राजनीति
-
२०७९ भाद्र १२, आइतबार
नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा
काठमाडौं - राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि...
-
२०७९ भाद्र ११, शनिबार
आइतबार राष्ट्रियसभाको बैठक बस्ने
काठमाडौं - राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने छन् । यस्तै सचिव फुयालले नै प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित...
-
२०७९ भाद्र ११, शनिबार
कांग्रेसबाट दोहोरिएर समानुपातिकमा बस्न नपाउने
काठमाडौं - नपाली कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित नेताहरुलाई पुनः समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ। कांग्रेसले तल्ला तहका समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गर्दा ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ सिफारिस नगर्न निर्देशन दिएको हो।...
-
२०७९ भाद्र ११, शनिबार
एकपटक जितिसकेका व्यक्ति फेरि प्रत्यक्षबाट लड्नसक्ने : एमाले
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ। ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रतयक्ष निर्वाचित हुने क्षेत्रमा 'कतिपटक उम्मेदवार' भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले...
-
२०७९ भाद्र ८, बुधबार
देउवा भेट्न ओली वालुवाटारमा
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवाटार पुगेका छन् । सत्ताबाट बाहिरिएपछि विरलै प्रधानमन्त्री निवास वालुवाटार विरलै पुग्ने गरेका ओली बुधबार भने बिहानै देउवा भेट्न वालुवाटार पुगेका हुन् । कानुन निर्माणका साथै दिर्घकालीन महत्वका निर्णयहरु प्रतिपक्षी दलसँग सल्लाह नगरी सरकारले एकलौटी निर्णय गरिरहेको एमालेको आरोप छ । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग...
-
२०७९ भाद्र ८, बुधबार
नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो स् अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो । नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै...
-
२०७९ भाद्र ५, आइतबार
मंसिर ४ को निर्वाचनका लागि १० अर्ब बजेट लाग्ने
काठमाडौं - निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र संघको निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । सोबारे मन्त्रालय र आयोगबीच छलफल भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी गराएका छन् । उनका अनुसार आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ भने कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान गरिएको छ । निर्वाचनमा ५७ प्रकारका निर्वाचन...
-
२०७९ भाद्र ४, शनिबार
नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र तयारी समिति
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो । उपाध्यक्ष कृष्णबहादुर महराले भनेका छन्, ‘आगामी निर्वाचनका लागि हामीले आजको बैठकबाट...
-
२०७९ भाद्र ४, शनिबार
माओवादी केन्द्रको महासचिवमा देव गुरुङ
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । शनिबार (आज) पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । त्यस्तै,...
-
२०७९ भाद्र ४, शनिबार
कांग्रेसले‘ जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने
काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर चुनावी अभियान घोषणा गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले मंसिर ४ को निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको जानकारी गराएका हुन् । उनका अनुसार ‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउने र...
-
२०७९ भाद्र ३, शुक्रबार
नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को मागबमोजिम विधेयक पारित गर्नका लागि मतदान भएको थियो । बैठकमा उपस्थित १९५ सांसदमध्ये...
-
२०७९ भाद्र ३, शुक्रबार
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित
काठमाडौं - प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बिहीबार जस्ताको तस्तै पारित भएको हो। प्रतिनिधिसभामा विधेयकमाथि मतदान हुँदा प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएराए । मतदानको पक्ष र विपक्षमा मतदान गर्नका लागि १९५...


