उपत्यका
-
२०८१ जेठ २१, सोमबार
गोदावरीका मेयरसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ। आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट...
-
२०८१ जेठ २१, सोमबार
सडक निर्माण रोक्न न्युरोडमा नगर प्रहरी, स्थानीयबासीसँग भनाभन
काठमाडौं - सडक निर्माण रोक्न काठमाडौं महानगर प्रहरी पुगेपछि न्यूरोड क्षेत्र तनावग्रस्त बनेको छ। काम रोक्न महानगर प्रहरी पुगेपछि स्थानीयहरूले सडक निर्माणको काम रोक्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ। काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने भन्दै न्यूरोड सडक किनाराको पीच भत्काएको थियो। महानगरले भत्काएको उक्त आज सडक विभागले बनाउन थालेको थियो। स्थानीयहरूले...
-
२०८१ जेठ २१, सोमबार
महानगरले भत्काएको न्युरोड सडक विभागले टाल्दै
काठमाडौं - काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्यूरोडको पीच सडक विभागले निर्माण गर्न सुरू गरेको छ। स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए। त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहले फुटपाथ विस्तार गर्न सडकको आकार घटाएका थिए । त्यसलाई रोक्न सडक विभागले...
-
२०८१ जेठ १८, शुक्रबार
टिचिङ हस्पिटलको कम्पाउण्डभित्रका दुईवटा फार्मेसीमा महानगरले लगायो ताला
काठमाडौं – काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल((टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुईवटा निजी फार्मेसीमा ताला लगाएको छ। अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिए। उनले भने, ‘हामी अर्कै...
-
२०८१ जेठ १४, सोमबार
सगरमाथा आरोहणमा कीर्तिमान बनाएकी श्रेष्ठलाई काठमाडौंमा भव्य स्वागत
काठमाडौं - एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको हो । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी थिइन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो ।...
-
२०८१ जेठ १३, आइतबार
सडक मर्मत समयमै नसकाएपछि सडक डिभिजन कार्यालयलाई बालेनको धुलो उपहार
काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सडक विभागलाई १ ट्रक धुलो उपहार पठाएका छन् । उक्त धुलो विभागको गेटैमा खन्याइएको छ । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई भने दैनिक १ ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन् । कलङ्कीदेखि महाराजगन्जसम्मको बाटो सुधार र मर्मत नहुँदा विगत १५ वर्षदेखि जनताले सास्ती खेप्नु परेको र महानगरले गाली खानुपरेको भन्दै महासेठलाई...
-
२०८१ जेठ १२, शनिबार
आज काठमाडौंको तापक्रम यो वर्षकै बढी
काठमाडौं - काठमाडौंको अधिकतम तापक्रम शुक्रबार ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज यो वर्षका लागि अहिलेसम्मकै बढी तापक्रम मापन गरिएको हो । “यो यस वर्षका लागि आजसम्मको बढी तापक्रम हो,” महाशाखाका मौसमविद् अधिकारीले भने । यसअघि गएको शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार भने काठमाडौंको अधिकतम...
-
२०८१ जेठ ७, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाह पाटन दरबारमा
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। उनले हिरण्यगर्भ महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे। उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए।
-
२०८१ बैशाख ३०, आइतबार
एभिन्यूज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक
एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक परेको छ । उनकी श्रीमति प्रदिता राज राजकर्णिकारको ६० वर्षको उमेरमा गएराति निधन भएको हो । मुटुसम्बन्धी समस्याका कारण राति एक बजेर छत्तिस मिनेट जाँदा राजकर्णिकारको निधन भएको हो । उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ । पशुपतिमा प्रदिता राज राजकर्णिकारलाई श्रद्धाञ्जली प्रकट गर्न नेपाल उद्योग बाणिज्य महासंघका...
-
२०८१ बैशाख २९, शनिबार
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने
काठमाडौं - आजदेखि काठमाडौंका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबारदेखि सोमबारसम्म काठमाडौंको पाटीचोक,...
-
२०८१ बैशाख २२, शनिबार
कोटेश्वरको जाम हटाउन फ्लाइओभर सुरूङमार्ग निर्माण गरिने
काठमाडौं - अत्यधिक सवारी चापका कारण खेप्नुपरेको जामको मारलाई हटाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगबाट तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनी सुरूङमार्ग बनाइने भएको छ । ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’का रूपमा यस्तो संरचना बन्न लागेको हो । यसको निम्ति जाइका र नेपाल सरकारबीच परियोजना अघि बढाउन ऋण सम्झौताको...
-
२०८१ बैशाख २२, शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौं- काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ। शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ। इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक...


