राजनीति
-
२०८१ आश्विन ४, शुक्रबार
अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित
कास्की,,अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।पोखरामा आज राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक ९गोरखा०, फूलमाया पुन ९बागलुङ० र शोभा क्षत्री ९पर्वत० निर्वाचित हुनुभयो । सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र...
-
२०८१ आश्विन १, मंगलबार
राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा
काठमाडौं— राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार विधिवत रुपमा पार्टी घोषणा गरेका छन्। राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन्। पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ। महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ। लोसपा नेपालबाट अलग भएर महतोले गत...
-
२०८१ भाद्र ३१, सोमबार
खोला किनारको २० मिटर विवाद : सरकारले सर्वोच्चमा दियो पुनरावलोकन निवेदन
काठमाडौं- उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको थियो। प्रधानमन्त्री तथा...
-
२०८१ भाद्र ३१, सोमबार
रवि लामिछानेसहितलाई कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस
काठमाडौँ - ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ । समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् ।’ समितिले कुनै पनि कम्पनीका सेयर सदस्य, सञ्चालक...
-
२०८१ भाद्र ३०, आइतबार
स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस
काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्। आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ। स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन्। भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरी नेपाल...
-
२०८१ भाद्र २०, बिहिबार
मुलुकको राष्ट्रिय सङ्कट अन्त्य गर्न ठूला दलबीच समीकरण’
कर्णाली, नेकपा कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय सङ्कट खन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ । नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आउनुभएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई सङ्कटबाट बचाउनु रहेको उल्लेख गर्नुभयो । “समीमकरणको मूल...
-
२०८१ भाद्र १९, बुधबार
शिक्षा, स्वास्थ्य र रोजगारमा आमूल परिवर्तनका साथ कृष्णमान डंगोल कीर्तिपुरको मेयर उम्मेदवार हुन इच्छुक
कीर्तिपुर/मंसीर महिनामा हुने स्थानीय तहको उप–निर्वाचनमा कीर्तिपुर नगरपालिकाका लागि नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी उम्मेदवार कृष्णमान डंगोलले समग्र कीर्तिपुरमा प्रभावकारी शिक्षा, स्वास्थ्य र युवा रोजगारमा आमूल परिवर्तन गर्ने योजना रहेको बताएका छन् । धेरै पटक मेयर उम्मेदवार हुनबाट चुकेका डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुनुहुन्छ । शिक्षा र संगीत क्षेत्रमा आबद्ध कृष्णमान...
-
२०८१ भाद्र १९, बुधबार
अबको कीर्तिपुरको नेतृत्वमा युवाहरु आउनु पर्दछ : युवा समाजसेवी राजकमल महर्जन
कीर्तिपुर/देशैभर जनप्रतिनिधि रिक्त रहेका पद परिपूर्तिका लागि स्थानीय तहको उप–निर्वाचन आउँदो मंसीर महिनामा गर्ने उद्घोष निर्वाचन आयोगले गरिसकेको छ । यही क्रममा कीर्तिपुर नगरपालिकामा पनि उप–निर्वाचन हुने भएको छ । कीर्तिपुर नगरपालिकामा हालै मात्र नगर प्रमुख राजकुमार नकर्मीको अकल्पनीय देहावसान भयो भने १ वडाका वडाध्यक्ष, ४ वडाका वडाध्यक्षको पनि अकल्पनीय रुपमा मृत्युपछि ती पदहरुका लागि उप–निर्वाचन ...
-
२०८१ भाद्र १९, बुधबार
बालेन समर्थकका प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान
काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाइरहेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबीच टसल देखिएसँगै अनफलो अभियान चलेको हो। प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल फेसबुकमा ६ लाख ६२ हजार फलोअर रहेकोमा यो अभियान पछि बुधबार बिहान उनको फलोअर घटेर ६ लाख २ हजारमा पुगेको छ। अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको...
-
२०८१ भाद्र १३, बिहिबार
भिक्षु गुणघोषमाथि भएको साङ्घातिक आक्रमणको राष्ट्रिय सभामा भत्सर्ना
काठमाडौँ- राष्ट्रियसभाका सदस्य डा.अन्जान शाक्यले भिक्षु गुणघोष महास्थविरमाथि भएको साङ्घातिक आक्रमणको भर्त्सना गरेकी छन् । आजको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो भर्त्सना गरेकी हुन् । ‘बुद्ध जन्मभूमि नेपालमा, परमपूज्य संघउपनायक ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि यहि २०८१ भदौ ६ गते बिहीबार भिमसेन टोल, धुलिखेलस्थित पूर्वाराम विहारमा राति साङ्घातिक आक्रमण भएको घटनाले सम्पूर्ण...
-
२०८१ भाद्र ११, मंगलबार
गौरा पर्वको कार्यक्रममा नाराजुलुस
सोमबार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए। गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन्। नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए। सोही विषयमा बोल्दै उनले काठमाडौंमा आएर...
-
२०८१ भाद्र ७, शुक्रबार
संसदीय छानबिन समितिमा लामिछाने : सहकारीबाट कुनै पनि ऋण लिएको छैन
काठमाडौं - पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कुनै पनि सहकारीको सदस्य नभएको र ऋणसमेत नलिएको दाबी गर्दै अरुले लिएको ऋणको जिम्मा लिन नसक्ने बताएका छन्। सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले शुक्रवार लिएको बयानमा लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको दाबी गरे। गोरखा मिडिया नेटवर्क प्रालि तत्कालीन प्रबन्ध निर्देशक...


