STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ भाद्र ३, शुक्रबार

    माओवादी महासचिवमा देव गुरुङ आउने

    काठमाडौं - नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरुको नामावली टुंगोमा पुर्याएको छ । बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुंगोमा पुर्याइएको पदाधिकारीको नाम प्रस्ताव पेश गर्ने छन् । महासचिवमा दाबेदार रहेका अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनको नाम काटेर महासचिवमा देव गुरुङ बनाइने पक्का भएको छ । महासचिवका दावेदारद्वय पुन र...

  • २०७९ भाद्र २, बिहिबार

    गठबन्धनबारे लोसपाले शुक्रबार टुङ्गो लगाउने

    काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धनमा बस्ने/नबस्नेबारे भोलि (शुक्रबार) टुंगो लगाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो । संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता...

  • २०७९ भाद्र २, बिहिबार

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने तयारी भएकाे छ।गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो।  यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट...

  • २०७९ भाद्र १, बुधबार

    चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै

    काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरू भएकाे छ । बिहीबार बसेकाे बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु भएकाे हाे । नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद...

  • २०७९ श्रावण २९, आइतबार

    चुनाव अघिल्लो दिन १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

    काठमाडौं - आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि...

  • २०७९ श्रावण २९, आइतबार

    मसँग उपचार गर्ने पैसा छैन : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनाे र श्रीमतीकाे नाममा भएकाे सबै सम्पत्ति सरकारकाे नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए । ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन...

  • २०७९ श्रावण २९, आइतबार

    शनिबारसम्म ४० दल दर्ता

    काठमाडौं - आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र...

  • २०७९ श्रावण २८, शनिबार

    उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई

    काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए...

  • २०७९ श्रावण २८, शनिबार

    शीतल निवासअघि निहारिकाद्वारा आत्मदाह प्रयास

    काठमाडौं - विगत एक सातादेखि न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गरेकी हुन् । शीतल निवास अगाडि आफ्नो शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले निहारिकालाई नियन्त्रणमा लिएको थियो । निहारिकाले साउन २० बाट आमरण अनशन सुरू गरेकी थिइन् । बसन्तपुर डबलीमा अनशन बसेकी उनले आफ्नो मागको सुनुवाइ...

  • २०७९ श्रावण २६, बिहिबार

    सिट बाँडफाँड गर्न गठबन्धन कार्यदलकाे बैठक बस्दै

    काठमाडौं - सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ । आगामी प्रदेश र संघको निर्वाचनमा सत्तारुढ दलहरुले के कति सिट बाँडफाँड गर्ने भन्न सम्बन्धमा निर्णय गर्न बनेको कार्यदलको दास्रो बैठक बस्ने भएको हो । बैठक दिउँसो २ बस्ने जनाइएको छ । निर्वाचनमा तालमेल गरेर जाने दलहरुबीच प्रारम्भिक सहमति भइसकेको छ । यद्यपि कुन दलले कति सिट लिने भन्ने विषय टुंगो लाग्न सकेको छैन। आजको...

  • २०७९ श्रावण २६, बिहिबार

    निर्वाचन तयारीका लागि नेकपा एसका केन्द्रीय नेताहरूलाई जिम्मेवारी

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव डा. वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको...

  • २०७९ श्रावण २४, मंगलबार

    आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्व : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । मंगलबार नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका हुन् । उनले आदिवासी जनजातिको भाषा, संस्कृति...

Pages