STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ आषाढ १०, सोमबार

    बालेनप्रति नगरसभा सदस्यहरूद्वारा कटाक्ष

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति नगरसभा सदस्यहरुले कटाक्ष गरेका छन्।  महानगरको जारी १५औँ नगरसभा अन्तर्गत सोमबारको बैठकमा नगरसभा सदस्य (कार्यपालिका सदस्य)हरुले कटाक्ष गरेका हुन्।  नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयर बालेनले केही समय अघि सिंहदरबार जलाउँछु भनेको विषयलाई लिएर आक्रोश व्यक्त गरिन्। उनले आफ्नो व्यक्तिगत रिसइबीले सिंहदरबार जलाउँछु भन्दा सरकारले...

  • २०८१ आषाढ १०, सोमबार

    ढुङ्गेधारा छ, पानी छैन

    भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्नुहुन्छ, “धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।” त्यसो त पहिला पहिला अहिलेजस्तो...

  • २०८१ आषाढ ९, आइतबार

    नदी सफाइ गर्दै काठमाडौँ महानगर

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले  अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् ।  सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर...

  • २०८१ आषाढ ९, आइतबार

    तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक प्रोत्साहन भत्ता दिने

    काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु. पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ ।  तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु। पाँच हजार प्रदान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई...

  • २०८१ आषाढ ६, बिहिबार

    ललितपुर महानगरको नीति : जनताको कर, जनतालाई खबर

    काठमाडौं- ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ।  महानगरपालिकाको पाँचौं नगरसभा बैठकमा बुधबार आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कर असुली प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउन विद्युतीय राजस्व प्रणालीलाई स्तरोन्नति गरिने बताइन्। यसका लागि महानगरले नगरवासीबाट...

  • २०८१ आषाढ ५, बुधबार

    ‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताउनुभएको छ । आज काठमाडौँमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले समाजमा जागरणको सशक्त माध्यमका रूपमा रहेको संस्कृतिलाई पर्यटनसँग जोड्नसके समृद्धिमा योगदान पुग्ने बताउनुभयो । मन्त्री तामाङले संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र...

  • २०८१ आषाढ ५, बुधबार

    शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

    मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो...

  • २०८१ आषाढ ४, मंगलबार

    राजाेपाध्याय समाजमा संजय शर्मा निर्विरोध अध्यक्ष

    काठमाडौं उपत्यकाका देव ब्राह्मण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको नव निर्वाचित कार्य समितिमा फेरी एक पटक संजय शर्मा राजोपाध्यायलाई नै अध्यक्ष छानेका छन्  । उनी निर्विरोध छानिएका हुन् । गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनबाट नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक पनि अध्यक्ष चयन गरेको हो । नव निर्वाचित अध्यक्ष संजय शर्मा राजोपाध्यायले आधुनिक...

  • २०८१ आषाढ ३, सोमबार

    उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार

    काठमाडौं - श्रम ऐनअनुसार तलब सुविधा पाउनुपर्ने मागसहित पेट्रोलियम मजदूरहरूले डिपोबाट इन्धन नउठाएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । निजी क्षेत्रका पम्पले इन्धन नबेचेपछि सोमबार बिहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधारणको लाइन लागेको हो । निजी क्षेत्रका पम्पले आइतबारदेखि नै इन्धन बेचेका छैनन् ।  भद्रकाली र लगनखेलमा रहेको सेनाको पम्पमा लामो लाइन देखिएको छ...

  • २०८१ जेठ ३०, बुधबार

    नक्साल गाःहिति पुनरुत्थान : पानीको निकास थुन्नेलाई जरिवाना

    काठमाडौं - नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल गाःहिति पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए । समस्या पहिचान गर्ने क्रम गएको वर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका...

  • २०८१ जेठ २९, मंगलबार

    चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

    देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त रूपमा  प्रशिक्षणको उद्घाटन गर्नुभयो । नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म...

  • २०८१ जेठ २७, आइतबार

    उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा

    ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवनकुमार श्रेष्ठले लेन अनुशासन,...

Pages