अन्तर्राष्ट्रिय
-
२०७७ आश्विन २९, बिहिबार
अर्मेनिया र अजरबैजानलाई युद्धविराम पालना गर्न रुसकाे आग्रह
रुसले अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको छ ।रुसका रक्षामन्त्री सेर्गेइ सउगीले सो आग्रह गर्नुभएको हो । उहाँले आज अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलमा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गर्नुभएको बताइएको छ । रुसको पहलमा एक हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच...
-
२०७७ आश्विन २७, मंगलबार
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी
भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो । भारतमा एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्यामध्ये सवैभन्दा धेरै गत सेप्टेम्बर १७ का दिन ९७ हजार ८९४ पुगेको थियो । अहिले भारतमा कुल...
-
२०७७ आश्विन २०, मंगलबार
ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता
कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किनु भएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उहाँ सैनिक अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अस्पतालबाट निवास फर्किएपनि उहाँको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताउनुभएको...
-
२०७७ आश्विन १६, शुक्रबार
अमेरिकी राष्ट्रपति ट्रम्प र पहिलो महिलालाई कोरोना सङ्क्रमण पुष्टि
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका श्रीमती र पहिलो महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारीमा छ । यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले...
-
२०७७ आश्विन ११, आइतबार
भारतीय राजनीतिज्ञ जशवन्त सिंहको निधन
काठमाडौं – भारतका प्रभावशाली राजनीतिज्ञ जशवन्त सिंहको निधन भएको छ । भारतीय जनता पार्टीलाई बलियो राजनीतिक शक्तिका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै राजनीति र समाजबारे सिहंका विचारहरु सधैं स्मरणमा रहने भन्दै उनीसँगका हरेक छलफल स्मरणमा राख्ने बताएका छन् । उनले सिंहको निधनप्रति गहिरो समवेदना प्रकट...
-
२०७७ आश्विन ५, सोमबार
भारतीय संसदमा हंगामा, ८ सांसदहरु निलम्बनमा
एजेन्सी – भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार एग्रिकल्चर रिफर्म बिल माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो। सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए भने उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल...
-
२०७७ भाद्र २४, बुधबार
अफगानिस्तानका उपराष्ट्रपति लक्षित बम आक्रमण
एजेन्सी – अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरी बम आक्रमण गरिएको छ। बुधबार बिहान राजधानी काबुलमा उपराष्ट्रपति सालेहलाई लक्षित गरी भएको आक्रमणमा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ । आक्रमणबाट सालेह भने बाँच्न सफल भएको बिबिसीले जनाएको छ । अफिस जान लागेका बेला भएको आक्रमणबाट अफगानी इन्टिलिजेन्स सर्भिसका पूर्वप्रमुख समेत रहेका सालेहलाई सामान्य चोट पटक लागेको छ । आक्रमण पछि...
-
२०७७ भाद्र १६, मंगलबार
नेपालका लागि बेलायती राजदूतकाे शव जंगलमा फेला
एजेन्सी – नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव बेलायतकाे जंगलमा फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको शव एलिस होल्ट जंगलमा फेला परेको बीबीसीले जनाएको छ । उनको खोजीमा जुटेको ह्याम्पशायर प्रहरी शव फेला पारेको हो । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए । स्थानीय जंगल,...
-
२०७७ भाद्र १५, सोमबार
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन
एजेन्सी – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । मुखर्जीको नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीटमार्फत जानकारी दिएका छन् । कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । केहि दिनदेखि ‘डिप कोमा’ मा रहेको उनको उपचार भारतीय सैनिक अस्पतालले भइरहेको थियो । उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो...
-
२०७७ भाद्र १२, शुक्रबार
‘विच्याट’ प्रतिबन्धित भए एप्पलका उत्पादन पनि बहिष्कार : चीन
एजेन्सी । अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनले पनि अमेरिकी कम्पनी एप्पलका उत्पादन बहिष्कार गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए चिनियाँ नागरिकले एप्पलको उत्पादन बहिष्कार गर्ने बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य सेप्टेम्बरदेखि चिनियाँ एपहरु ‘विच्याट’ र ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने घोषणा...
-
२०७७ श्रावण २९, बिहिबार
भारतका पूर्व राष्ट्रपति मुखर्जी भेन्टिलेटरमा
एजेन्सी – भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उहाँको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ । ‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ’ आर्मी अस्पतालले जानकारी दिएको छ । पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा...
-
२०७७ श्रावण २५, आइतबार
अफगानिस्तानका घाज्नीमा बम हमला, सात जनाको मृत्यु
एजेन्सी – अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७.४५ बजे बिस्फोट गराएका थिए । प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी...


