राजनीति
-
२०८१ मङ्सिर १७, सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा बेइजिङ पुगेका छन्। उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरे। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज बेइजिङ पुगेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको...
-
२०८१ मङ्सिर १६, आइतबार
काठमाडौं–१६ मा रास्वपा उम्मेदवार श्रेष्ठको अग्रता
काठमाडौं - काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रातिको ११ः३० सम्ममा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनले ४ सय ९३ मत पाएकी छिन् । उनलाई नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले पछ्याइरहेका छन् । उनले ३ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका...
-
२०८१ मङ्सिर १६, आइतबार
रोल्पाको रुन्टीगढीमा नेपाली कांग्रेस र कालीकोटको तिलागुफामा नेमकिपाका उम्मेदवार निर्वाचित
काठमाडौं- स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । योसँगै अन्तिम मतपरिणाम आउनेक्रम पनि सुरु भएको छ। रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ५७ वर्षीय भुपमणि पुनमगर विजयी भएका छन्। ६ सय ४३ मत लिएर पुनमगर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार बेगम पुनले ५३५ मत लिए। १ सय ८ मतान्तर सहित कांग्रेसबाट उमेदवार...
-
२०८१ मङ्सिर १६, आइतबार
कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु
काठमाडौं- कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ। सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ। यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ। त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको...
-
२०८१ मङ्सिर १६, आइतबार
स्थानीय तह उपनिर्वाचन : दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान
काठमाडौं - स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । स्थानीय तहका रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति मतदान भइरहेको हो । ४१ पदका लागि ३७६ उमेदवार प्रतिस्पर्धामा छन् । काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।...
-
२०८१ मङ्सिर १६, आइतबार
नवनियुक्त चार राजदुतले लिए शपथ
काठमाडौं- विभिन्न चार देशका राजदूहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए । शपथ...
-
२०८१ मङ्सिर १६, आइतबार
आज ४१ पदका लागि उपनिर्वाचन
काठमाडौं - स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भर्ई मतदाता मतदानको पखाईमा रहेको आयोगका...
-
२०८१ मङ्सिर १४, शुक्रबार
स्थानीय तह उपनिर्वाचन: मौन अवधिमा के गर्न पाइँदैन?
काठमाडौं- स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ। स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ बजेदेखि सुरु...
-
२०८१ मङ्सिर १४, शुक्रबार
स्थानीय तह उपनिर्वाचनको नतिजा दुई दिनभित्र
काठमाडौं - पर्सि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको बताए। ‘मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ,’ प्रमुख थपलियाले न्यूजगृहसँग भने, ‘कुनै अवरोध भएन र स्मुथली काम गर्न दिने हो भने...
-
२०८१ मङ्सिर १२, बुधबार
बक्यौता नतिर्ने उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न कुलमानको पत्राचार
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल तिर्न अटेरी गरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न तालुक निकायमा पत्राचार गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्ने पत्राचार ती कम्पनीमा गरेको छ । यस्तै, महसुल...
-
२०८१ मङ्सिर १२, बुधबार
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
काठमाडौँ - सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई...
-
२०८१ मङ्सिर १२, बुधबार
कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार
नारायण न्यौपाने र भीष्मराज ओझार यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानको ७२ घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्यसैले यहाँ सबै...


