राष्ट्रिय
-
२०७६ जेठ ५, आइतबार
अर्गानिक कृषि उत्पादनसँगै घरबास सञ्चालन
बजारबाट खरीद गरिएका खाद्यान्न एवं तरकारी अर्गानिक भन्दै अधिकांश स्थानमा पर्यटकलाई खुवाउने गरिएको गुनासो बढिरहेका वेलामा यहाँका एक उद्यमी भने कृषि उत्पादनलाई घरबास होमस्टे सँग जोड्न सफल हुनुभएको छ । देख्दा प्राचीन ढाँचा तर आधुनिक सेवा सुविधासहितका घरबास चलाउन थाल्नुभएका पर्यटन व्यवसायी गोमा ढकालले घरबास सँगसँगै अर्गानिक कृषि उत्पादनलाई समेत अघि बढाएको छ । पोखरा महानगरपालिका–२४ चिप्लेटीमा बाँझो...
-
२०७६ जेठ ५, आइतबार
वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ । अघिल्लो आर्थिक वर्षमा भवन निर्माणको काम सकिए पनि अस्पतालमा उपकरण ल्याउन ढिलाइ हुँदा भवन प्रयोगविहीन भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको रु दुई करोड ४६ लाख सहयोगमा अस्पतालको भवन निर्माण भएको राष्ट्रिय प्रकृति...
-
२०७६ जेठ ५, आइतबार
राष्ट्रियसभा–प्रतिवेदन पेश
राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वती ले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । समितिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तर्क्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ । सो समितिका सदस्यमा इन्दु कडरिया, कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव...
-
२०७६ जेठ ३, शुक्रबार
५०० लाई नागरिकता
बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता...
-
२०७६ जेठ ३, शुक्रबार
निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित
निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्र गर्ने काम नै रोकिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि...
-
२०७६ जेठ ३, शुक्रबार
पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी
नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २।५ अढाइ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।...
-
२०७६ जेठ ३, शुक्रबार
हिमाल नियाल्न भकुण्डे जाऔं
आफ्नै रहनसहन, जीवन शैली र संस्कृत िबोकेको बाग्लुङ नगरपालकिा–१० स्थति भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि,ि माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हमिाल नाङ्गो आँखाले देख्न सकन्छि । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दनि बतिाउने यो रमणीय स्थल प्रचारप्रसारको अभावमा चर्चा आएको भने छैन । अत्यन्त उच्च ठाउँमा रहेर पन िठाउँ ठाउँमा रहेका समथर ठूला चौरलाई तत्कालीन...
-
२०७६ जेठ ३, शुक्रबार
मिर्गौलापीडित बालिकालाई सहयोग
मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आउनुभएका वीरबहादुर पुनकी छोरी दुई वर्षअघिदेखि दुवै मिर्गौलामा खराबी आएपछि रोगबाट पीडित बनेकी छन् । उनी स्थानीय सरस्वती टीका माविमा कक्षा ६ मा अध्ययनरत छिन् । गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार...
-
२०७६ जेठ ३, शुक्रबार
मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन ः ओली
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट...
-
२०७६ जेठ ३, शुक्रबार
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, यही...
-
२०७६ जेठ ३, शुक्रबार
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।...
-
२०७६ जेठ ३, शुक्रबार
प्राविधिक शिक्षाले विद्यार्थी तान्यो
सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो । आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ...


