राष्ट्रिय
-
२०७९ श्रावण १९, बिहिबार
उडेको ६ मिनेटमा नै श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण
काठमाडौं - नेपालगञ्ज विमानस्थलमा आज श्री एअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्री एअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको...
-
२०७९ श्रावण १९, बिहिबार
कोशी ब्यारेजका ४६ ढोका खोलियो
काठमाडाैं - अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजका ४६ ढोका खोलिएको छ । पूर्वी पहाडका उदयपुर, सप्तरी, सुनसरीलगायत तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएर बगेपछि बाढीको खतरालाई मध्यनजर गरी ५४ मध्ये ४६ ढोका खुला गरिएको हो । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार हाल कोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब बढेको छ ।...
-
२०७९ श्रावण १८, बुधबार
बाढी प्रभावितहरूको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक...
-
२०७९ श्रावण १७, मंगलबार
आज नागपञ्चमी, आठ प्रकारका नागको पूजा गरि मनाइँदै
काठमाडौँ - आज नागपञ्चमी, हिन्दू धर्मावलम्वीले नागको पूजा गरी मनाउँदै छन् । आज आठ प्रकारका नागको पूजा गरी दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटीलगायत प्रसाद अर्पण गरेर यो पर्व मनाउने गरिन्छ । नागकाे चित्रमा पूजा गरेर उक्त चित्र घरकाे मूल ढाेकामा टाँस्ने चलन छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ...
-
२०७९ श्रावण १६, सोमबार
मिथिलामा चाडबाडको रौनक
साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो । साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी ९मिथिलाका नारी० ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा...
-
२०७९ श्रावण १६, सोमबार
कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता
देउखुरी, १६ साउन , प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उहाँलाई नेपाली भाषाकै बानी प¥यो । मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उहाँ कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने हुनुभएको छ । भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा...
-
२०७९ श्रावण १६, सोमबार
थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त...
-
२०७९ श्रावण १६, सोमबार
धरानमा 'हर्क साम्पाङ मुर्दावाद'काे नारा, मेयर कार्यकक्ष ताेडफाेड
काठमाडौं - धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ । आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपरान्ह ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरे । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सोक्रममा झ्यालका केही सिसा फुटेको छ । बराह...
-
२०७९ श्रावण १६, सोमबार
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं - पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।
-
२०७९ श्रावण १५, आइतबार
नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छः पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ ९इयू० ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले...
-
२०७९ श्रावण १५, आइतबार
६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको...
-
२०७९ श्रावण १२, बिहिबार
बञ्चरेडाँडाका स्थानीयको चेतावनी- ‘डम्पिङसाइट सधैंका लागि बन्द गर्छौं’
काठमाडौं - बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो । फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्नेलगायत यसअघि महानगरपालिका र सरकारले...


