अन्तर्राष्ट्रिय
-
२०७७ श्रावण २४, शनिबार
केरला विमान दुर्घटनामा १७ जनाकाे मृत्यु
एजेन्सी – दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान शुक्रबार साँझ केरलाको विमानस्थलनमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएको छ । सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार दुर्घटनामा परी दुई जना पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुबईबाट आएको एयर इन्डियाको आईएक्स–१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा चिप्लिएको जनाइएको छ । विमान...
-
२०७७ श्रावण २३, शुक्रबार
श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी
एजेन्सी – श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री मेहन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी)ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । सो पार्टीले कुल २२५ सिटमध्ये १४५ सिटमा सफलता हासिल गरेको आयोगको जनाएको छ । यो जित सङ्ख्या सर्वेक्षणकर्ताहरुले देखाएको पुर्वानुमान नतिजाभन्दा पनि...
-
२०७७ श्रावण २१, बुधबार
लेबनानमा ठूलो विष्फोट, कम्तिमा ७० जनाको मृत्यु
एजेन्सी – लेबनानको राजधानी बेरुतमा ठूलो विष्फोट भएको छ । विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको जनाइएकाे छ । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको...
-
२०७७ श्रावण २१, बुधबार
जम्मू कश्मीर राखेर पाकिस्तानले जारी गर्याे नयाँ राजनीतिक नक्सा
एजेन्सी – पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको हो । पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री...
-
२०७७ श्रावण १३, मंगलबार
स्टर्लिङ पाउण्डमा गोर्खाको तस्बिर
लण्डन - बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताउनुभएको छ । हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको...
-
२०७७ श्रावण ७, बुधबार
विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युुनिसेफको भनाई
एजेन्सी - संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ । प्राप्त समाचारअनुसार संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका...
-
२०७७ आषाढ २४, बुधबार
ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरस संक्रमण
एजेन्सी - ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ। उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । सोमबार उनको चौथो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए। उनले कोरोनालाई 'सामान्य फ्लू' भन्दै लकडाउनको विरोध पनि गरेका थिए। लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने...
-
२०७७ आषाढ २२, सोमबार
कोरोना अपडेट : निकाे हुने ६० लाख, मर्ने ५ लाख ३० हजार
न्यूयोर्क, २१ असार (रासस–एएनआई) – महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ । विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित...
-
२०७७ आषाढ २२, सोमबार
एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने
पेरिस (रासस–एपी) – कोरोनाभाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत सात हजार ५०० कामदार हटाउने निर्णय गरेको छ । तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ । फ्रान्स सरकारले गत मे महिनामा...
-
२०७७ आषाढ १९, शुक्रबार
कोरोनाभाइरस नियन्त्रणमा लिन नसकेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा
एजेन्सी : न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उहाँले राजीनामा दिनुभएको बताइएको छ । स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफु जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण...
-
२०७७ आषाढ १९, शुक्रबार
बन्धुकधारीले मेक्सिकोमा २४ जनाको हत्या गरे
एजेन्सी : गुआनाजुतो, मेक्सिको, १८ असार (रासस–एएफपी) – मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार...
-
२०७७ आषाढ १८, बिहिबार
भारतमा टिकटकसँगै ५८ चिनियाँ एप्समा प्रतिबन्ध
एजेन्सी : चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् । टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । यस कम्पनीले चीन सरकारसँगको सम्बन्धको कुरा भने...


