उपत्यका
-
२०७७ भाद्र १६, मंगलबार
काठमाडौं उपत्यकामा ४८१ नयाँ संक्रमित थपिए
काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ४८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले दिनुभएकाे जानकारी अनुसार संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।
-
२०७७ भाद्र १६, मंगलबार
कोरोनासँग लड्नका लागि एकजुट हुन मेयरको अनुरोध
विजयरत्न असंबरे – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको समाचार आएदेखि उहाँको स्वास्थ्य स्थिति बारे विभिन्न माध्यमबाट चिन्ता पोख्नेहरुको संख्या निकै बढ्न थालेको छ भने आफ्नो स्वास्थ्य स्थिति बारे चिन्ता लिने शुभचिन्तकहरुलाई धन्यबाद व्यक्त गर्दै उहाँले आज एक विज्ञप्ति जारी गर्नु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कोरोनालाई परास्त गरी...
-
२०७७ भाद्र १५, सोमबार
ईन्द्रजात्रा स्थगित, क्षमा पूजा थालियाे
काठमाडाैं – कोराेना जाेखिम बढेसँगै सरकारले निषेधाज्ञा लागु गरेपछि यसकाे प्रत्यक्ष असर काठमाडाैंकाे ठूलाे जात्रा ईन्द्रजात्रामा परेकाे छ । निषेधाज्ञाका कारण यस वर्ष कुमारी भैरव र गणेशकाे रथयात्रा नहुने भएकाे छ । रथयात्रा नहुने भएपछि जात्रासँग सम्बन्धित कुमारी गणेश भैरव लाखे सवःभक्कु व देव खलकहरुले विधिपूर्वक क्षमा पूजा गरेकाे छ । यसैक्रममा ईन्द्रजात्रा अवधिभर निकालिने किलागलकाे पुलुकिसिकाे पनि...
-
२०७७ भाद्र १५, सोमबार
स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा, कताबाट कुन समय बस पाइन्छ हेर्नुहाेस्
काठमाडौँ – उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो । भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा...
-
२०७७ भाद्र १५, सोमबार
सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुख नियुक्त
ललितपुर : ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी दिएको छ। ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित ललितपुर महानगरपालिकाले आइतबार नियुक्त गरेको हो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको...
-
२०७७ भाद्र १५, सोमबार
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि दुवैकाे स्वाब परीक्षण गरिँदा मेयर शाक्यकाे रिपाेर्ट पाेजेटिभ आएकाे जनाइएकाे छ । मेयर शाक्यको सचिवालयले जनाए अनुसार दुई दिनअघि स्वाब दिएका शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको...
-
२०७७ भाद्र १४, आइतबार
भक्तपुरमा कोरोना संक्रमित एक पुरुषकाे मृत्यु
भक्तपुर – घरमै बसी उपचार गराइरहेका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु भएकाे छ । भक्तपुर दूधपाटी निवासी ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएकाे छ । यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । भक्तपुर नपाका भने यो दोस्रो मृत्यु हो । मृतक मधुमेह र उच्च रक्तचापका बिरामी र श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार अस्पताल लगिएको...
-
२०७७ भाद्र १४, आइतबार
ललितपुरका २९ वर्षीय काेराेना संक्रमितकाे पाटन अस्पतालमा मृत्यु
ललितपुर – पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुष मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।
-
२०७७ भाद्र १३, शनिबार
संक्रमण राेकथाममा भक्तपुरले थाल्याे तीव्र तयारी
भक्तपुर – जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने...
-
२०७७ भाद्र १३, शनिबार
पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु
काठमाडौं – कोरोना संक्रमणकाे उपचार गराइरहेका उपत्यकाका २ जनाकाे पाटन अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडाैंकी एक महिला र भक्तपुरकी एक महिला रहेका छन् । मृत्यु भएकामध्ये काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यसैगरी भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार विहान मृत्यु...
-
२०७७ भाद्र १२, शुक्रबार
उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेड निर्माणको तयारी
विजयरत्न असंबरे – उपत्यकामा संघीय सरकार र स्थानीय तहले एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन् । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समुदाय स्तर मै कोभिड—१९ को संक्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको हो भने उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग...
-
२०७७ भाद्र १२, शुक्रबार
उपत्यकामा संक्रमित बढ्दाे, एकैदिन ४१५ मा संक्रमण, देशभर ९२७ जना नयाँ संक्रमित पुष्टि
काठमाडौं – उपत्यकामा काेराेना संक्रमण भयावह देखिन थालेकाे छ । केही दिनअघिसम्म सयकाे संख्यामा देखिरहेका संक्रमितकाे संख्या आजकाे दिनसम्म आइपुग्दा एकैदिन ४१५ जनामा संक्रमण देखिएकाे छ । यसैगरी पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...


