सिनेमा
-
२०७७ फाल्गुण ११, मंगलबार
आदिवासी जनजाति चलचित्र महासंघले बुझाए सञ्चारमन्त्रीलाई ज्ञापनपत्र
आदिबासी जनजाति मातृभाषाका चलचित्रले भोग्दै आएको समस्यालाई लिएर आदिबासी जनजाति चलचित्र महासंघले सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्बत गुरुङलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको छ । सोमबार सिंहदरबार स्थित ससञ्चारमन्त्रीको कार्यकक्षमा बुझाएको सो ज्ञापनपत्रमा चलचित्रको माध्यमबाट नेपालका आदिबासी जनजातिहरूको आफ्नो भाषा, कला, धर्म, संस्कृति, भेष–भूषा आदिको संरक्षण र संबद्र्धन गर्दै समुदायको बिशिष्ट पहिचान...
-
२०७७ फाल्गुण ९, आइतबार
फोेटोग्राफी र भिडियोग्राफी कार्यशाला सम्पन्न
नेपालका चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । बिहीवार फागुन छ गतेबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिबार फागुन ८ गते सम्पन्न भएको हो । बोर्डको नवनिर्मित ‘नवरस हलमा भएको उक्त कार्यशालामा आरजे प्रणव , शारदा थापा , उदयराज शर्मा जस्ता पुराना लगायत नयाँ समेत गरी ४० बढी पत्रकारहरु सहभागी...
-
२०७७ फाल्गुण ६, बिहिबार
चलचित्र पत्रकारका लागि फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशालाको बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको छ । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० जना भन्दा बढी पत्रकारहरु सहभागी रहेका छन् । सो कार्यशाला फाल्गुन ६ गतेदेखि ८ गते शनिवारसम्म तीन दिन संचालन हुनेछ । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको...
-
२०७७ फाल्गुण ५, बुधबार
चितवनमा बिपिन कार्की र नायिका आँचल शर्मा सम्मानित
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक बिपिन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान गरिएको हो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएको कदर स्वरुप नायक कार्की र नायिका शर्मालाई सम्मान गरिएको कुरा लक्की मिडिया हाउस...
-
२०७७ फाल्गुण २, आइतबार
दुई दर्जन चलचिकर्मी नेपाली काँग्रेसमा प्रवेश
नेपाली चलचित्र जगतका दुई दर्जन लब्ध प्रतिष्ठित चलचित्रकर्मीहरु शनिबार नेपालको प्रजातान्त्रिक इतिहास को धरोहर मानिने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस सूचना तथा सञ्चार प्रसार विभागअन्तर्गत टेलिभिजन उपसमितिको संयोजकत्वमा फिल्मकर्मी नीर शाहको अगुवाईमा भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा वरिष्ठ...
-
२०७७ माघ २७, मंगलबार
भारतीय अभिनेता राजीव कपूरको निधन
भारतीय चर्चित अभिनेता राजीव कपूरको मङ्गलवार निधन भएको छ । राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा उल्लेख गरिएको छ । राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए । उनले राज कपूरको फिल्म ’राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेका थिए । त्यो फिल्म निकै सफल रहेको थियो । यद्यपि राजीव कपूरले धेरै फिल्ममा...
-
२०७७ माघ १७, शनिबार
दशौं नेफ्टा अवार्डमा टाइटल जोडियो एलआइसी नेपाल
नेपालको एक प्रतिष्ठित एवं निरन्तर रुपमा आयाेजना हुँदै आएको चलचित्र पुरस्कार नेफ्टा फिल्म अवार्ड समारोह को दशौं संस्करण यही फागुन अन्तिम साता हुन गइरहेको छ भने यो दशौं नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने भएको छ । चलचित्र प्राविधिक संघसँग दशौं नेफ्टा अवार्डको लागी आयोजकमा जोडिएको ड्रिम हाइ नेपाल प्राली र एलआइसीबीच शुक्रबार सम्झौता पत्र आदान...
-
२०७७ माघ ३, शनिबार
शर्टफिल्ममा साःगः उत्कृष्ट
कीर्तिपुर नगरपालिकाको सातवटा शर्टफिल्म प्रदर्शन आज शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको छ । कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा पर्यटन तथा संस्कृतिमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यत्रमको सभापतित्वमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए । शर्टफिल्मको प्रदर्शनपछि उत्कृष्ट छान्ने क्रममा डेल्टा मल्टिमिडियाद्वारा निर्मित साःगःलाई प्रथम पुरस्कार...
-
२०७७ पौष २८, मंगलबार
अनुष्का र विराटलाई पुत्री लाभ
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली एक छोरीका माता–पिता बनेका छन् । अनुष्काले सोमबार बेलुका छोरीलाई जन्म दिएपछि उनीहरुको छोरीको पहिलो फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विराटका भाइ विकास कोहलीले आफ्नी भतिजीलाई स्वागत गर्दै उनको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन् । उनले इन्स्टाग्राममा ब्लाङ्केटबाट निस्किएका साना–साना खुट्टाहरुको फोटो राख्दै लेखेका छन्, ‘‘अत्यन्त हर्षित, घरमा...
-
२०७७ पौष २२, बुधबार
रजिनको पुरस्कृत मिउजियम पछी सदय सार्वजनिक
नेपालभाषाको शर्टफिल्म " मिउजियम" बाट उत्कृष्टता को दोश्रो पुरस्कार जित्न सफल रजिन महर्जनको निर्देशनमा बनेको मगन इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको छोटो चलचित्र 'सदय' सार्वजनिक भएको छ । यस चलचित्रमा लक्ष्मीकुमार महर्जन, रजिन महर्जन, सोफिला कार्की, रिशिका महर्जन लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा जमुना महर्जनको लगानी रहेको छ । 'सदय' ले स्वार्थी मान्छेको कथालाई प्रस्तुत गरेको कुरा...
-
२०७७ पौष २१, मंगलबार
शिव श्रेष्ठको एउटा यस्तो प्रेम कहानी माघे संक्रान्तिमा आउने
वि.सं.२०७६ चैत्र ६ गतेदेखि बन्द भई विगत १० महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्र अब चलायमान हुने संकेत देखापरेको छ । यसरी ठप्प हुँदा कुन पक्षलाई कति नोक्सानी भयो भन्ने यकिन तथ्यांक कसैसँग छैन । तर चलचित्र क्षेत्रसँग सम्बन्धित हरेक संघ संस्थाले आफु सबै भन्दा बढि मारमा परेको दाबी गर्दै आएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी कोरोना महामारीका कारण निर्माताको १ अर्ब ३० करोड लगानी...
-
२०७७ पौष १८, शनिबार
स्थानीय बासिन्दामात्र प्रयोग गरिएको शर्टफिल्म
कोरोना संक्रमणको त्रासको कारणले लागु गरेको लकडाउनको समयको सदुपयोग गर्दै ललितपुरमा निर्माण गरिएको नेपालभाषा शर्टफिल्म “मिसा व तिसा” को प्रिमियर शो यःमरि पुन्हिको अवसर पारेर गरिएको छ । नेवाः सिने क्षेत्रका चर्चित एवं लोकप्रिय कलाकार सुरज ब्यञ्जनकारको पटकथा र निर्देशन रहेको चलचित्रको प्रिमियर ललितपुरको खपिन्छेमा गरिएको हो । निर्देशक व्यन्जनकारले चलचित्रमा कलाकार र प्राविधिकका रुपमा ललितपुरको...



