राष्ट्रिय
-
२०७९ आश्विन १०, सोमबार
हराउन थाले दसैंका पिङ
नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान...
-
२०७९ आश्विन १०, सोमबार
आजदेखि बडादशैँ सुरु, पहिलो दिन घटस्थापना
काठमाडौँ - विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक...
-
२०७९ आश्विन ९, आइतबार
व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स उपलब्ध गराइने
काठमाडौं - सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...
-
२०७९ आश्विन ९, आइतबार
आजदेखि उपत्यकाबाट बाहिरि सवारीकाे यान्त्रिक परीक्षण अनिवार्य
काठमाडौं - चाडपर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएकाे छ। काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । लामो दुरीका सवारी साधनमा...
-
२०७९ आश्विन ९, आइतबार
१० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन
काठमाडौं - विभिन्न सात बुँदे मागसहित अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकार र विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको हो । १० बुँदे सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । शनिबार डा. केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । डा. केसीका मागमध्ये धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने...
-
२०७९ आश्विन ६, बिहिबार
राष्ट्रपतिबाट प्रेस काउन्सिल पुरस्कार प्रदान
विधागत पत्रकारिता पुरस्कार विजयरत्नलाई प्रेस काउन्सिल नेपालले आफ्नो ५३ अौं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा लामो योगदान रहेका व्यक्तित्वहरु लाई विभिन्न पुरस्कारका साथै सम्मान प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट विहिबार राष्ट्रपति निवासमा आयोजित समारोहमा पुरस्कार प्रदान गर्नु भएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न सो...
-
२०७९ आश्विन ६, बिहिबार
काठमाडौँबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने
काठमाडाैँ - दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष...
-
२०७९ आश्विन ४, मंगलबार
मुस्ताङ शिखर सम्मेलन अन्तर्राष्ट्रियस्तरमै महत्वपूर्ण : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयको आयोजनमा सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी...
-
२०७९ आश्विन ४, मंगलबार
विदेशबाट फर्किएर स्वदेशमै उद्यम
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्री आठ वर्षअघि स्नातक अध्ययन गर्दै गर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । स्वदेशमा उहाँले कुनै काम पाउनु भएन । उहाँसँग आफ्नै काम गर्न लगानी पनि थिएन । निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा युएई हानिनुभयो । विदेशमा तीन वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो जस्ता सामग्री...
-
२०७९ आश्विन ३, सोमबार
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं - संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक...
-
२०७९ आश्विन २, आइतबार
राष्ट्रपतिले दिइन् ७०२ जना कैदीलाई कैद मिनाहा र माफी
काठमाडौं - असोज ३ गते संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीलाई कैद मिनाहा र माफी दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् । कैद माफीमा पाउनेहरुलाई असल चालचलनको आधारमा बाँकी कैद माफी दिइएको छ । यसरी कैदी जीवन बाँकी रहे पनि कैद...
-
२०७९ आश्विन २, आइतबार
आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै
थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त)...


