राष्ट्रिय
-
२०७९ भाद्र ८, बुधबार
निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान
निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ । आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो । यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन...
-
२०७९ भाद्र ७, मंगलबार
मेलाम्ची बाढी प्रभावितलाई अझै सास्ती
मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो । यसले गर्दा खोला...
-
२०७९ भाद्र ७, मंगलबार
चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गर्नुभएको हो । “भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन...
-
२०७९ भाद्र ७, मंगलबार
नेपाल बन्द : भरतपुरमा ६ गाडी ताेडफाेड, ५ बन्दकर्ता पक्राउ
काठमाडौं - चितवनमन बन्दकाे अवज्ञा गरेकाे भन्दै भरतपुरका विभिन्न स्थानमा छवटा गाडीमा तोडफोड गरिएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले पाँच बन्दकर्तालाई पक्राउ गरेको छ भने चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । बन्दकर्ताले प्रदेश३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले...
-
२०७९ भाद्र ७, मंगलबार
शाकाहारी खाना प्रवर्द्धन गर्न तीन शहरमा ‘हिमालयन भीगन महोत्सव–२०७९’ हुने
काठमाडौं - शाकाहारी खानाको प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालको तीन प्रसिद्ध शहरहरु काठमाडौं, पोखरा र लुम्बिनि मा आयोजना हुने भएको छ । वर्ल्ड भीगन अर्गनाइजेशन नेपालको आयोजनामा आगामी भदौ २८ देखि असोज ४ गतेसम्म महोत्सव गर्न लागिएको कुरा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ...
-
२०७९ भाद्र ६, सोमबार
‘कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विश्व...
-
२०७९ भाद्र ६, सोमबार
निर्वाचनको अनुमानित खर्च मनोनयनपत्र दर्ता गर्दा जानकारी गराउनुपर्ने
काठमाडौं - आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा जानकारी गराउनुपर्ने भएको छ । निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरुसँग छलफल गर्दै निर्वाचन आयोगले अनुमानीत चुनावी खर्च र स्रोतका बारेमा मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो । त्यस्तै, उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दा नै...
-
२०७९ भाद्र ५, आइतबार
गिरीको सम्मानमा तीन दिन कांग्रेको झण्डा आधा झुकाइने
काठमाडौं - नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय...
-
२०७९ भाद्र ४, शनिबार
अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा मनाइयो भगवती जात्रा
पाल्पा । पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ स् ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर...
-
२०७९ भाद्र ४, शनिबार
अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो
पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ ।भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ स् ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर परिक्रमा...
-
२०७९ भाद्र ३, शुक्रबार
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौँ - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन...
-
२०७९ भाद्र १, बुधबार
स्थानीयकाे अवरोधबीच फोहर व्यवस्थापन
काठमाडौं - स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुर्गन्धित बनेका छन् भने नागरिकको दैनिकीमा समस्या...


