उपत्यका
-
२०८१ श्रावण १७, बिहिबार
बुंगःद्यः (रातो मच्छिन्द्रनाथ)को रथलाई जावलाखेल पुर्याइयो
ललितपुर - वर्षा र सहकालका देवताका रूपमा पूजिने बुंगःद्यः- रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको छ। ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयवाबासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँबासीले संयुक्तरूपमा रथलाई तानेर जावलाखेल पुर्याएका हुन्। सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। परम्परागत बाजा, झाँकीसहित रातो मछिन्द्रनाथको रथ...
-
२०८१ श्रावण १७, बिहिबार
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइँदै
पाटन, वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पु¥याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिनुभएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पु¥याइनेछ । सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र...
-
२०८१ श्रावण १६, बुधबार
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प
गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ । “डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका...
-
२०८१ श्रावण १६, बुधबार
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको...
-
२०८१ श्रावण १६, बुधबार
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी
काठमाडौँ - गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् । बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलाको बाढी किनारको...
-
२०८१ श्रावण १६, बुधबार
भक्तपुरका विभिन्न स्थान डुबानमा
भक्तपुर - गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना,...
-
२०८१ श्रावण १५, मंगलबार
भक्तपुर दधिकोटको खोला बस्तीमा पस्दा ३० घर डुबानमा
भक्तपुर, १५ साउनः सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको रु ३० लाखभन्दा बढी क्षति भएको छ ।मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि...
-
२०८१ श्रावण १४, सोमबार
श्रावण १७ गते रथजात्रा : रातो मच्छिन्द्रनाथको फूल–प्रसाद कीर्तिपुरकी याकः मिसालाईहस्तान्तरण
कीर्तिपुर/बुंगद्यः करुणामय रातो मच्छिन्द्रनाथको रथ आउँदो श्रावण १७ गते बिहिवार लगनखेलबाट जावलाखेल तान्ने जात्रा हुने भएको छ । लगनखेलबाट जावलाखेल रथ तान्ने चार दिन अगाडि आज सोमबार श्रावण १४ गते कीर्तिपुरको २ वडास्थित प्यंगःथांमा रातो मच्छिन्द्रनाथको जलपानेजुको हातबाट याकःमिसालाई फूल–प्रसाद हस्तान्तरण गर्नुभएको थियो । फूल–प्रसाद हस्तान्तरणसंगै याकःमिसालाई नेपाल सरकार गुठी संस्थान शाखा कार्यालय...
-
२०८१ श्रावण ११, शुक्रबार
नकर्मीको शोकमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
काठमाडौं - आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका...
-
२०८१ श्रावण ११, शुक्रबार
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको मृत्यु, आज नगरपालिकामा शोक बिदा
काठमाडौं - कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार राति पौने ११ बजे वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कांग्रेसबाट मेयरमा निर्वाचित भएका निकर्मी विगत लामो समयदेखि मृगौला रोगबाट पीडित थिए। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा राखिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद...
-
२०८१ श्रावण १०, बिहिबार
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मी वीर अस्पतालको सघन उपचार कक्षमा
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गरप्रमुख नकर्मीको अहिले वीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।स्वास्थ्य अवस्था बिग्रिएपछि नगर प्रमुख नकर्मीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।
-
२०८१ श्रावण ७, सोमबार
मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति
काठमाडौँ - काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज...


