उपत्यका
-
२०७७ भाद्र ९, मंगलबार
बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउने
बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो । उक्त बैठकले बूढानीलकण्ड– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ । त्यस्तै वडा नं २ स्थित बिएमसीएमा...
-
२०७७ भाद्र ९, मंगलबार
दत्तात्रय पुजारी मठमा घोषणा गरियो नयाँ पिर महन्त
भक्तपुर – यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र निदालमा ६०० वर्ष पुरानो धार्मिक कथा बोकेका आकर्षक बहुमूल्य चित्रहरु– विष्णु भगवानको दशावतार, अष्टमातृका, दुर्गा भवानीले महिषासुरको बध गरेको आदि छन् । दत्तात्रयस्थित पुजारी मठको ६०० वर्ष पुरानो गद्दी बैठकको यही कलात्मक कक्षमा सयाँै वर्ष पुरानो...
-
२०७७ भाद्र ९, मंगलबार
पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा
ललितपुर – ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो । देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । “अबको एक...
-
२०७७ भाद्र ९, मंगलबार
उपत्यकाकाे निषेधाज्ञा एक साता थप गर्न सिफारिस
काठमाडौँ – काेरोनाकाे जाेखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । ...
-
२०७७ भाद्र ८, सोमबार
उपत्यकामा नगरपालिका फोरमले कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो पार्ने
विजयरत्न असंबरे काठमाडाैं – उपत्यकामा समुदाय स्तरमा नै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आइतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको छ भने बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर...
-
२०७७ भाद्र ८, सोमबार
उपत्यका नगरपालिका फोरमले अत्यावश्यक बाहेकका सेवा प्रवाह १५ गतेसम्मलाई स्थगन गर्ने
विजयरत्न असंबरे उपत्यका नगरपालिका फोरमको आज बसेको बैठकले उपत्यकामा समुदाय स्तरको कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । त्यसैगरी...
-
२०७७ भाद्र ८, सोमबार
कीर्तिपुरमा हालसम्म ३८ जनामा संक्रमण
कीर्तिपुर – कीर्तिपुरमा आजसम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा २ का अध्यक्ष एवं संस्कृति सम्पदा पर्यटन विभागका प्रमुख रमेशमान डंगोलले जनाएअनुसार कीर्तिपुरका १० वटै वडामा सोमबारभित्र सो संख्यामा संक्रमित देखिएको हो । डंगोलले दिनुभएको जानकारीअनुसार १ वडामा ५ स्थानीय र ३ जना बाहिरका, २ वडामा ३ जना स्थानीयसहित ५ जना संक्रमित रहेका छन् । सो वडामा २ जना संक्रमित निको भइसकेका छन् । यसैगरी ३...
-
२०७७ भाद्र ८, सोमबार
उपत्यकामा खाद्यवस्तुका पसल बिहान सवा ९ बजेसम्म खोल्न पाउने
काठमाडौं – निषेधाज्ञाबीच काठमाडाैं उपत्यकाका तीनवटै जिल्लामा खाद्यसामग्रीका पसल अब बिहान सवा ९ बजेसम्म खोल्न पाउने भएका छ । तीनवटै जिल्ला प्रशासन कार्यालयको आइतबार बसेकाे बैठकले बिहान सवा ९ बजेसम्म खोल्न पसल खोल्न दिने निर्णय गरेको हो । यसअघि सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम बनाइएको थियो । दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य...
-
२०७७ भाद्र ७, आइतबार
भक्तपुरमा सप्तर्षि मन्दिरको प्राणप्रतिष्ठा
भक्तपुर – हिन्दू महिलाको महान् चाड हरितालिका तीज र ऋषिपञ्चमीका अवसरमा सूर्यविनायक नगरपालिकाको धार्मिकस्थल अनन्तलिंगेश्वर मन्दिर परिसरमा नवनिर्मित सप्तऋषि मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । तीज पर्वमा व्रतालु महिलाले ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजार्चना गर्ने विशेष दिनलाई मध्यनजर गरी अनन्तलिंगेश्वर महादेव मन्दिरको अनन्त कुण्डसँगै नवनिर्मित सप्तऋषि मन्दिरको शनिबार विधिवत् प्राण प्रतिष्ठा गरिएको हो...
-
२०७७ भाद्र ७, आइतबार
आइतबार काठमाडाैंका यी स्थानमा विद्युत लाइन काटिने
काठमाडौँ – नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास...
-
२०७७ भाद्र ७, आइतबार
टोखामा बन्याे १७ शैय्याको ‘आइसोलेसन सेन्टर’
काठमाडौँ – टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ । कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको शनिबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन...
-
२०७७ भाद्र ५, शुक्रबार
उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित...


