STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २, बिहिबार

    सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

    दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो । यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा...

  • २०७६ जेठ २, बिहिबार

    कचनकवलको काँचुली फेर्ने गुरुयोजना

    सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षकस्वरुप दिने गरी गुरुयोजना निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना उच्च रहे पनि पर्यटकीय आकर्षणका पूर्वाधार केही नभएका कारण नेपालकै प्रख्यात स्थान कचनकवल प्राय सुनसान जस्तै देखिन्छ । झापाको दक्षिणी कचनकवल गाउँपालिका–४ मा साढे चार बिघा क्षेत्रफलमा फैलिएको सो क्षेक्रमा २०४४...

  • २०७६ जेठ २, बिहिबार

    पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा

    छुट्टै पहिचान दिएको पाल्पाली ढाका तथा करुवाको जिल्ला भनेर चिनिने पाल्पामै ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ की पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । विसं २०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको...

  • २०७६ जेठ २, बिहिबार

    मेघ गर्जनसहित क्षणिक वर्षा हुने

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै  मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।  पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र  हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताउनुभयो । शनिबार फेरि पश्चिमी...

  • २०७६ बैशाख ३०, सोमबार

    अझै रोकिएन वन्यजन्तुको चोरी

    जिल्लाका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकारी भइरहेको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन हुन सकेको छैन । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा खुलेआम रतुवा, बँदेल, घोरल, कालीजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ । यहाँका ग्रामीण क्षेत्रबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी...

  • २०७६ बैशाख ३०, सोमबार

    खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि

    जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका छन् तर, आइतबार उक्त क्षेत्रमा खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो ।  पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँको रिवाङचौर...

  • २०७६ बैशाख ३०, सोमबार

    लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्र्छ ः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो । उहाँले हिन्दू र वौद्ध धर्मलाई जोड्ने...

  • २०७६ बैशाख ३०, सोमबार

    चियाखेती सिक्न पाखा पाखामा किसान

    गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।  गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् ।    केही दिन...

  • २०७६ बैशाख ३०, सोमबार

    अण्डाको मूल्य बढ्यो

    अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी...

  • २०७६ बैशाख ३०, सोमबार

    उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

    काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ ।  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर...

  • २०७६ बैशाख ३०, सोमबार

    बुद्धदर्शनको सार ः चतुर्आर्यसत्य

    ‘यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो, एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो’ अर्थात् ‘दुराचारी  व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान् व्यक्तिको एक दिनको जीवन नै उत्तम छ’, गौतमबुद्धको यो महत्वपूर्ण वाणीले मानव जातिलाई नैतिक सत्कर्मको महत्वपूर्ण पाठ पढाएको छ ।  मानिसलाई नैतिकवान् बन्न सजिलो छैन । त्यसका लागि पञ्चशीलको पालना गर्नुपर्छ । पञ्चशील नैतिकता सिकाउने बुद्धको सबैभन्दा उत्तम शिक्षा हो ।...

  • २०७६ बैशाख ३०, सोमबार

    बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास

    सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो ।      सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गर्नुभयो । सो अवसरमा कृषि तथा पशुपक्षी राज्यमन्त्री...

Pages