सिनेमा
-
२०७७ श्रावण २८, बुधबार
मह जोडिलाई चैत्यदेवी पुरस्कार प्रदान
विजयरत्न असंबरे 'भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको नेपालका तीन अग्रज अभिनेत्रीहरुको नाममा रहेको पुरस्कारहरु मध्ये केहि दिन अगाडि रंगकर्मी तथा चरित्र अभिनेत्री शुकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भुषाल पुरस्कार’बाट र रंगकर्मी तथा नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’बाट सम्मान गरिएको थियो भने फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी...
-
२०७७ श्रावण २४, शनिबार
प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण
काठमाडाैं – लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । सामाजिक सन्जाल मार्फत आफू र श्रीमती दुवै कोरोनाका सिकार भएको महतले जनाएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् । महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका छन् ।
-
२०७७ श्रावण २३, शुक्रबार
लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै
काठमाडौँ– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टुङ्ना, सारङ्गी, सहनाइ,...
-
२०७७ श्रावण २३, शुक्रबार
गाईजात्राको अवसरमा नेपालभाषाको हास्यव्यङ्ग्य कार्यक्रम (भिडियोसहित)
काठमाडौं – नेवाः युट्युब च्यानलले गाईजात्राको अवसरमा ‘ख्याः बच्छि नी बच्छि’ नामक प्रहसन तथा हास्यव्यङ्ग्यको कार्यक्रम गरेको छ । बिहीबार साँझ नेवाः युट्युबको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको सो प्रहसन कार्यक्रममा नेपालभाषाका हास्यव्यङ्ग्यकार तथा हास्यकलाकाहरु हृदयप्रसाद मिश्र, रामकृष्ण खड्गी, सुरेन्द्र मानन्धर बागः दाई, महन्तलाल मल्ल, भूपेन्द्र वज्राचार्यले हास्यप्रस्तुति दिएका थिए । यसैगरी...
-
२०७७ श्रावण २२, बिहिबार
सुशान्त सिंह आत्महत्या प्रकरणमा सिबिआई जाँच हुने
एजेन्सी । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिसलाई भारतको केन्द्र सरकारले स्वीकार गरेको छ। सरकारको यस स्वीकारोक्तिको जानकारी सर्वोच्च अदालतलाई दिइसकिएको बिबिसी हिन्दीले जनाएको छ। आत्महत्या प्रकरणमा सुशान्तका पिताले छोराकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीविरूद्ध उजुरी दिएपछि आफूलाई पक्राउ नगर्न रियाले बिहार पुलिसको जाँचलाई चुनौती दिदैं सर्वोच्च...
-
२०७७ श्रावण २०, मंगलबार
अनलाइन चित्रकला प्रतियोगिता
काठमाडौँ – समृद्धि स्कुलको आयोजना तथा योङ पिकासो संस्थाको प्रस्तुतिमा विद्यालयस्तरीय अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखि यस वर्ष माध्यमिक शिक्षा परीक्षामा सामेल विद्यार्थीहरु भाग लिन पाउने गरी उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीले नेपालको संस्कृतिलाई विषय बनाई चित्र कोरेर पठाउन सक्नेछन् । चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई रु...
-
२०७७ श्रावण १८, आइतबार
सुरक्षा मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन सरकारले तयारी थाल्ने
काठमाडौँ – स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्न सरकार तयार रहेकाे र यस विषयमा छलफलकाे लागि सरकारले आह्वान गरेकाे छ। चलचित्रविकास वोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ, सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताए । उनले सिनेमा घर सञ्चालन...
-
२०७७ श्रावण १४, बुधबार
‘पाश्चात्य कला संक्षिप्त इतिहास’
काठमाडौँ : कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक गरिएको छ । विश्वकला इतिहासलाई सरलरुपमा लेखिएको यस पुस्तकलाई सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको हो । पुस्तकमा विश्वकला जगत्मा देखापरेका कलाका विविधशैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ । राजभण्डारीकै यसअघि प्रकाशनमा आएको पुस्तकको पहिलो भागमा पाषाण युगदेखि...
-
२०७७ श्रावण १३, मंगलबार
“वन वे”को टोलीलाई शुभकामना
विजयरत्न असंबरे ः नेपालभाषाको चलचित्र र कला क्षेत्रमा ख्याति कमाएका कलाकर्मीहरुको प्रयासमा “वन वे” नामक एउटा शर्ट फिल्म निर्माण सम्पन्न गरिएको छ । गत श्रावण ६ गते शुटिंग शुरु भएको यस शर्टफिल्मको शुटिंग तीन दिनमा सम्पन्न भएको थियो । शुटिंग सम्पन्न भएको अवसरमा एक कार्यक्रम आयोजना गरी कला अनुरागी लक्ष्मीकमल शाहीले सो शर्ट फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक र सहयोगीहरुलाई खादा ओढाई नेवार...
-
२०७७ श्रावण १०, शनिबार
१० करोडको क्षतिपुर्तिसहित भुवन केसीले गरे साम्राज्ञीविरुद्ध मुद्दा दायर
काठमाडौँ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोडको क्षतिपुर्तिको मागदावीसहित गाली बेइज्जती मुद्दा दायर गरेका छन् । शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । केसी र शाहविरुद्ध गहिरो विवाद रहेकाे छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले...
-
२०७७ श्रावण ३, शनिबार
लकडाउनले चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने उत्कृष्ट पत्रकार पुरस्कृत
विजयरत्न असंबरे कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको लकडाउन ले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा मध्ये उत्कृष्ट ठहरिएका लेख रचनालाई अाज एक कार्यक्रममा पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरे अनुसार संघमा प्राप्त भएका मध्ये छनौट समितिले मापदण्ड सहित मूल्याङ्कनको आधारमा...
-
२०७७ आषाढ २९, सोमबार
जी, आजतक, इन्डिया टिभी र एबीपी बाहेक अन्यको प्रसारण सुचारु
काठमाडाैं- केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानल बाहेक अन्य च्यानलको प्रसारणमा सुचारु गरेका छन् । केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू सुचारु गर्ने निर्णय गरेको हो । डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यका अनुसार, डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोके पनि अन्य केबल अपरेटरहरुले भने अरु...



