STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ पौष ११, बिहिबार

    भीम रावलले नयाँ पार्टी खोल्ने

    काठमाडौं - नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् । ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो । देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको...

  • २०८१ पौष ३, बुधबार

    भारत र मलेसियाको राजदूत नियुक्त

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी...

  • २०८१ पौष १, सोमबार

    रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कैद र जरिवाना हुनुपर्ने प्रहरीको राय

    कास्की- कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई प्रहरीले दिएको रायमा लामिछानेलाई कैद र जरिवाना हुनुपर्ने प्रहरीको राय छ। प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको...

  • २०८१ मङ्सिर २६, बुधबार

    उपनिर्वाचन परिणामले गम्भीर भएका छौँ - एमाले

    काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले गत मंसिर १६ मा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ। ‘यो परिणामलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ,...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा ऋणसम्बन्धी कुनै कुरा नभएको बताएका छन्।  उनले चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘जे प्राप्त गरेका छौँ त्यो ऋण होइन। ऋणको सारंगी किन बजिरहेको छरु पटकपटक भनेका छौँ यो ऋण होइन। ऋणसँग यो सरोकार राख्दैन। परियोजनअनुसार छुट्टाछ्ट्टै सहमति हुन्छ।’

  • २०८१ मङ्सिर २१, शुक्रबार

    १८ महिना सरकार चलाएपछि देउवालाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने ओलीको भनाइ छ । आज चीन भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा ओलीले १८...

  • २०८१ मङ्सिर १९, बुधबार

    रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

      चितवन, १९ मङ्सिर : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप...

  • २०८१ मङ्सिर १८, मंगलबार

    उपनिर्वाचनमा प्राप्त जनमत उत्साहजनक - प्रचण्ड

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको उनको भनाइ छ । आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको थियो । खासगरी...

  • २०८१ मङ्सिर १८, मंगलबार

    नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने चीनका राष्ट्रपतिको घोषणा

    चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन्। भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए। उक्त भेटमा प्रधानमन्त्री...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुरको प्रमुखमा कांग्रेसका डंगोल निर्वाचित

    काठमाडौं - काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए । यसैगरी, 'केटा र केटी' चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले...

  • २०८१ मङ्सिर १७, सोमबार

    ३७ स्थानको स्थानीय तहका मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

    काठमाडौं - आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइरहेको छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यस परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा पनि अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित र ६ वटा वडा जितेर दोस्रो स्थानमा छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा...

  • २०८१ मङ्सिर १७, सोमबार

    काठमाडौंमा रविको बयान सकियो

    काठमाडौं - सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरको भनाई छ । पोखराबाट...

Pages