STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ भाद्र १४, मंगलबार

    मनाइयो तीज, पशुपतिमा करिब सात लाख दर्शनार्थी

    काठमाडौं - नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिए । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले सुनाए । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव...

  • २०७९ भाद्र १४, मंगलबार

    प्रधानमन्त्री देउवासँग पत्रकार महासङ्घका पदाधिकारीको भेट

    नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ । महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पु¥याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा...

  • २०७९ भाद्र १४, मंगलबार

    अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

     ‘सुनको चुरा, औंठी नि सुनकै छ....’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा ।  कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण...

  • २०७९ भाद्र १३, सोमबार

    तीजका गीतमा मौलिकता हराउन थाले

    ‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’घरमा बसु सौता त माइत सानीमा’‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ गायिका शर्मिला गुरुङले गाउनुभएको यो  गीतले महिलाको बेदना बोलेको छ ।  सङ्गीतकार राजकुमार बगरले सङ्कलन गर्नुभएको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक...

  • २०७९ भाद्र १२, आइतबार

    थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै

    पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि  तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ । थारू अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर...

  • २०७९ भाद्र ११, शनिबार

    तीजमा पशुपतिनाथ मन्दिर परिसरको तस्बिर खिचे जरिवाना !

    काठमाडौं - हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर...

  • २०७९ भाद्र ११, शनिबार

    यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा

    यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त...

  • २०७९ भाद्र ११, शनिबार

    आज कुशे औंसी, विशेष सम्मानसहित बाबुकाे मुख हेरिँदै

    काठमाडौँ - आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औंसी, हिन्दू धर्मावलम्बीले पिताको मुख हेरेर विशेष सम्मानसहित मनाउँदै छन् । सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन यो पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार...

  • २०७९ भाद्र १०, शुक्रबार

    राष्ट्रपति भण्डारी ‘छोरी’ कार्यक्रममा सहभागी

    राष्ट्रपति विद्यादेवी भण्डारी आज यहाँ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको छ । सिस्नुपानी नेपालले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘छोरी’ कार्यक्रममा उहाँ सहभागि हुनुभएको हो । छोरी तथा महिला शसक्तिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारले समाजमा छोरीको महत्व दर्शाउँदै विभिन्न कला प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी र महिलाका...

  • २०७९ भाद्र १०, शुक्रबार

    निर्वाचन सुरक्षार्थ ७१ हजार प्रहरी परिचालन हुने

    काठमाडौँ  - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि...

  • २०७९ भाद्र ९, बिहिबार

    ‘मगर खाम भाषा’ सङ्कटमा

    बागलुङको सुदूर गाउँ निसी । आफ्नै भाषा, मौलिक कला, संस्कृति र परम्परा भएको ठाउँ । डेढ दशक अगाडिसम्म निकै दुर्गम मानिने निसी मध्यपहाडी लोकमार्गले जोडिएपछि सुगम बनेको छ । निसी क्षेत्र सुगम बन्दै गएपछि यहाँका भाषा, कला र संस्कृति भने ओझेलमा पर्न थालेका छन् । लोकमार्गले जोडिएपछि बाह्य संस्कार संस्कृतिको सिको हुन थालेपछि यहाँका संस्कार संस्कृति ओझेलिन थालेका हुन् । कला, संस्कृतिसँगै यहाँका मगर समुदायको...

  • २०७९ भाद्र ८, बुधबार

    नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छः मन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा ट्रेल निर्माण...

Pages