STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ जेठ २१, बुधबार

    विदेशबाट फर्किएकालाई राख्न ललितपुर महानगरपालिकाले होल्डिङ सेन्टर खोल्ने

    काठमाडाैं - ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।   कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औंल्याउँदै सरकारले असार दोस्रो सातापछि अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ । विदेशबाट...

  • २०७७ जेठ २१, बुधबार

    काठमाडौं मेडिकल कलेजको आकस्मिकलगायत सबै सेवा बन्द

    काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना र स्वास्थ्यकर्मी २ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को...

  • २०७७ जेठ २१, बुधबार

    मैतीदेवीका पसलहरु दिउँसो १ बजेसम्म खोल्ने सहमति

    काठमाडौं – व्यापारीहरुको विरोधपछि मैतीदेवका पसलहरु बिहीबारदेखि दिउँसो १ बजेसम्म खोल्न मौखिक रूपमा सहमति भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मैतीदेवीका व्यापारीले बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए । विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन् । दिउँसो १ बजेसम्म पसल खोल्ने दिने विषयमा कुनै लिखित सम्झौता भने नभएको जनाइएको छ ।

  • २०७७ जेठ २१, बुधबार

    बिहीबारदेखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खोल्ने व्यवसायीहरुकाे निर्णय

    काठमाडौं । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने...

  • २०७७ जेठ २०, मंगलबार

    ज्येष्ठ नागरिक भत्ता बाँड्न महानगरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा

    जेष्ठ नागरिक भन्छन्– ‘सरकार घर–दैलोमै आएको अनुभूति भयो’ विजयरत्न असंबरे काठमाडौँ । लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो । वडाध्यक्ष महर्जनले मालीको हातमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ताका रुपमा रु १२ हजार थमाएपछि...

  • २०७७ जेठ १९, सोमबार

    कालीमाटी वृत्तका सबै प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडाैं - महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यसमातहत सबै प्रहरीको कोरोनाभाइरसको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। जेठ ६ गते दुई प्रहरीमा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो। आइतबार त्यहाँभित्र रहेका सबै प्रहरी अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि काम सुचारू भएको छ। दुई जनामा संक्रमण देखिएपछि २३० भन्दा बढीको परीक्षण गरिएको थियो ।...

  • २०७७ जेठ १८, आइतबार

    नेवार समुदायलाई लकडाउनमा सचेत र सतर्क रहन नेवाः जागरण मञ्चको आह्वान

    काठमाडौं – लकडाउन लम्बिँदै जाँदा यसले विकराल रुप लिई विविध समस्या दिइरहेको सन्दर्भमा नेवाः जागरण मञ्चले एक वक्तव्य प्रकाशित गरी नेवार समुदायलाई विभिन्न पहलहरु गर्न सार्वजनिक आह्वान गरेको छ । मञ्चका अध्यक्ष सुजीव वज्राचार्यले आइतबार निकालेको वक्तव्यमा लकडाउनको समय एकापसमा मानवीय र आर्थिक सहयोगको भावना जागृत गरी व्यक्तिगत र संघसंस्थामार्फत् पहल लिन अनुरोध गरेको छ । यसैगरी, लकडाउनपश्चात् आउनसक्ने...

  • २०७७ जेठ १७, शनिबार

    कोभिड जस्तो अदृष्य शत्रुसँगको लडाईँ जित्न सबैको सहकार्य आवश्यक : मेयर शाक्य

     विजयरत्न असंबरे काठमाडौँ महानगरले चिकित्सक संघलाई ज्याकेट प्रदान आफ्नो ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण...

  • २०७७ जेठ १६, शुक्रबार

    डेंगुबाट सुरक्षित रहन कीटनाशक औषधि छरियो

    काठमाडौं – उपत्यका गर्मी र लामखुट्टे बढेसँगै डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि विभिन्न वडामा केही दिनअघिदेखि कीटनाशक औषधि छर्किने काम हुँदैछ । काठमाडौंको भित्री शहरका सम्पूर्ण वडाका मुख्य सडकसहित गल्ली र चोकहरुमा कीटनाशक औषधि छर्किएको छ । काठमाडौं महानगरपालिका वातावरण विभागले कोरोना भाइरसको संक्रमण बढिरहेको समय डेंगुको प्रकोप नहोस् भनेर लामखुट्टेनाश औषधि छर्किएको बताएको छ । गत वर्ष उपत्यकाको...

  • २०७७ जेठ १०, शनिबार

    भक्तपुरका जनप्रतिनिधिलाई काेराेना संक्रमण

    एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ । उनकाे रिपोर्टमा पोजेटिभ आएपछि उनकाे टोल...

  • २०७७ जेठ १०, शनिबार

    ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, अस्पताल नै सिल गर्ने तयारी

    काठमाडौं - काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल नै सिल गर्ने तयारी भइरहेकाे छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको तर त्यहाँ कार्यरत कर्मचारी रहेकाे अस्पतालले जनाएको छ ।

  • २०७७ जेठ १०, शनिबार

    कीर्तिपुरका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    काठमाडौं – कोरोना परीक्षणअन्तर्गत आरडिटी परीक्षणमा पोजेटिभ आएका कीर्तिपुरका ९ जना स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले शनिबार दिएको रिपोर्टमा तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरु राराहिल स्कुल र त्रिविको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनबाट घर जान अनुमित मिलेको छ । मेयर रमश...

Pages