STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ १, आइतबार

    प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल...

  • २०७६ आषाढ १, आइतबार

    ढल्केबरमा निर्माण हुँदै देशकै ठूलो सवस्टेशन, पुसभित्र सकिँदै

    विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार धनुषाको ढल्केबरमा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।  देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि मार्ग...

  • २०७६ आषाढ १, आइतबार

    टाँटे स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति

    जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित टाँटे स्वास्थ्यचौकी अब अस्पतालमा स्तरोन्नति भएको छ । यो स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सरकारको निर्णयसंगै यसलाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताउनुभयो । स्वास्थ्यचौकीको स्तरोन्नोतिका लागि लामो समयदेखि पहल ग¥याँै, बल्ल अस्पताल बन्न लागेको बूढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले...

  • २०७६ आषाढ १, आइतबार

    विष्णुचन्द्र अभिनव पुरस्कार रामकुमारलाई

    यस वर्षको विष्णुचन्द्र अभिनव उत्कृष्ट गद्य कविता पुरस्कार साहित्यकार रामकुमार पण्डित क्षेत्रीलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजको २०८औँ मासिक साहित्यिक शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले नगद रु पाँच हजारसहित सम्मानपत्र उहाँलाई प्रदान गर्नुभयोे ।  सो पुरस्कार  मातापिताको संझनामा कञ्चनका भाइका भाइ श्रीकृष्ण पुडासैनीले स्थापना गर्नुभएको हो ।  कार्यक्रममा उक्त...

  • २०७६ आषाढ १, आइतबार

    अनर्गल प्रचारले जनतामा निराशा ः मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निराशा छाएको बताउनुभएको छ ।  सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आज शुभारम्भ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी सङ्घीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने मनसायले गरिएका प्रचारबाजी बिरुद्ध सचेत रहन आग्रह गर्नुभयो । मुलुकमा कानूनी शासन रहेकाले...

  • २०७६ आषाढ १, आइतबार

    छलफल गरेर गुठी विधेयक ल्याउन माग

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गुठीका सम्बन्धमा आएको पछिल्लो विधेयकले समस्या समाधान गर्ने नभई थप बल्झाउने टिप्पणी गरेका छन् ।  ‘विनियोजन विधेयक २०७६’ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय विभिन्न शीर्षकअन्तर्गतका शीर्षकमाथि छलफलमा भाग लिँदै सांसदहरुले गुठी नेपालको संस्कृति र परम्परासँग जोडिएकाले त्यसलाई खण्डित नगर्न आग्रह गरे ।...

  • २०७६ आषाढ १, आइतबार

    गर्मी बढ्दैं गएपछि विद्यालय बन्द

    अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार...

  • २०७६ आषाढ १, आइतबार

    बाँदर आतङ्क नियन्त्रणका लागि ठोस योजनाको अभाव

    पाल्पामा बाँदरले सताएपछि कृषक हैरान भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न स्थानमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेको छ । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिकका बस्तीमा समेत पसेर घरभित्रैबाट अन्न खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार तथा सेराका किसान बाँदरले खेती...

  • २०७६ आषाढ १, आइतबार

    तिब्बत विकास मञ्चद्वारा विकासमा जोड

    तिब्बत विकास मञ्चको ल्हासामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले चीनको स्वशासित क्षेत्र तिब्बतको विकासका लागि यसको सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्वको थप प्रवद्र्धनमा जोड दिएको छ ।  उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सहभागीले तिब्बतको बृहत्तर क्षेत्रको महत्वलाई उजागर गर्न चीन सरकारले शुरु गरेको खुला तिब्बत अवधारणाको प्रशंसा गरेका थिए ।  तिब्बतका बारेमा पश्चिमालगायतका कतिपय देशको सोचाई फरक...

  • २०७६ आषाढ १, आइतबार

    चन्द्रागिरिमा नगरस्तरीय अस्पतालको शिलान्यास

    ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुनलागेको हो । सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास...

  • २०७६ आषाढ १, आइतबार

    बिरामीको चाप धान्ने जनशक्ति छैन

    सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ ।  सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।  “घरबाट बिहान ६ बजेको मिर्मिरे उज्यालोमै हिँडेर ९ बजे बजारक्षेत्रमा आइपुगँे । त्यसपछि करीब १८ मिनेट...

  • २०७६ आषाढ १, आइतबार

    पोखरामा गर्मी छल्दै भारतीय पर्यटक

    गर्मी ह्वात्तैबढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।  भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।  नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा...

Pages