STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ श्रावण ११, आइतबार

    साउनको दोस्रो सोमबार पनि पशुपति नखुल्ने

    काठमाडौँ : साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ । अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति...

  • २०७७ श्रावण ११, आइतबार

    मतयाः पर्व स्थगन गर्न अनुरोध

    ललितपुर : गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो । गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मतयाः, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान)...

  • २०७७ श्रावण ११, आइतबार

    काष्ठमण्डपमा धुरी राखियो, पुनःनिर्माण ७० प्रतिशत सम्पन्न

    काठमाडौँ -  ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न...

  • २०७७ श्रावण ११, आइतबार

    विश्व नेवार बालप्रतिभा पुरस्कार सम्पन्न

    जनजातिखबर संवाददाता काठमाडौं – वल्र्ड नेवाः अर्गनाइजेशनको आयोजनामा भएको बालप्रतिभा प्रतियोगिताका विजयी बालबालिकाहरुको नाम घोषणा गरिएको छ । ग्लोबल नेवाः चिल्ड्रेन्स टेलेण्ट नाम दिइएकोे बालप्रतिभा खोज्ने प्रतियोगितामा ४९ विधा समावेश थियो । ६ वर्षमुनिका ६ वटा र ६ वर्षमाथिका ४३ विधा समाविष्ट प्रतियोगितामा एकजना सहभागीले एकभन्दा बढी विधामा आफ्नो प्रतिभा देखाउन सक्दथ्यो । यस विधामा सजगता मानन्धर,...

  • २०७७ श्रावण १०, शनिबार

    सिंहदरबारको मुल गेटको स्वरुप फेरियो

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ गर्दा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकिए पछि ज्ञवालीका आँखा दैनिक दजर्नौ झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने...

  • २०७७ श्रावण १०, शनिबार

    रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न (तस्बिर सहित)

    ललितपुर : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उहाँलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको...

  • २०७७ श्रावण १०, शनिबार

    धमाधम उद्यान निर्माण गर्दै कामपा

    काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान (पार्क)को शिलान्यास भएको छ । विसं २०५५ मा गुरुयोजना बनाएर उद्यान निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म कार्यन्वयन हुनसकेको थिएन । बहुवार्षिक योजनामा राखेर चालू आर्थिक वर्षका लागि महानगरले रु एक करोड ५० लाख छुट्याएपछि काम अघि बढेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज सो उद्यानको शिलान्यास गर्दै बजेट नपुगेर योजना अलपत्र हुने अवस्था...

  • २०७७ श्रावण ९, शुक्रबार

    नेपालभाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन हुने

    काठमाडौं – नेपालभाषाका साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेवाः हलिं गुथिले आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालभाषामा लेखिएका साहित्यिक रचनाहरुको अन्तर्राष्ट्रिय भाषाबाट पाठ हुने भएको छ । यही भदौ १ गते सोमवाः साँझको ६ बजे सो सम्मेलन हुन गइरहेको गुथिले जानकारी दिएको छ । साहित्य सम्मेलनमा पाठ भएका रचनाका साहित्यकारहरुलाई ई–प्रमाणपत्र पनि दिइने भएको छ भने पाठ भएका रचनाहरुको संकलन गरी...

  • २०७७ श्रावण ९, शुक्रबार

    सार्वजनिक सवारी त चले, यात्रु भएनन्

    काठमाडौँ :  यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर...

  • २०७७ श्रावण ९, शुक्रबार

    चन्द्रागिरिमा ‘एक घर, एक धारा’

    काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् । ज्येष्ठ नागरिकको अनुभव उच्च राख्न ज्येष्ठ नागरिक सम्मान, अनुभव ग्रहण तथा देशदर्शन गराउनुका साथै अपाङ्गता भएका...

  • २०७७ श्रावण ८, बिहिबार

    व्यक्तिले कब्जा गरेका सबै जग्गा फिर्ता लिएर पार्क निर्माण गर्नेछौं : मेयर शाक्य

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्बोधन गर्दै नेपालले पुष्पलाल को सम्झनामा...

  • २०७७ श्रावण ८, बिहिबार

    बुंगद्यः अर्थात मच्छिन्द्रनाथको रथारोहण १० गते नै हुने

    विजयरत्न असंबरे सहकालका प्रतिक स्वरुप प्राचीन कालदेखि आराध्य देवका रुपमा पुजिंदै आएका बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको रथ जात्राको लागि रथारोहण बेला बेलामा तय हुँदै स्थगित गर्दै आएको र पछिल्लो समयमा श्रावण १० गते तय गरिएको थियो भने त्यो पनि स्थगित गरिएको सुचना जारी भएकोमा अन्ततः साउन १० गते नै गर्ने सम्बन्धित गुथियार र सरोकारवालाहरुले विस्तृत छलफल पश्चात निर्णय गरेको छ । रथारोहणका लागि...

Pages