STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ भाद्र २०, शनिबार

    कर्मचारीलाई कोरोना देखिएपछि टाेखा नगरपालिका बन्द

    काठमाडौँ – टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना...

  • २०७७ भाद्र २०, शनिबार

    ललितपुरका यी ठाँउमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने

    ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले भदाै २० देखिदेखि २६ गतेसम्म ललितपुरका केही स्थानमा पाँचभन्दा बढी व्यक्ति भेला हुन नपाउने आदेश जारी गरेकाे छ । बिहीबार रथयात्राको लागि स्थानीयहरु ओइरिएपछि सरकारले शुक्रबार ललितपुरमा कफ्र्यु नै लगाएको थियो । तर शनिबारबाट कफ्र्यु हटे पनि रातो मछिन्द्रनाथको रथ रहेको ठाउँ वरपर यसप्रकारको निषेधाज्ञा जारी गरेको हो । प्रशासनले जनाएअनुसार रातो मछिन्द्रनाथ रहेको...

  • २०७७ भाद्र २०, शनिबार

    घर–घरमा पुगी स्थानीयमाथिकाे धरपकडबारे २० संघसंस्थाको ध्यानाकर्षण • पक्रिएकाकाे निशर्त रिहाइ माग

    काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा बिहीबार ललितपुरको पूल्चोकमा भएको झडपमा प्रहरीले गिरफ्तार गरेका सर्वसाधारणलाई रिहा गर्न विभिन्न २० वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरेको छ । ज्यापु समाज यललगायत शिल्पकार समाज, स्यस्यः समाज, बौद्धविहार संघ, ताम्रकार समाज, सिकःमि समाज, बाराही समाज, राजोपाध्याय समाज, तण्डुकार समाज, नापित समाज, कपाली समाज, मालाकार समाज, खड्गी समाज, जोशी समाज, देउला...

  • २०७७ भाद्र १९, शुक्रबार

    श्रीकरुणामय रथयात्राको क्रममा भएको घटनाले मर्माहत भएकी छु ‒ प्रदेश सभा सांसद शाक्य

    विजयरत्न असंबरे कोरोना महामारीको कारण उत्पन्न विषम परिस्थितीले गर्दा लामो समयदेखि स्थगनमा रहेको वर्षा र सहकालको देवता बुंगःद्यः श्रीकरुणामयको जात्रालाई सम्पन्न गर्न स्वःस्फूर्तमा आयोजित दबाबमूलक कार्यक्रममा उत्पन्न अप्रिय स्थीतिलाई लिएर बागमति प्रदेश सभा सांसद शोभा शाक्यले एउटा वक्तव्य प्रकाशित गरी दुःख व्यक्त गर्नु भएको छ । साझा पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएका माननीय सांसद शोभा शाक्यले...

  • २०७७ भाद्र १९, शुक्रबार

    रातो मच्छिन्द्रनाथ रथयात्राको क्षमा पूजा सम्पन्न

    काठमाडौँ – कोरोना संक्रमणकाे कारण भएकाे लकडाउन र निषेधाज्ञाले गर्दा राेकिएकाे रातो मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा सम्पन्न भएकाे छ। संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो । बैठकले शुक्रबार...

  • २०७७ भाद्र १९, शुक्रबार

    काठमाडौंमा ३८६ सहित उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण

    काठमाडौं –  पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३८६ सहित काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् ।

  • २०७७ भाद्र १९, शुक्रबार

    कोरोना संक्रमित प्रहरी भिड नियन्त्रणमा !

    काठमाडाैं – ललितपुरको पुल्चोकमा रथयात्रा विषयमा भएकाे झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरले जनाएकाे  छ। उनीहरूले परीक्षणका लागि केही दिन पहिले स्वाब दिएको थाहा हुन आएकाे छ ।  कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम रहे पनि ती प्रहरीलाई...

  • २०७७ भाद्र १९, शुक्रबार

    सोमबार रातो मछिन्द्रनाथलाई खटमा राखी बुंगमति लगिने

    काठमाडौं – कोरोना भाइरस जोखिम नियन्त्रणको लागि लगाइएको निषेधाज्ञा तथा लकडाउनले प्रभावित बनेको रातो मछिन्द्रनाथको जात्रा सम्पन्न गराइने भएको छ । गुठी संस्थानका अधिकारीसँग १९ वटा जातीय खलःपुचः एवं ललितपुर जिल्ला प्रशासन प्रमुखबीच हिजो भएको संयुक्त बैठकमा यही आउँदो सोमबार खटमा विराजमान गराई बुंगमती लगिने भएको छ । यसको लागि शनिबार क्षमापूजा गर्ने ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको...

  • २०७७ भाद्र १८, बिहिबार

    कारागारमा संक्रमण फैलिन नदिन उच्च सावधानी

    काठमाडौँ – गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड–१९को सङ्क्रमण फैलिन नदिन उच्च सावधानी अपनाइएको जनाएको छ । विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड–१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पूर्ण सजक रहेका प्रष्ट पारेको हो । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी कारागारमा थप जोखिम हुन नदिन, कोरोना...

  • २०७७ भाद्र १८, बिहिबार

    थिमिमा कोरोनाले आमापछि छोराको मृत्यु

    भक्तपुर – कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति मृत्यु भएको हो । छोराबाट आमामा सङ्क्रमण भएको आशङ्का गरिएको छ ।...

  • २०७७ भाद्र १८, बिहिबार

    रातो मछिन्द्रनाथ रथयात्रामा तनाव • स्थानीय र प्रहरीबीच झडप • अश्रुग्यास र पानीकाे फोहोरा हानियाे

    काठमाडाैं – रातो मछिन्द्रनाथको रथयात्रा विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोकेपछि झडप सुरु भएको हो । झडपपछि स्थानीयले प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेका थिए । विवाद बढ्दै गएपछि ललितपुरको पूल्चोक लागा तनावग्रस्त बनेको थियो । स्थानीय जिल्ला प्रशासनलाई रथयात्रा गर्न पटक पटक आग्रह गरे पनि कोरोनाको कारण प्रशासनले यसमा रोक लगाइरहेको थियो । तर प्रशासनले...

  • २०७७ भाद्र १८, बिहिबार

    निषेधाज्ञा हैन कर्फ्यु नै लगाउनुपर्छ : उपत्यका मेयर फोरम

    काठमाडाैं – स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले बिहीबार विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो । फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो ।...

Pages