उपत्यका
-
२०८१ श्रावण ७, सोमबार
सिद्धिश्वरमान अक्षलोक साहित्यिक व्यक्तिहरूलाई सम्मान
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पुर्याएका साथै नेपाली संगीत, कला, र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका बाइस जना व्यक्तित्व र दुई संस्थालाई एक समारोहमा सम्मान गरेको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न समारोहमा अक्षलोक साहित्यिक पत्रिकाको ६७औ अंकको लोकार्पण पनि गरिएको थियो । समाज सेवी तथा राजनिती कर्मी विजय सुब्बा, नेपालभाषाकी...
-
२०८१ श्रावण ४, शुक्रबार
न्यूरोडमा अझै आन्दोलन जारी, महानगरको डोजरमाथि चढे स्थानीयवासी
काठमाडौं - न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच उत्पन्न भएको तनाव अझै साम्य भएको छैन । महानगरले डोजर चलाउने प्रयास गरेपछि स्थानीयवासी फेरि प्रतिकारमा उत्रिएका छन् । न्यूरोडमा सडक पेटी विस्तारका लागि महानगरले काम थालेपछि बिहानैबाट टकराब बढेको थियो । स्थानीयले अवरोध गरेपछि महानगरले काम गर्न पाएन । नगर प्रहरी र स्थानीयबीच बारम्बार घम्साघम्सी भएको थियो । अहिले बेलुकीपख बाक्लो संख्यामा प्रहरीको...
-
२०८१ श्रावण ४, शुक्रबार
काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि
काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो । परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम पोलियो मुक्त देश घोषणा भएको १० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको बताए । तर, पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । उनका...
-
२०८१ आषाढ २७, बिहिबार
भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो । सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । तीन वर्षमा रु ३४ करोड ७० लाखको लागतमा निर्माण...
-
२०८१ आषाढ २५, मंगलबार
काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। मंगलबार बसेको नगर सभाको बैठकले गामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। नीति तथा कार्यक्रमसँगै महानगरको बजेट पनि सर्वसम्मत पारित भएको छ। वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो।
-
२०८१ आषाढ २४, सोमबार
ऐतिहासिक धारा पुनःनिर्माण
ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभयो...
-
२०८१ आषाढ २२, शनिबार
हनुमन्ते खोलाले आफ्नो क्षेत्र ओगटेपछि बस्ती पस्यो
भक्तपुर - लगातारको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलाले आफ्नो क्षेत्र लिएपछि बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी वर्षाका कारण हरेक वर्ष...
-
२०८१ आषाढ २२, शनिबार
वाग्मती नदी टेकु दोभानसम्म उर्लियो
काठमाडौँ - काठमाडौँको टेकु दोभान डुबानमा परेको छ । अविरल वर्षासँगै नदी उर्लिएर आएपछि बाढी आवास क्षेत्रमा प्रवेश गरेको हो । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।
-
२०८१ आषाढ १५, शनिबार
ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण
ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताउनुभयो ।...
-
२०८१ आषाढ १०, सोमबार
बालेनप्रति नगरसभा सदस्यहरूद्वारा कटाक्ष
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति नगरसभा सदस्यहरुले कटाक्ष गरेका छन्। महानगरको जारी १५औँ नगरसभा अन्तर्गत सोमबारको बैठकमा नगरसभा सदस्य (कार्यपालिका सदस्य)हरुले कटाक्ष गरेका हुन्। नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयर बालेनले केही समय अघि सिंहदरबार जलाउँछु भनेको विषयलाई लिएर आक्रोश व्यक्त गरिन्। उनले आफ्नो व्यक्तिगत रिसइबीले सिंहदरबार जलाउँछु भन्दा सरकारले...
-
२०८१ आषाढ १०, सोमबार
ढुङ्गेधारा छ, पानी छैन
भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्नुहुन्छ, “धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।” त्यसो त पहिला पहिला अहिलेजस्तो...
-
२०८१ आषाढ ९, आइतबार
नदी सफाइ गर्दै काठमाडौँ महानगर
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् । सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर...


