STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ३१, शुक्रबार

    जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन

    जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण वालिङ नगरपालिका–१२ पनियारेका पिताम्मर डुम्रेले  प्रस्तुत गरेको छ ।  दश वर्ष साउदीमा बिताएर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ घर फर्किएका डुम्रेले ०७१ सालमा पाँच जनाको समूह बनाएर पञ्चमुखी कृषि फार्म दर्ता गराएर भैँसीपालन व्यवसाय शुरु गर्नुभयो । उहाँले रु बीस लाखको लागतमा १० भैँसीबाट व्यवसाय शुरु गर्नुभएको थियो । अहिले उहाँको...

  • २०७६ जेठ ३१, शुक्रबार

    आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

    ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ ।   आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा डा...

  • २०७६ जेठ ३१, शुक्रबार

    लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताउनुभयो । उहाँका अनुसार...

  • २०७६ जेठ ३१, शुक्रबार

    बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

    मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई  एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत  बिस्कुट विरतण गरिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकालाई...

  • २०७६ जेठ ३१, शुक्रबार

    आँधीपीडितको खुला आकाशमुनि बास

    धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो । जेठ २३ गते साँझ अन्दाजी ७ः३० बजे पश्चिमतर्फबाट एक्कासी आएको आँधीबेहरीले इँटाले बनेको घर भत्किँदा छोरी आस्था राना घाइते भइन् । आँधी नरोकिएपछि घाइते छोरीसहित उहाँले टेबुलमुनि ओत लागेर ज्यान जोगाउनुभयो । घर भत्किएपछि चार वर्षीया छोरी आस्थाको टाउको र खुट्टामा चोट लागेको छ । घरको दिवाल र छाना उडाएर क्षति पुगेपछि...

  • २०७६ जेठ ३१, शुक्रबार

    टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइने

    मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ । नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय...

  • २०७६ जेठ ३१, शुक्रबार

    वसन्तयाममा ६५९ ले सगरमाथा चढे

    सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड पथप्रदर्शक सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।   यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना ९सरदार, गाइड र शेर्पासमेत गरेर० जम्मा एक हजार २३ रहेका...

  • २०७६ जेठ ३१, शुक्रबार

    स्थानीय न्यायिक समिति गठन भएन

    स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलीभेरी नगरपालिकामा न्यायिक समिति गठन हुनसकेको छैन । प्रशासकीय केन्द्रको विवाद समाधान हुन नसकेपछि न्यायिक समिति गठन हुन नसकेको हो । न्यायिक समिति गठन नहुँदा न्याय सम्पादनकार्य अलपत्र पर्दै आएको छ । अहिले पनि न्याय सम्पादनका लागि प्रहरी र जिल्ला प्रशासनमै स्थानीयवासी जाने गरेका छन् । जुफाल वा दुनै प्रशासनिक केन्द्र भन्ने विषयको विवादले गर्दा...

  • २०७६ जेठ ३१, शुक्रबार

    पाँच वर्षमा गरीबी शून्यमा झाछौँ ः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताउनुभयो । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उहाँको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक...

  • २०७६ जेठ ३१, शुक्रबार

    फोहर नउठाउँदा नगरक्षेत्र दुर्गन्धित

    लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो ।  लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारी साधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डङ्गुरले सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य भएका छन् ।...

  • २०७६ जेठ ३१, शुक्रबार

    कृषकलाई आधुनिक मौरी घार  वितरण

    स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ ।  नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।    “पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गरेका थियौँ”, भिरकोट नगरप्रमुख छायाराम खनालले भन्नुभयो, “दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार...

  • २०७६ जेठ ३१, शुक्रबार

    अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

    २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् ।   गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख...

Pages