सिनेमा
-
२०७७ पौष १०, शुक्रबार
सिनेमा हल आजदेखि खुल्दै
काठमाडौं - कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् । आफैं हल खोलेर सरकारको ध्यानाकर्षण गराउन लागेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । प्रधानका अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको...
-
२०७७ पौष १, बुधबार
चलचित्र व्यवसायी कायस्थले ‘लुँयागु तक्मा’ नामक नेपालभाषाको फिल्म बनाउने
चलचित्र व्यवसाय जगतका अग्रज गोपाल काजी कायस्थले अब नेपालभाषामा चलचित्र बनाउने भएको छ । नेपालभाषामा निर्माण हुने उक्त फिल्मको शिर्षक ‘लुँयागु तक्मा’ राखिएको छ भने सो फिल्मको राजधानीमा आयोजित एक भव्य समारोहकाबीच शुभमुर्हत गरिएको छ । ख्यालिजुजु अर्थात हाँस्यसम्राट रुपमा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा अभिनेता नीर शाहको विशेष उपस्थितिमा फिल्मको घोषणासँगै मुर्हत गरियो ।...
-
२०७७ मङ्सिर ३०, मंगलबार
सिनेमा हल खोल्ने चलचित्र संघको घोषणा
कोरोना भाइरसको संक्रमणको महामारीको जोखिमका कारण गत वर्षको चैत ९ गतेदेखि बन्द भएका सिनेमा हलहरु अन्तत: यही पुस १० गते शुक्रबारका दिनदेखि खुल्ला हुने भएका छन् । नेपाल चलचित्र संघले अहिले भरखरै आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइको छ । ‘चरणवद्ध आन्दोलन गर्ने’ घोषणासंगै संघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने स्वयं घोषणा गरेका गरेको हो । संघद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ—‘...
-
२०७७ मङ्सिर २९, सोमबार
पुस १० गतेदेखि फिल्म हल खुल्ने !
काठमाडौं – कोरोना भाइरस महामारीका कारण गत चैतदेखि बन्द हलहरु यही पुस १० गतेदेखि खाेल्ने एकतर्फी घाेषणा भएकाे छ । हल व्यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् । सरकारले बन्द गरेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय नगरेपछि नेपाल चलचित्र संघले फिल्म हल खोल्ने घोषणा गरेको हो । ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा...
-
२०७७ मङ्सिर २३, मंगलबार
वरिष्ठ छाँयाकार तथा निर्देशक श्रेष्ठलाई मातृशोक
नेपाली चलचित्र जगतका वरिष्ठ छाँयाकारका रुपमा परिचित छाँयाकार तथा निर्देशक मन्जुकुमार श्रेष्ठकी आमा गंगादेवी श्रेष्ठ को ९४ वर्षको उमेरमा आकस्मिक निधन भएको छ । केही दिन अगाडि छाँयाकार तथा निर्देशक श्रेष्ठकी श्रीमती उत्तमा श्रेष्ठको निधन भएको थियो भने त्यसको १८ दिनपछि गत आइतबार उनकी आमाको निधन भएको हो। यस दुःखको घडिमा शोकसन्तप्त परिवारले धैर्य धारण गर्न सकून् भनी जनजातिखबर प्रार्थना गर्दछ ।
-
२०७७ मङ्सिर २३, मंगलबार
अभिनेत्री श्वेता खड्काले कसिन् लगनगाँठो
काठमाडौं – अभिनेत्री श्वेता खड्का पुनः वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्वेतासँग बिहे भएकाे २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे निधन भएकाे थियाेे । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको...
-
२०७७ मङ्सिर १९, शुक्रबार
मदनदास र कृष्ण मल्ल लगायतलाई हरितारा पुरस्कार
हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी नाट्यकर्मी अभिनेता मदनदाश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने पनि निर्णय गरेको छ । वि.सं. २०५२ सालमा समाजसेवी...
-
२०७७ मङ्सिर १८, बिहिबार
अभिनेत्री श्वेता खड्का बिहे बन्धनमा बाँधिंदै
काठमाडाैँ - बिहेको एक महिनामै पति वियोगमा परेकी अभिनेत्री श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । अभिनेत्री खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र श्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको...
-
२०७७ कार्तिक १, शनिबार
छायांकन गर्ने केन्द्र बन्दै दामनको भर्याङ
टिस्टुङ – पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भ¥याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । नेपालकै लामो भनिएको उक्त भर्याङ र भर्याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । राष्ट्रिय समाचार समिति (रासस) मा यस सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त भर्याङमा एकै दिनमा दुईवटा म्युजिक...
-
२०७७ आश्विन २६, सोमबार
ओस्कार कलेजको ‘भर्चुअल फिल्म फेस्टिभल’ हुँदै
काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत चार वर्षे डिप्लोमा तहमा सिनेमासम्बन्धी अध्यापन हुने ओस्कार इन्टरनेशनल कलेजले भर्चुअल फिल्म फेस्टिभल आयोजना गर्दैछ । यही असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म हुने दैनिक दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सो भर्चुअल फिल्म फेस्टिभल हुँदैछ । जूम एपमा हुने उक्त फेस्टिभलमा भर्चुअल रुपमा फिल्म सम्बन्धमा विविध प्यानल विमर्श हुने कलेजले जनाएको छ । भर्चुअल विर्मशमा...
-
२०७७ आश्विन २२, बिहिबार
सुशान्तको मृत्यु आत्महत्या पुष्टि : के कंगनाले पद्मश्री फिर्ता दिनेछिन् ?
अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरी एम्सले हालै अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ । सीबीआईले पनि यसअघि नै सुशान्तको मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरिसकेको छ । एम्सको यही रिपोर्ट सार्वजनिक भएसँगै ट्विटरमा कंगनालाई अवार्ड फिर्ता गर्न भन्दै ट्रोल गरिएको छ । यस्तै अभिनेत्री स्वरा भास्करले पनि ट्विट गर्दै यसबारे बोलेकी छिन् । स्वराले भनेकी थिइन्, “कोही...
-
२०७७ आश्विन २०, मंगलबार
ब्रुसलीको अमरकथा अब इन्डिजिनियस टेलिभिजनमा
विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक कथामा आधारित चिनिया टेलिसिरियल ब्रुसलीको अमरकथा नामक धारावाहिक टिभी सिरियल नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपाली भाषामा अनुवाद गरी स्वराङ्कन गरिएक ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक विहिवार बेलुकी ९ बजेदेखि १० वजेसम्म र पुनःप्रसारण शनिवार दिउँसो ४ः०० बजेदेखि...



