधुनिक उपकरण व्यवस्थापन

    नेत्रज्योति सङ्घ शाखा उदयपुरको लागि आगामी दिनमा जलविन्दु र मोतियाविन्दुसहितको शल्यक्रिया उपचार सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि नेपाल सरकार स्वास्थ्य विभागले रु एक करोड बजेट व्यवस्थापन गरेसँगै आधुुनिक मेसिन तथा उपकरणको व्यवस्थापन भएको छ । सरकारले आधुनिक मेसिन तथा उपकरण खरीद गर्न व्यवस्थापन गरेको रु एक करोडको बजेटले जापानबाट सङ्घका लागि १६ प्रकारका आधुनिक मेसिन तथा उपकरण खरीद गरेर...

  • २०७६ श्रावण २९, बुधबार

    वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी

    सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ । पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो । पोखरा उपत्यकाका नौ तालमध्येको पाँचाँै ठूलो दिपाङ्गतालको किनारास्थित मनोरमस्थलमा अवस्थित सो...

Pages