STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ श्रावण ३१, मंगलबार

    अमेरिकामा इही कर्म सम्पन्न

     नेवार समुदायका कन्याहरु रजस्वला हुनुपूर्व परम्परागत इही  कर्म गर्ने चलन अनुसार गरिने विशेष पूजा अमेरिकाको नेवाः गुठी न्युयोर्कको आयोजनामा सम्पन्न गरेको छ । गुठीले बर्षेनी गर्दै आएको यो पाँचौ संस्करण हो । यस पटकको इही कर्ममा ७ जना बालिका सहभागी भएका थिए । जसमा ९ वर्षीय किअरा किअरा ताम्राकार, ९ वर्षीय रुविशा श्रेष्ठ,,  ९ वर्षीय रुविशा श्रेष्ठ, ८ वर्षीय सनया कारन्जित, ९ वर्षीय श्रीशा श्रेष्ठ , ९...

  • २०७९ श्रावण २९, आइतबार

    राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ ।      राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को...

  • २०७९ श्रावण २९, आइतबार

    उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन

    उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो । लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुग्नुभएका उहाँलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा...

  • २०७९ श्रावण २८, शनिबार

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ मन्त्री श्रेष्ठको

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।नेपालमा सदियौंदेखि जरा गाडेर रहेको विभेदकारी नीति परिवर्तन भई थुप्रै कानुन...

  • २०७९ श्रावण २७, शुक्रबार

    एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव

    काठमाडौं - सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल...

  • २०७९ श्रावण २७, शुक्रबार

    आज जनै पूर्णिमा, नेवार समुदाय क्वाति खाएर क्वातिपुन्हि मनाउँदै

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट...

  • २०७९ श्रावण २३, सोमबार

    तीन दिनमै सवारी अनुमति पत्र

    काठमाडौं- तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ । बागमती प्रदेशका...

  • २०७९ श्रावण २२, आइतबार

    सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा

    सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक भm्याल ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर ।     म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरुका कारण अहिले पनि आकर्षक र मनमोहक...

  • २०७९ श्रावण २१, शनिबार

    सप्तकोसी बढेसँगै सुनसरी र सप्तरीमा हाइ अर्लट

    काठमाडौं - सप्तकोशी नदीको जलस्तर अस्वाभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ । पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक बृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए । प्रजिअ...

  • २०७९ श्रावण २१, शनिबार

    पशुपति क्षेत्र सफा राख्न संस्कृति मन्त्री श्रेष्ठको निर्देशन

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गर्नुभएको छ ।    पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी उहाँले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन पछि त्यहाँको  सरसफाइमा ध्यान दिन र  भक्तजन,...

  • २०७९ श्रावण १९, बिहिबार

    सवारी साधनमा नेपाली भाषामा नम्बर लेख्न बारको माग

    काठमाडौँ - नेपाल बार एसोसिएसनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ ।  बार महासचिव अधिवक्ता अञ्जिता खनालले आज (बिहीबार) जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वर्द्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ...

  • २०७९ श्रावण १९, बिहिबार

    अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइने

    काठमाडौं - नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् । महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि...

Pages