राष्ट्रिय
-
२०७६ जेठ ३, शुक्रबार
मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग
संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन खोजेको देखिएको भन्दै सच्याउनुपर्ने माग गरेको हो । नेपालको संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रता र संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको...
-
२०७६ जेठ ३, शुक्रबार
गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि
प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख...
-
२०७६ जेठ ३, शुक्रबार
न्यूरोडमा सवारी पार्किङस्थल बनाइँदै
स्थानीयको विरोधकाबीच नेपालगञ्ज उपमहानगरपालिकले न्यूरोडको सडकबीचको ग्रिनरी डिभाइडरलाई दुई पाङ्ग्रे सवारी पार्किङस्थल बनाउने कामजारी राखेको छ । उक्त कार्यका लागि अहिले धमाधम रातो रङको सिमेन्ट टायल बिच्छाउने कार्य भइरहेको छ । बीचमा भएका पुराना बिरुवालाई यथास्थितिमै छोडेर खाली ठाउँमा साइकल र मोटरसाइकल पार्किङ गराउने उपमहानगरपालिकाको योजना छ । न्यूरोडलाई ‘सौन्दर्य अभिवृद्धि’ गर्ने भन्दै बिरुवाको...
-
२०७६ जेठ ३, शुक्रबार
‘एक्सपेरियन्स नेपाल क्याम्पियन’ शुरु
विश्वका विभिन्न राष्ट्रबाट नेपालमा पर्यटक भित्र्याउने प्रयासस्वरूप ‘एक्सपेरियन्स नेपाल’ नाराका साथ विश्वव्यापी अभियान क्याम्पियन शुरु गरिएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भमा प्रभावकारी प्रर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकी एक्सप्रेससँग सहकार्य गर्दै विश्वव्यापी रूपमा अभियान शुरु गरेको हो । अभियानको बिहीबार साँझ उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा...
-
२०७६ जेठ ३, शुक्रबार
विकासका पूर्वाधारहरु बन्दा जनता उत्साहित
म्याग्दीका दुर्गम ग्रामीण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामीण क्षेत्रको मुहार फेरिँदै गएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहमा समेटिएको म्याग्दीका दुर्गम गाउँमा विकास निर्माणले तीव्र गति पाएसँगै जनतामा पनि उत्साह छाएको छ । दुई वर्षअघि सम्म एक गाग्री पानी लिन एक घण्टाको बाटो हिँडेर त्यतीकै समय लाइनमा कुर्नुपर्ने दुर्गम ग्रामीण भेगका घरघरमा...
-
२०७६ जेठ ३, शुक्रबार
त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने
रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३०...
-
२०७६ जेठ २, बिहिबार
काभ्रेपलाञ्चोकका चार अवैधानिक ‘खानी’ बन्द
जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ । दर्ता नभई सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुङ्गा खानी बन्द गरिएको हो । समितिद्वारा गठित प्राविधिक उपसमितिको प्रतिवेदन तथा जिल्ला समन्वय समितिको सिफारिसका आधारमा अवैधानिकरूपमा वर्षौँदेखि सञ्चालन हुँदै आएका चार क्रसर उद्योगका...
-
२०७६ जेठ २, बिहिबार
आलेख ः लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा
गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको यस गुरुयोजनाले एक हजार १५५ बिघा क्षेत्रफल जमीन ओगटेको छ । लुम्बिनीको तीन वर्ग...
-
२०७६ जेठ २, बिहिबार
कर्णाली सरकारको राजश्व सङ्कलन न्यून
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनाको अवधिसम्म रु १३ करोड मात्र राजश्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजश्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो । प्रदेश सरकारले आव ०७५र७६ मा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सरकारले घर जग्गा रजिष्ट्रेशन, यातायात, विज्ञापन र नदीजन्य वस्तुलगायतबाट...
-
२०७६ जेठ २, बिहिबार
लाहुरका रोगले थलिँदै थापडा, रुपान्तरित हुँदै पायल
“लाहुरका रोगले धेरै मरिसके । गणना छैन । अझै लाहुरका रोग भएका धेरै छन् । कतिले खुल्छन्, कतिले अझै लुकाएका छन् ।” चौरपाटी गाउँपालिका–४ स्थित थापडाकी अञ्जनी विक नाम परिवर्तन ले भनिन् । एचआइभी सङ्क्रमितलाई यहाँ ‘लाहुरका रोग’ भन्ने गर्दछन् । ४० वर्षीया उनी आफैँ एचआइभी सङ्क्रमित हुन् । मध्याह्नको गर्मीमा गहुँ झारिरहेकी विकले शुरुआतमा खुलेर बोल्न चाहिनन् । गहुँ राम्रै भएछ रु कति होला रु कति...
-
२०७६ जेठ २, बिहिबार
बगानमै छानीछानी लिची खान पाइने
झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गर्नुभएको छ । उहाँले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जेठ ४ गतेदेखि पाँच दिने ‘लिची फेस्टिबल’ गर्न लाग्नुभएको छ । श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म लिची महोत्सवको आयोजना गरिने कनकाई एजुकेशन...
-
२०७६ जेठ २, बिहिबार
लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा
बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक जेठ ४ गते परेको २५६३औँ बुद्धजयन्ती तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष शुभारम्भ कार्यक्रम एकै दिन हुने भएकाले भब्य तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।...


