राष्ट्रिय
-
२०७६ जेठ ३१, शुक्रबार
निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो
निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा...
-
२०७६ जेठ ३१, शुक्रबार
पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ । गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुका...
-
२०७६ जेठ ३१, शुक्रबार
विज्ञापन विनिमय विधेयक समितिमा
सरकारले अघि सारेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिमा पुगेको छ । समितिको आजको बैठकमा सो वधेयक पेश भएको हो । सरकारले विसं २०७५ पुस २२ गते सो विधेयक संसद्मा दर्ता गराएको थियो । के छ त विधेयकभित्र रु विज्ञापन गर्न सकिने, होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापन गर्न नहुने, विज्ञापनरहित प्रकाशन वा प्रसारण...
-
२०७६ जेठ ३१, शुक्रबार
पूर्वशिक्षामन्त्री पौडेलको निधन
पूर्वशिक्षामन्त्री धनीराम डिआर पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल...
-
२०७६ जेठ ३०, बिहिबार
क्याम्पसमा छात्रावासको शिलान्यास
धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । साविक धौलागिरि अञ्चलका छात्राहरुलाई क्याम्पस अध्ययनका लागि आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छात्रावास भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले शिलान्याश गर्नुभएको हो । क्याम्पसले हाल...
-
२०७६ जेठ ३०, बिहिबार
प्रम ओली पेरिसमा
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुग्नुभएको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि हुनुहुन्छ । पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उहाँलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी...
-
२०७६ जेठ ३०, बिहिबार
बालविवाह विरुद्ध साझा प्रतिबद्धता
बढ्दो बालविवाह न्यूनीकरणका लागि सामाजिक सङ्घ संस्थालेसमेत साथ दिन थालेका छन् । ती सङ्घसंस्थाले स्थानीय तहसँग मिलेर बालविवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, जिल्ला प्रहरी कार्यालय, गैसस, पत्रकार, नागरिक अगुवासमेतले एकैसाथ बालविवाह न्यूनीकरणका लागि साझा पत्रमा हस्ताक्षर गर्दै सो अभियानमा जुट्न...
-
२०७६ जेठ ३०, बिहिबार
गुठीसम्बन्धी विधेयकका विषयमा वार्ता गर्न मानव अधिकारको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । आयोगका निर्देशक डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न, घाइतेको स्वास्थ्य उपचार गर्न, दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याई वार्ता र संवादबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह...
-
२०७६ जेठ ३०, बिहिबार
एउटै वडामा १३८ बालबालिका कुपोषित
दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ”, उहाँले भन्नुभयो, “तर ४७ जना मात्रै सम्पर्कमा...
-
२०७६ जेठ ३०, बिहिबार
सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताउनुभएको छ । प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राख्नुभएको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उहाँले स्व गिरिजाप्रसाद कोइरालाको...
-
२०७६ जेठ ३०, बिहिबार
भिस्वा बजार सुनसानः सीमावर्ती भारतीय बजार गुलजार
चालिस वर्ष अघिसम्म समृद्ध र गुलजार बजारको रुपमा पहिचान पाएका भिस्वा बजार हिजोआज सुनसान देखिन थालेको छ । पश्चिमी पर्साको दर्जनभन्दा बढी गाउँ तथा सीमावर्ती भारतका मानिसहरुको किनमेल गर्ने थलोका रुपमा परिचय पाएका यो बजार कालान्तरमा आएर उजाड हुँदै गएको छ । ग्राहकको अभावमा अहिले परम्परागत शैलीको व्यवसाय र कष्टपूर्ण दैनिकी यहाँको व्यापारीको दिनचर्या भएको छ । त्यतिबेला सीमावर्ती भारतीय बजार सिकटा,...
-
२०७६ जेठ ३०, बिहिबार
सवारीसाधन केरूङ जान थाले
पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्यसैलाई पालोको हिसाबले मालसामान लिन जान पाउनुपर्ने माग पूरा भएको बताइएको छ । केरूङ जाने...


