राष्ट्रिय
-
२०७६ जेठ २, बिहिबार
खानेकुराबाट २५० किसिमको रोग
रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी खर्च बढाउने र...
-
२०७६ जेठ २, बिहिबार
मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल
पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे घरबास रहेका छन् । सो विमानस्थलसमेत हेर्दै आउनुभएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो...
-
२०७६ जेठ २, बिहिबार
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताउनुभयो । नेपाल यतिखेर विदेशी...
-
२०७६ जेठ २, बिहिबार
बौद्ध सडकमा कालोपत्र शुरु
लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र शुरु गरेको हो । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड...
-
२०७६ जेठ २, बिहिबार
नेपालीकरण बन्द हुँदा सेवाग्राही मर्कामा
सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले जनाएको छ । सरकारले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र...
-
२०७६ जेठ २, बिहिबार
सरकारी कामकाज स्थानीय तहबाट हुन थालेपछि चहलपहल बढ्यो
सरकारी कामकाज स्थानीय तहबाटै हुन थालेपछि पाल्पाका गाउँमा चहलपहल बढेको छ । मुलुक सङ्घीयतामा गएसँगै सरकारी स्तरबाट हुने कामहरु स्थानीय तहबाटै धमाधम हुन थालेपछि गाउँ गाउँमा चहलपहल बढेको छ भने सदरमुकाम तानसेन बजार क्षेत्र सुनसान देखिएको छ । सङ्घीयता कायम हुनुभन्दा अगाडि साना कामकाजका लागि भएपनि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता थयो । दुई तीन दिनको समय खर्चिएर सानो कामका लागि सदरमुकाम नपुगी सुखै...
-
२०७६ जेठ २, बिहिबार
पार्टीमा वैचारिक एकता आवश्यक ः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्याउने छ ।” ...
-
२०७६ जेठ २, बिहिबार
पर्यटन प्रवर्द्धन अभियान शुरु
नेपाल भ्रमण वर्षलाई लक्षत िगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हमािलयन बैंक र अमेरकनि एक्सप्रेसको समन्वय र सहकार्यमा ॅएक्स्पेरयन्सि नेपाल’ अभयािन शुरु भएको छ । अमेरकनि एक्सप्रेस कार्ड प्रयोगकर्ता वदेिशीलाई स्वदेशी प्राकृतक िसौन्दर्यता, मौलकतिा र ववधितिाका बारे जानकारी गराई नेपालमा भ्रमणका लाग आिकर्षत िगर्ने अभयािनको मुख्य उद्देश्य हो । तीनै संस्थाले बेवसाइट, सामाजक...
-
२०७६ जेठ २, बिहिबार
बिचौलियाबाट जनताले दुःख पाए
गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ । प्रदेश नं २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको हो । बिचौलियाका कारण दुःख परेको मानिसले न्याय पाउनमा जटिलताको समस्या व्यहोर्नु परिरहेकोतर्फ ध्यानाकर्षण गराइएको छ । प्रहरीमा पनि...
-
२०७६ जेठ २, बिहिबार
किसानले बिनाझञ्झट ऋण पाउनुपर्छ ः मन्त्री ढुङ्गेल
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उहाँले भन्नुभयो, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।” मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा अवसर पाउन सुकिलो...
-
२०७६ जेठ २, बिहिबार
विद्युत् चुहावट गर्नेलाई कारवाही
केन्द्रले सोही अवधिमा अनधिकृतरूपमा विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही गरेको छ । वितरण केन्द्रले कारवाहीबाट रु पाँच लाख ८८ हजार ८१२ असुल गरेको छ । मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेरबिगार्नेलाई कारवाही गरिएको केन्द्रले जनाएको छ । विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका, मिटर फेर्ने, मिटरको छड्के निरीक्षण...
-
२०७६ जेठ २, बिहिबार
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता
आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ । सरकारले निर्माण गरेका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र चुस्त ब्यवस्थापन गर्नुपर्ने आवाज...


