STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ बैशाख २६, सोमबार

    राष्ट्रपतिबाट जेठ ३ गतेका लागि संसदकाे दुवै अधिवेशन आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो । स्थानीय निर्वाचन २०७९ का कारण बजेट प्रभावित हुन पुगेको छ । आर्थिक वर्ष २०७९-८० को...

  • २०७९ बैशाख २५, आइतबार

    तर्साएर मत माग्न पाइन्नः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मतदातालाई तर्साएर मतदान माग्न नपाइने बताउनुभयो । “आफूलाई मतदान नगर्नेलाई देश दुर्घटनामा जान्छ जस्ता अभिव्यक्ति दिएर मत माग्ने गरेको पाइयो”, उहाँले भन्नुभयो...

  • २०७९ बैशाख २५, आइतबार

    गठबन्धनले जनताको विश्वास जित्दै आएको छ ः अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताउनुभएको छ ।     पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गर्नुभयो ।         उहाँले...

  • २०७९ बैशाख २५, आइतबार

    स्थापित र बालेनले अंकमाल गरी एक अर्कालाई दिए शुभकामना

    काठमाडौं महानगरमा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहले अंकमाल गरेर एकअर्कालाई जितको शुभकामना दिएका छन् । सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरूबीच आइतबार बिहान जम्काभेट भएको हो । भेटपछि दुवैले अंकमाल गरेर एकअर्कालाई जितको शुभकामना दिएका हुन् । एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल पनि सँगै थिइन् ।

  • २०७९ बैशाख २४, शनिबार

    काठमाडौंमा एमालेकाे घरदैलो कार्यक्रम

    स्थानीय चुनाव आउन अब ६ दिन मात्रै बाँकी छ । उम्मेदवारहरू मत माग्न घरदैलाे गरिरहेका छन् । काठमाडाैंमा नेकपा एमालेका उम्मेदवारहरूले पनि यतिबेला मत माग्न घरदैलाे गरिरहेका छन् । एमालेबाट महानगरकाे मेयर पदका उम्मेदवार केशव स्थापित र उपमेयरका उम्मेदवार सुनिता डंगाेल आज बसन्तपुर क्षेत्रमा मत माग्न घरदैलाे गरिरहेका छन् । उनीहरूकाे प्रचारमा महिलाहरूकाे सहभागिता उल्लेख्य देखिएकाे छ । 'मिटू' आराेप लागेका...

  • २०७९ बैशाख २२, बिहिबार

    काठमाडौंको व्यवस्थित विकास गर्छु : सिर्जना सिंह

    काठमाडौं - सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंको व्यवस्थित रुपमा विकास गर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा गोरखा–काठमाडौं चुनाव प्रचार समूहले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सिंहले अस्तव्यस्त काठमाडौंको विकासलाई व्यवस्थित रुपमा विकास गर्ने बताएकी हुन् । उनले काठमाडौं महानगर जनताले खोजेको जस्तो नभएकाले आफू मेयर जितेर आए जनताले...

  • २०७९ बैशाख २२, बिहिबार

    केशव स्थापितलाई मिति सकिएको औषधि : बाबुराम भट्टराई

    काठमाडौं - पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहेका नेकपा (एमाले)का नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए । अध्यक्ष भट्टराईले...

  • २०७९ बैशाख २२, बिहिबार

    आइजिपी बढुवा विवादमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं -  सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले आज उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले उक्त विवादकोे अन्तिम सुनुवाइ आगामी जेठ १७ गते हुनेछ । आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख छ । उक्त...

  • २०७९ बैशाख २२, बिहिबार

    गठबन्धनको पक्षमा माहोल बनेको छ ः नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गर्नुभयो । नेपालले भन्नुभयो, “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट...

  • २०७९ बैशाख २०, मंगलबार

    संगत नै नगरेको महिलासँग आरोप लगाइयो : केशव स्थापित

    काठमाडौं - नेकपा (एमाले) का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गर्नु भएको छ । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गर्नुभयो ।  आज मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा उहाँले आफू महिलामैंत्री भएकाले...

  • २०७९ बैशाख २०, मंगलबार

    काठमाडौं उपमेयर उम्मेदवार सुनिता डंगाेलविरूद्ध अख्तियारमा उजुरी

    काठमाडौं - काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । उनीविरुद्ध परेको उजुरीमा समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति...

  • २०७९ बैशाख २०, मंगलबार

    स्थापितलाई २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले चुनाव प्रचारका क्रममा व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसबारे २४ घन्टा भित्र स्पष्ट पार्न स्थापितलाई भनेको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए । मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्ता युवतीलाई ‘यू आर नाइस...

Pages