राष्ट्रिय
-
२०७६ आषाढ १, आइतबार
रस मन्जरी कार्यशाला सम्पन्न नास
कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा शास्त्रीय नृत्य कत्थक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । रस मन्जरी शिर्षकमा सम्पन्न कार्यशाला गोष्ठी यही जेष्ठ २७ देखि ३२सम्म गरी पॉच दिन भएको थियो । सो कार्यशालामा १२ जना नृत्यकर्मीहरु सहभागी भएका थिए। । कार्यशालाका लागि भारतका कत्थक नृत्यविद् नन्दिनी सिंह मूल स्रोत ब्यक्तिका रुपमा रहेका थिए भने उनलाइ सहयोगीका उनका शिष्घ लीना...
-
२०७६ आषाढ १, आइतबार
दोहोरो करको मारमा एग्रोभेट व्यवसायी
रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् । मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उनीहरुले अधिकांश व्यवसायीले फरकफरक निकायमा कर तिर्न जानुपर्दा...
-
२०७६ आषाढ १, आइतबार
मिर्गौलापीडितलाई २४ लाख सहयोग
दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहनुभएका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहनुभएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन समिति निर्माण गरेर क्याम्पसले चलाएको अभियानमा सङ्कलित रकम रु २४ लाख ७४ हजार ९२७ प्राध्यापक...
-
२०७६ आषाढ १, आइतबार
२० चेपाङलाई रोजगार
चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो । एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताउनुभयो ।...
-
२०७६ आषाढ १, आइतबार
लोपोन्मुख ‘हनुमान नृत्य’ संरक्षण गर्दै जुनेली समूह
यहाँका स्थानीयवासी लोपोन्मुख अवस्थामा रहेको ‘हनुमान नृत्य’ संरक्षणका लागि सङ्गठित भएका छन् । उनीहरुले स्याङ्जाको वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ को कालिकाकोटमा जुनेली भजनकीर्तन समूह गठन गरी लोपोन्मुख अवस्थामा रहेको ‘हनुमान नृत्य’ संरक्षणका लागि चासो देखाएका हुन् । विशेष गरी ब्राह्मण र क्षेत्री समुदायमा लोकप्रिय रहेको पुरानो भजनकीर्तनलाई व्यवस्थित गर्ने र नयाँपुस्तालाई आकर्षण गर्नका लागि...
-
२०७६ आषाढ १, आइतबार
जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम...
-
२०७६ आषाढ १, आइतबार
च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन
दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भन्नुभयो, “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि...
-
२०७६ आषाढ १, आइतबार
‘कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ’ प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताउनुभएको छ । अन्तरर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।...
-
२०७६ आषाढ १, आइतबार
गर्भवतीलाई कीटनाशक झुल वितरण
औलोरोगको जोखिममा रहेको बैतडीको तल्लोस्वराडमा क्षेत्रका गर्भवती महिलालाई किटनाशक झुल वितरण गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४० गर्भवतीलाई कीटनाशक झुल वितरण गरेको प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीका अहेव मोहन कलौनीले बताउनुभयो । लामुखुट्टेको टोकाइबाट औलोरोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बचाउन गर्भवतीलाई झुल वितरण गरिएको होे । लामखुट्टे हुर्कन सक्ने खालको वातावरण...
-
२०७६ आषाढ १, आइतबार
दुई सङ्गठनबीच एकता
नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको छ । एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ जिल्ला शाखाको घोषणा गरिएको छ । महासङ्घ नेपाल कम्युनिष्ट पार्टी नेकपा को शुभेच्छुक सङ्गठन हो । एकताअघि सङ्घमा पूर्व एमाले र सङ्गठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध थिए । महासङ्घको केन्द्रमा भने एकता प्रक्रिया अझै टुङ्गिएको छैन । जिल्लास्तरमा...
-
२०७६ आषाढ १, आइतबार
खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी
सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको पटक–पटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका...
-
२०७६ आषाढ १, आइतबार
निःशुल्क हाइड्रोसिलको उपचार शुरु
धवलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन । हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो...


