राष्ट्रिय
-
२०७९ भाद्र ३१, शुक्रबार
विजया दशमीको साइत असोज १९ गते बुधबार ११ः५१ बजे
काठमाडौं - यसवर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो...
-
२०७९ भाद्र २९, बुधबार
गुथि अष्ट्रेलियामा नयाँ अध्यक्षमा उमेश नापित चयन
अष्ट्रेलियामा बसोबास गर्दै आइरहनु भएका नेपालीहरूको एउटा पुरानो संस्था गुथि अष्ट्रेलीयाको नयाँ कार्यसमितिको अध्यक्षमा उमेश नापित चयन हुनु भएको छ। नापित गुथि अष्ट्रेलिया को वार्षिक साधारण सभाबाट निर्विरोध अध्यक्षमा चुनिनु भएको हो भने उहाँ यस संस्थाको तत्कालिन कोषाध्यक्ष हुनुहुन्थ्यो । नव निर्वाचित कार्यसमितिमा अध्यक्ष उमेश नापित, उपाध्यक्ष बिकाश श्रेष्ठ,महासचिव - सुबिन श्रेष्ठ,कोषाध्यक्ष अजय...
-
२०७९ भाद्र २७, सोमबार
म्यादीका लागि दरखास्त आह्वान
काठमाडौं - नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो । प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त...
-
२०७९ भाद्र २६, आइतबार
लोप हुँदै मिथिलाञ्चलको लोकनाच
मिथिलाञ्चलसहित तराई–मधेसको लोकगाथा बोकेको नाच लोप हुने अवस्थामा पुगेको छ । लोकनाच लोप हुन थालेपछि त्यससँग सम्बद्ध कलाकार पलायन हुन थालेका छन् । सातौँ र आठौँ शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रका प्राचीन लोकनाच अल्लाह रुदल, राजा सलहेस, शितवसन्त, रुनाझुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सामा चकेवा र कमला मैयाजस्ता लोप हुन लागेको हो । त्यसैगरी जयविषहरा, दुलहा...
-
२०७९ भाद्र २५, शनिबार
त्रुटीहरु संशोधन गरेर मिडिया काउन्सिल विधेयक पारित गर्न प्रेस युनियनको माग
काठमाडौं - नेपाल प्रेस युनियनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी निर्माण गरिएका कानून तथा निर्देशिकाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनकपुरमा शनिबार सम्पन्न केन्द्रीय समितिको दोस्रो बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरु संशोधन गरेर मात्र विधेयक पारित गर्न माग पनि गरेको छ । जारी...
-
२०७९ भाद्र २५, शनिबार
बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक
काठमाडौं - सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । नेपाल सरकारले उनको निधनमा दु:ख व्यक्त गर्दै भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको...
-
२०७९ भाद्र २२, बुधबार
असोज १ देखि दसैंको अग्रिम बुकिङ खुल्ने
काठमाडौं - दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो । अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था...
-
२०७९ भाद्र २०, सोमबार
टक्सारका सम्पदा संरक्षणको पखाई
भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पखाईमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था उस्तै रहेको छ । नेपालको एक मात्र टक काटनेस्थल टक्सारमा २० भन्दा बढी धार्मिकस्थल छन् । जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत मठमन्दिर तथा बिहार...
-
२०७९ भाद्र १९, आइतबार
कागे अष्टमी पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले...
-
२०७९ भाद्र १६, बिहिबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका ९तीज० को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने...
-
२०७९ भाद्र १५, बुधबार
आज भगवान् गणेशको जन्म दिन, चथाः पर्व मनाउँदै नेवार समुदाय
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव...
-
२०७९ भाद्र १४, मंगलबार
तीजको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन् । मंगलबार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन् । दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको...


