STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ जेठ २०, शुक्रबार

    नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको कामकाजी भाषा बनाइने

    काठमाडौं – नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको कामकाजी भाषा बनाउन मन्त्रिमण्डलमा छलफल हुनेभएको छ । खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरले जनजातिखबरडटकमका संवाददातलाई दिनुभएको जानकारी अनुसार भाषा आयोगबाट सिफारिस भइआएबमोजिम प्रदेशको कामकाजी भाषाको निर्णय गर्न मन्त्रिमण्डलको बैठकमा छलफल हुन लागेको हो । आइतबार बस्ने मन्त्रिमण्डलको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

  • २०७९ जेठ २०, शुक्रबार

    मूल्यवृद्धि अन्त्य गर्नुपर्ने सांसदका माग

    काठमाडौं - प्रतिनिधिसभाका सांसदले देशमा भएको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिले सर्वसाधारण जनतालाई आफ्नो दैनिकी चलाउनसमेत समस्या भएको बताए । सांसद पुष्पा...

  • २०७९ जेठ १९, बिहिबार

    बालेनलाई भेटेर प्रधानमन्त्री देउवाले भने "तपाईंले चमत्कार गर्नुभयो"

    काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले भेट गरेका छन्। सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले महानगरको प्रमुखमा विजयी भएकोमा शाहलाई बधाई दिँदै महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्। ‘तपाईले चमत्कार गर्नुभयो। म खुशी छु। पाँच वर्षको...

  • २०७९ जेठ १८, बुधबार

    मंसिर पहिलो साताभित्रै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तयारी

    काठमाडौं - पाँच दलीय सत्तारुढ गठबन्धन दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी कात्तिक अन्तिम साता वा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको बताइएको छ । बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने प्रस्ताव आएको तर, यस विषयमा दलहरुबीच...

  • २०७९ जेठ १८, बुधबार

    निर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् ।...

  • २०७९ जेठ १४, शनिबार

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

    काठमाडौं - सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले गत ज्येष्ठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो । बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेलगत्तै सांसदहरुको बहुमतले पारित...

  • २०७९ जेठ १३, शुक्रबार

    मन्त्री बडूकाे असंसदीय शब्द रेकर्डबाट हटाइने

    काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले संसद बैठकका बोलेका असंसदीय भाषा संसदको रकेर्डबाट हटाउने सहमतिपछि प्रतिनिधिसभाको बैठक सहज रुपमा अघि बढेको छ । सभामुख अग्नि सापकोटाले एमालेको मागबमोजिम मन्त्रीले बोलेका शब्दहरुलाई रेकर्डबाट हटाउन रुलिङ गर्ने सहमतिपछि बैठक सञ्चालनमा सहमति भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमालेको नियमापत्तीपछि सभामुखले १५ मिनेटलाई रोकेको...

  • २०७९ जेठ १३, शुक्रबार

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    काठमाडौं - आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हुन्छ वा हुँदै भन्दै राष्ट्रियसभा...

  • २०७९ जेठ १३, शुक्रबार

    महानगरमा कांग्रेस पहिलाेे, एमाले शून्यमा

    काठमाडौं - स्थानीय तह निर्वाचन-२०७९ अन्र्तगत काठमाडौं महानगरपालिकाको मत परिणाम आएसँगै देशका ६ वटै महानगराको नजिता सार्वजनिक भएको छ । देशभरका पालिकाको नतिजामा पहिलो बनेको नेपाली कांग्रेस महानगरमा पनि पहिलो नै बनेको छ । कांग्रेसले दुई वटा महानगर हात पारेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले एक-एक महानगर जितेका छन् । एक महानगर भने स्वतन्त्रको...

  • २०७९ जेठ ११, बुधबार

    विवेकशील साझा पार्टीकाे अध्यक्षबाट मिश्रले दिए राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै मिश्रले अध्यक्षबाट राजीनामा दिएका हुन् ।  ‘५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट...

  • २०७९ जेठ ११, बुधबार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सरकारी सवारी नियन्त्रणमा लिइने

    काठमाडौं - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन नियन्त्रणमा लिने कार्यक्रम घोषणा गरेको छ। मूल्यवृद्धिविरुद्ध पछिल्ला दिनमा आन्दोलित युवा संघले विरोध कार्यक्रमअन्तर्गत बिहीबार सरकारी सवारी साधनको आवागमनमा अवरोध गरिने अध्यक्ष किरण पौडेलले जानकारी दिए। उनकाअनुसार उपत्यकासहित ७७ जिल्ला सदरमुकाममा सरकारी सवारी नियन्त्रणमा लिएर नजिकैको...

  • २०७९ जेठ ११, बुधबार

    विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रद्वारा राजीनामा

    विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।उहाँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष पदबाट आज राजीनामा दिनुभएको हो ।     “विगत पाँच वर्षको समयमा तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रुपमा निःस्वार्थ र इमान्दार प्रयास गर्दागर्दै निर्वाचनमा निरासाजनक परिणाम आएकाले पार्टी अध्यक्षको...

Pages