STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ भाद्र २९, बुधबार

    महारानी एलिजाबेथको अन्त्येष्टमा परराष्ट्रमन्त्रीले सहभागिता जनाउने

    काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  भदौ २३ गते निधन भएको महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ। सोही समारोहमा परराष्ट्रमन्त्री खड्का सहभागी जनाउने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

  • २०७९ भाद्र २९, बुधबार

    राष्ट्रपतिबाट ६ वटा विधेयक प्रमाणिकरण

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणिकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा...

  • २०७९ भाद्र २८, मंगलबार

    भीआईपी र भीभीआईपी नचिनेका हर्क साम्पाङ

    काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी र भीभीआईपी ? भन्दै प्रश्न गरेका छन् । मंगलबार सोसल मिडिया फेसबूकमार्फत् मेयर राईले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्ततामाथि ब्यङ्ग्य गर्दै यस्तो प्रश्न गरेका हुन् । मेयर राईले आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको बताउँदै आफूलाई न गार्ड चाहिएको न त आसेपासे नै भन्दै हावाहरुको...

  • २०७९ भाद्र २८, मंगलबार

    चिनियाँ नेता ली दिनभरिकाे भेटघाटमा व्यस्त

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले मंगलबार प्रमुख राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवाादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका लीले बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई भेटेका थिए । संसद...

  • २०७९ भाद्र २८, मंगलबार

    जबरासँगकाे पहिलाे चरणकाे बयान सकियाे

    काठमाडौं - महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा नाम लिएकाहरूसँग पनि बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकले भाेलि उनीहरूलाई बोलाउने निर्णय गरेको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले राणाले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतसँग पनि बयान लिन लागेकाे हाे ।  जबरासँगको एकसराे बयान सकेको छ ।अब उनले...

  • २०७९ भाद्र २८, मंगलबार

    लीले आज प्रधानमन्त्री देउवा, ओली र प्रचण्डलाई भेट्दै

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज विभिन्न शीर्ष नेताहरूलाई भेट्दैछन् । यसैक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अध्यक्ष ली बीच मङ्गलबार बिहान नौ बजे सङ्घीय संसद् भवनमा भेटवार्ताको कार्यक्रम तय भएको छ । सङ्घीय संसद् भवनमा नै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। सङ्घीय संसद् भवनमा नै नेकपा (माओवादी...

  • २०७९ भाद्र २७, सोमबार

    चिनियाँ जनकंग्रेसका सभामुख लि चान्सु नेपालमा

    काठमाडौं - नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपाल आइपुगेका छन् ।  उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् । सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटलमा केही...

  • २०७९ भाद्र २७, सोमबार

    मिटरब्याज पीडितहरुमाथि प्रहरीकाे लाठी प्रहार

    काठमाडौं - मिटरब्याज पीडितहरुमाथि प्रहरीले कीर्तिपुरमा बल प्रयोग गरेको छ ।  सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका उनीहरुमाथि प्रहरीले लाठी प्रहार गरेकाे हाे । प्रहरीको कुटाईबाट ४–५ किसान तथा युवाहरु घाइते भएका छन् । कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु ४१ दिनदेखि  कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए ।  प्रहरीले करिब २०...

  • २०७९ भाद्र २७, सोमबार

    बालुवाटारमा गठबन्धनको बैठक जारी

    काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । आगामी निर्वाचनमा सिट बाँडफाँडको अन्तिम रुप दिनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो । यसअघि सिट बाँडफाँडका लागि बनेको कार्यदलले पूर्णरुपमा निस्कर्ष दिन नसकेपछि आज शीर्ष नेताहरुको बैठक बसिरहेको हो । आजको बैठकले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी छ । बैठकले सिट बाँडफाँटमा औपचारिक...

  • २०७९ भाद्र २५, शनिबार

    प्रतिनिधिसभाको आजको बैठक स्थगित

    काठमाडाैँ - प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिनुभयो । “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने...

  • २०७९ भाद्र २०, सोमबार

    नेपाली सेनालाई चार घोडासहित र२२ करोड ३८ लाखकाे सामग्री सहयाेग

    काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ ।  विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले उक्त सामग्री...

  • २०७९ भाद्र १९, आइतबार

    नेपाल आइपुगे भारतीयस्थल सेनाध्यक्ष

    काठमाडौं - भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिनका लागि पाण्डेलाई नेपाल बोलाइएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ । मनोज पाण्डेलाई सोमबार (भोलि) सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिइनेछ । उक्त अवसरमा...

Pages