STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ बैशाख २२, शनिबार

    काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुँदै

    काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा भोलि आइतबारदेखि  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो।  यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि...

  • २०८१ बैशाख १२, बुधबार

    हाँडिगाउँमा ‘तिसा मालेगु’ जात्रा सम्पन्न

      काठमाडौं - काठमाडौंको हाँडीगाउँमा ‘तिसा मालेगु’ (गहना खोज्ने) जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा...

  • २०८१ बैशाख ५, बुधबार

    सेतो मच्छिन्द्रनाथको रथलाई असन पुर्‍याइयो, आज हनुमानढोका पुर्‌याइने

    काठमाडौं - काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरू भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । मंगलबार अपराह्न चार बजे तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइएको छ भने आज असनबाट हनुमानढोका पुर्‍याइने छ । सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत...

  • २०८१ बैशाख ३, सोमबार

    बोडेमा सकियो म्ये प्वाः खनेगु जात्रा

    बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो। हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो।  बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध म्ये प्वाः खनेगु(...

  • २०८१ बैशाख ३, सोमबार

    मध्यपुरथिमिबासीले सिन्दुर खेलेर मनाए सुथसिया जात्रा

    भक्तपुर— मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन्। बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दालेआइतबार बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन्।  थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय...

  • २०८१ बैशाख ३, सोमबार

    सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न सुरु गरेको छ । चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने उद्देश्यसहित ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक स्थलका भित्तामा कलात्मक चित्र कोर्न सुरु गरिएको महानगरले जनाएको छ । यस विषयमा १७ फागुन २०८० मा महानगर र प्रतिष्ठानबीच सम्झौता भएको थियो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र...

  • २०८० चैत्र २९, बिहिबार

    नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

    काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर...

  • २०८० चैत्र २७, मंगलबार

    असनमा द्यः ल्वाकेगु जात्रा सम्पन्न

    काठमाडौं - काठमाडौंको व्यस्त बजार असनमा सोमबार अजिमाहरुको द्यः ल्वाकेगु जात्रा सम्पन्न भएको छ । रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका स्थानीयहरुले कंग अजिमा, लुँमधि अजिमा र वँतु अजिमाको तीनवटा खट घुमाएर द्यः ल्वाकेगु जात्रा सम्पन्न गरेका छन् । यसक्रममा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ ।...

  • २०८० चैत्र २७, मंगलबार

    काठमाडौंमा घोडेजात्रा मनाइयो

    काठमाडौं - चैत्र कृष्ण औँसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सँस्कृतिलाई निरन्तरता दिँदै काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।...

  • २०८० चैत्र १८, आइतबार

    सामुदायिकतर्फ जेठो संस्था केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस सम्पन्न

    सामुदायिकतर्फ नेपालको जेठो संस्था केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ  । हजारौंको संख्यामा सहभागी हुने सो भोज कार्यक्रमको जिम्मेवारी यो वर्ष काठमाडौं ईन्द्रचोकस्थित वाका देय् वटु सनाः खलःले लिएको हो । आगामी वर्षको लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः खलःलाई परम्परागत भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ । वटु टोलका विजय...

  • २०८० चैत्र १४, बुधबार

    सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको...

  • २०८० चैत्र १३, मंगलबार

    महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

    नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गरिएको  साधना महिला पत्रकारिता सम्मानबाट ६ जना महिला पत्रकार सम्मानित भएका छन् ।  सो सम्मान आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई  साधना महिला पत्रकारिता सम्मान गर्नु  भएको हो  । साधना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा  पत्रकारमा  गोरखापत्र दैनिकका...

Pages