राष्ट्रिय
-
२०७६ जेठ ३१, शुक्रबार
रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प
पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० श्ययाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकार्नुभयो । पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइ छ । त्यो मात्रै होइन अस्पतालमा प्रशासकीय कर्मचारीसमेत...
-
२०७६ जेठ ३१, शुक्रबार
वनलाई समृद्धिसँग जोड्न आवश्यक ः मन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले वनलाई समृद्धिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ । तनहुँ डिभिजन वन कार्यालयको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले वन क्षेत्रको विकासबाटै आर्थिक समृद्धि हुने बताउनुभएको हो । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रुप दिन कार्ययोजना बनाएर अघि बढेको उल्लेख गर्दै उहाँले वनमा प्रविधि भित्र्याएर बढी आम्दानी लिन सकिने भएकाले...
-
२०७६ जेठ ३१, शुक्रबार
उद्यमी व्यापारी जनताप्रति उत्तरदायी हुनुपर्छ – प्रदेश प्रमुख
प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । विराट व्यापार सङ्घको १०औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रका जनतालाई आवश्यक पर्ने वस्तु उत्पादन गरी सहज ढङ्गले उपलब्ध गराउन आग्रह गर्नुभयो । प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुशियतले मुलुकलाई...
-
२०७६ जेठ ३१, शुक्रबार
बेरोजगारलाई रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका छ स्थानीय तहका ९३४ जनाले रोजगारी पाउने भएका छन् । चालू आर्थिक वर्षमै काम गर्ने गरी छनोट भएका बेरोजगारले करीब एक महीना रोजगारी पाउँदै छन् । जसका लागि जिल्लामा बजेट आइसकेको छ । छ स्थानीय तहका लागि रु दुई करोड सात लाखस बजेट जिल्लामा आएको हो । तीन नगर तथा तीन गाउँपालिकामा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न भन्दै सङ्घीय सरकारले प्रधानमन्त्री रोजगार...
-
२०७६ जेठ ३१, शुक्रबार
स्पोर्टस् अवार्डमा डिस होम मिडियाको सहयोग
पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ लाई डिसहोम मिडिया नेटवर्क लिमिटेडले रु ११ लाख बराबरको रकम सहयोग गर्ने भएको छ । आगामी असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि मञ्चले डिस होमसँग सम्झौता नवीकरण गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार डिस...
-
२०७६ जेठ ३१, शुक्रबार
बागलुङको पर्यटन गुरुयोजना बन्दै
जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ । गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र ९प्रोफाइल० पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताउनुभयो । “गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री...
-
२०७६ जेठ ३१, शुक्रबार
रारा छायानाथ घुम्न हेलिकप्टर प्याकेज
मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ । हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले...
-
२०७६ जेठ ३१, शुक्रबार
देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन शुरु
दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लालबाबु यादवका अनुसार १५ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम लागू पनि...
-
२०७६ जेठ ३१, शुक्रबार
प्रधानसेनापति चीन जाँदै
प्रधानसेनापति पूर्णचन्द्रथापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँ प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । सो भ्रमण दलमा उहाँकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापाले...
-
२०७६ जेठ ३१, शुक्रबार
कृषि फार्मलाई अनुदान रकम वितरण
कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौला फार्मलाई सो अनुदान प्रदान गरिएको हो । कृषिजन्य तथा पशुजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा...
-
२०७६ जेठ ३१, शुक्रबार
पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ । गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुका...
-
२०७६ जेठ ३१, शुक्रबार
निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो
निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा...


