उपत्यका
-
२०७७ भाद्र १८, बिहिबार
रातो मछिन्द्रनाथ रथयात्रामा प्रहरी दमनको नेवाः देय् दबूद्वारा विरोध
काठमाडौं – नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले ललितपुरमा आज (बिहीबार) भएको स्वतःस्फूर्त रथयात्राको क्रममा प्रहरीले गरेको दमनको घोर विरोध गरेको छ । नेवाः देय् दबू जिल्ला समिति ललितपुरका अध्यक्ष हिराकाजी महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरकार र सरोकारवालालाई दबाब दिन स्थानीय जनता, भक्तजन र संस्कृति सम्पदाप्रेमीहरुले रथयात्रा गर्न खोज्दा सरकारले गरेको लाठीचार्ज, पानीको फोहोरा...
-
२०७७ भाद्र १८, बिहिबार
साझा पार्टीले प्लाज्मा थेरापी गर्न सघाउने छ - माननीय प्रदेश सांसद शोभा शाक्य
विजयरत्न असंबरे – कोरोना भाइरसको संक्रमणको जोखिम झन झन बढ्दै गईरहेको र यसको उचित उपचार गर्न कुनै खोप वा औषधी नबनिसकेको यस विषम घडिमा साझा पार्टीले यस रोगको उपचारको रुपमा लिइएको प्लाज्मा थेरापी गराउन चाहनेहरुलाई सघाउने कुरा प्रकाशमा ल्याएको छ । यो प्लाज्मा थेरापी अन्तर्गत कोरोना संक्रमणलाई जितेका अर्थात कोरोना रोगको सफल उपचार गराएकाहरुको रगतलाई प्रयोग गरी संक्रमित रोगीको उपचार गरिने गरिन्छ र यो...
-
२०७७ भाद्र १८, बिहिबार
ललितपुरमा शुक्रबार कर्फ्यू
काठमाडौं – ललितपुर क्षेत्रमा भोलि शुक्रबार दिनभरिकाे लागि कर्फ्यू आदेश जारी भएकाे छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर आज दिनभर नै पुल्चोक क्षेत्र तनावग्रस्त बनेकाे थियाे ।
-
२०७७ भाद्र १७, बुधबार
क्षमापूजामा सीमित इन्द्रजात्रा, सुनसान हनुमानढोका
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा हेर्न यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्व हनुमानढोका दरबारको गद्दी बैठकमा जानुभएन । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले गर्नुभएको सङ्कल्पको पूजा सामग्री ल्याई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको क्षमा पूजा गरिएको गुठी संस्थान...
-
२०७७ भाद्र १७, बुधबार
इन्द्रदह मेला स्थगित
काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही...
-
२०७७ भाद्र १७, बुधबार
काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य
विजयरत्न असंबरे – बागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ भन्नुभएको छ भने यसको लागि नागरिक तहबाट पनि सहयोगको आवश्यक रहेको कुरा उल्लेख गर्नु भएको छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य...
-
२०७७ भाद्र १७, बुधबार
जोरपाटी–सुन्दरीजल सडकको काम शुरु
काठमाडौँ – बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बिस्तारित सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने काम भइरहेको आयोजना...
-
२०७७ भाद्र १७, बुधबार
उपत्यकाका ३८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हिजाे मंगलबारमात्र उपत्यकामा ४८१ जनामा संक्रमण देखिएकाे थियाे ।
-
२०७७ भाद्र १७, बुधबार
उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो
काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताकाे लागि थपिएकाे छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने जनाइएको छ। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी जारी निषेधाज्ञा आजै बुधबार...
-
२०७७ भाद्र १७, बुधबार
नयाँ निषेधाज्ञा खुकुलाे, के गर्न पाइने र के नपाइने हेर्नुहाेस्
काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा थपिएकाे एक हप्ते निषेधाज्ञा खुकुलाे बनाइएकाे छ । काठमाडाैं उपत्यकामा भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपिएकाे हो । अबकाे निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ । त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २...
-
२०७७ भाद्र १६, मंगलबार
कोरोनासँग लड्नका लागि एकजुट हुन मेयरको अनुरोध
विजयरत्न असंबरे – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको समाचार आएदेखि उहाँको स्वास्थ्य स्थिति बारे विभिन्न माध्यमबाट चिन्ता पोख्नेहरुको संख्या निकै बढ्न थालेको छ भने आफ्नो स्वास्थ्य स्थिति बारे चिन्ता लिने शुभचिन्तकहरुलाई धन्यबाद व्यक्त गर्दै उहाँले आज एक विज्ञप्ति जारी गर्नु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कोरोनालाई परास्त गरी...
-
२०७७ भाद्र १६, मंगलबार
उपत्यकाका निषेधाज्ञाबारे छलफल गर्न सिडिओहरू भर्चुअल बैठक बस्दै
काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने या नबढाउने विषयमा साझा धारणा बनाउन काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल बैठक बस्दैछन् । भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ। निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन् । तीन जिल्लाका...


